जन्म दिन पारेर गौतमद्वारा महेन्द्रमा भजन सागग्री उपहार, विद्यार्थीद्वारा सराय नाँच प्रदर्शन

असोज, ६ सोमवार

मुसिकोट  गुल्मी,  गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ६ कुर्घा घर भै वडानम्बर ७ वामीटक्सार टारमा ग्रील उद्योग सन्चालन गरेर सामाजिक सेवामा समेत कृयाशिल व्याक्तित्व राम प्रसाद गौतमले आफ्नो जन्म दिनको अवसरमा वामीटक्सारमा अवस्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयलाइ भजन सामग्री उपहार दिनुभएको छ ।

जन्म दिनमा बिभिन्न क्षेत्रमा फजुल खर्च गर्ने प्रचलन बढेको भन्दै आफैबाट त्यस्तो आयातित संस्कृतिलाइ बिस्थापित गर्न र सामाजिक कर्म गर्न अरुलाइ पनि उत्साह मिलोस भन्ने उद्देश्यका साथ हराउँदै जान थालेको भजन संस्कृतिलाइ बचाउन महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा आफूले भजन सामग्री उपहार प्रदान गरेको गौतमले बताउनुभयो ।

भजन सामग्री जुटाउनको लागि गौतमले नगद पन्ध्र हजार रुपैयाँ विद्यालयमै पुगेर विद्यालयका प्रधानाध्यापक देवीराम शर्मा , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शाक्यलगायत शिक्षकहरुको उपस्थितिमा रकम हस्तान्तरण गरेको विद्यालयले बताएको छ ।

भजन सामग्रीमा मादल १ थान, खैजडी २ थान, मजुरा २ थान, फाइबर झ्याली १ थान र बाँसुरी ७ थान खरिद गरिएको बताउँदै सहयोग गर्ने व्यवसायी गौतमलाइ प्रधानाध्यापक देवीराम शर्माले धन्यवाद व्यक्त गर्दै सधै रचनात्मक कार्य गर्ने हौसला प्रदान होस भन्दै शुभकामना दिनुभएको थियो ।

गौतमले जन्म दिनकै अवसरमा सामुदायिक रेडियो पुष्पाञ्जलि एफएमलाइ ३ हजार १ सय पाँच रुपियाँ सहयोग गर्नुभएको छ । उहाँ रेडियो सन्चालक समितिको कोषाध्यक्षसमेत रहनुभएको छ ।

आइतबार विद्यालयमा विजयादशमीको आगमनसङ्गै शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग, प्युठान लगायतका जिल्लामा प्रख्यात सराय नाच विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

विद्यालयमा फरक फरक क्षमता भएका विद्यार्थीलाइ फरक फरक शैलीबाट शिक्षण गर्नुपर्ने र उनीहरुको रुचीअनुसारको शिक्षण गरेर मात्र वास्तविक सिकाइ हुने भएकोले विद्यार्थीको क्षमता पहिचान गरी क्षेत्र अनुसारका सामग्री संकलन गर्ने क्रममै रहेको भन्दै प्रधानाध्यापक शर्माले सबैलाइ शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय