कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा विजयादशमीको शुभकामना आदानप्रदान,पार्टी कार्यकर्ताको भावनाले चलेको भनाइ 

काठमाडौं, नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा विजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। सोमबार काठमाडौंमा नेपाली कांग्रेस गुल्मी– काठमाडौं सम्पर्क समितिले विजया दशमी २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको समितिका सभापति कृष्णप्रसाद खरेलले जानकारी दिनुभयो।

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य चन्द्र के सीले प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काङ्ग्रेस विधि पद्दति र लोकतान्त्रिक तरिकाले चल्ने भएकोले कसैको लहड र सानातिना समस्याले नरोकिने भन्दै कांग्रेसमा आस्थावान सबैलाई ढुक्क भएर आफ्ना दैनिक काममा क्रियाशिल हुन आग्रह गर्दै शुभकामना दिनुभएको थियो।

कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेस सामाजिक सञ्जालले चलेको पार्टी नभएर कार्यकर्ताको भावना र एकताले चलेको बताउनुभएको छ । नेपाली कांग्रेस गुल्मी– काठमाडौं सम्पर्क समितिले विजया दशमी २०८२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष गुरुङले कांग्रेसको संगठनको जरा कमजोर नरहेको बताउनुभयो। उहाँले भन्नुभयो , ‘गाउँका कार्यकर्तासँग कांग्रेस भावना र एकताले जोडिएको छ । कांग्रेस सामाजिक सञ्जालमा भनिए जस्तो कमजोर छैन ।’

उहाँले भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनप्रति तरुणहरू गम्भीर रहेको बताउनुभयो । अध्यक्ष गुरुङले प्रश्न गर्दै भने, ‘के यो आन्दोलनबाट तपाईहरूको माग पूरा भयो त ? राज्यको संरचनाहरू जलाइएका छन्, भत्काइएका छन्, के यहि तपाईहरूको उपलव्धि हो ? खोइ त जेनजी युवाहरूको सरकारमा प्रतिनिधित्व ?’

तरुण अध्यक्ष गुरुङले जेनजी आन्दोलनको नाममा अपराधिक मानसिकता भएका केही व्यक्तिबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणाको हत्या गर्ने उद्देशयले सांघातिक आक्रमण भएको भन्दै निन्दा गरेका छन् । उनले सभापति देउवा र केन्द्रीय सदस्य डा.राणा स्वास्थ्य उपचारमा रहेका बेला विशेष महाधिवेशनको माग हुनु दुर्भाग्य रहेको बताए । उनले भने, ‘देउवा दम्पत्तिको स्वास्थ्य अवस्थामा कांग्रेस केन्द्रीय समितिको बैठकमा घटनाको बारेमा बोल्नु पर्ने थियो । सभापति देउवा र डा.राणाले बैठकमा बोल्न पाउनु अगाडि नै विशेष महाधिवेशनको माग हामी सबैको लागि दुर्भाग्यको विषय हो ।’

शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा विशेष अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन,

नेपाली काङ्ग्रेस केन्द्रिय द्वन्द ब्यस्थापन बिभागका सचिब हेमलाल पुन, अर्घाखाची काठमाडौं संपर्क समितिका सभापति डा. मुक्ति श्रेष्ठ, महिला संघ जिल्ला सभापति लक्ष्मी पन्थ पाण्डे,संस्कृत बिश्वबिध्यालय शिक्षक संघ केन्द्रिय उपाध्यक्ष बिष्णुप्रसाद पन्थी, कांग्रेस नेता गोबिन्द पोखरेल

लगायत तरुण दल नेबिसंघ केन्द्रिय सदस्यहरु समाजसेवि बिभिन्न समाजसेवामा आवद्द गुल्मेलीहरुको जमघट देखिएको थियो ।

सम्भवत; जेनजी आन्दोलनपछि काठमाडौंमा भएको पार्टीको पहिलो औपचारिक कार्यक्रम भएको सम्पर्क समितिका सदस्य दयानिधि खनालले बताउनुभयो । सोही अवसरमा एक्टिड.स्टारको फाइनलमा पुग्न सफल युवा एक्टर गुल्मी मुसिकोटकी ईभा घिमिरे र काठमाडौं बार एसोसिएसनको कार्यसमितिमा बिजयी तुलसीराम पराजुलीलाई खादा लगाएर सम्मानसमेत

गरिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय