अनिष पाठक २०८२ भदौ ३१ मंगलबार
खर्वाङ, तिन दिन देखि बडिगाड गाँउपालिकामा लागेको ताला आज तिन सर्त सहित खोलिएको छ । पालिका उपाध्यक्ष भिमसेन वन सहितको राजनितिक दलका प्रतिनिधी र युवाको सामुहिक छलफलपछि ताला खोलिएको हो ।
युवाले आरोप लगाएका बडिगाड ५ का स्थानिय निर्माण व्यवसायी प्रदिप खरेलले आफुले बालुवा अवैध रुपमा उत्खन्न गरेको स्विकार गर्दै कानुनि जरिवाना तिर्न राजि भएपछि ताला खोलिएको छलफलमा सहभागि सुनिल कार्कीले बताए ।
पालिकाको जोगिबगरमा अवैध उत्खन्न गरिएको बालुवाको रु२ लाख ५० हजार जरिवाना स्वरुप पालिकालाई बुझाउने । बडिगाड गाँउपालिकाको सिमना भित्र डम्पिङ गरि राखिएका सबै अवैध बालुवा पालिकाले आजैका मितिले नियन्त्रणमा लिने र कार्यापालिका बैठकबाट हुने अन्य कार्यवार्हीका सहमति बुदाँ कार्यपालिका बैठकमा लैजाने निणर्यसंगै ताला खोलिएको कार्कीले बताए ।
जिल्ला समन्वय समितिसंग सहकार्यमा अवैध बालुवा निरक्षण तथा पालिकाको नियन्त्रणमा रहने र पालिकालाई जरिवाना तिर्ने लगाएतमा सर्वपक्षिय भेलाबाट सहमति जुटेपछि ताला खोलिएको पालिका उपाध्यक्ष भिमसेन बनले जानकारी दिए ।
अघिल्लो पटक यसै समयमा उनै प्रदिप खरेलले अवैध बालुवा उत्खन्न गरेपनि मिलेमहतोमा सहमति भएको र अहिले पनि उनैले अबैध बालुवा पालिकाकै मिलेमहतोमा उत्खन्न गरेको युवाको आरोप थियो । भने युवाले अवैध बालुवाका उत्खन्न गर्दै गर्दा उनलाई राति १ बजे बडिगाड खोलामा समातेका थिए ।
जेन्जी आन्दोलनकै दिन मध्यरातमा पुन अबैध रुपमा बालुवा उत्खन्न उनैले गरेपछि युवा आक्रोशित भएका थिए । उनिहरुले गाँउपालिकामा छलफलबाटै समाधान खोज्न पहल गरेपनि कार्यालयमा पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकिय अधिकृत नभएको र विषय साम्य पार्न खोजिएको भन्दै गाँउपलिकाको कार्यालयमा भदौ २९ गते ताला लगाएका थिए ।


