कार्तिक,३ सोमबार
गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ८ वामी मैदान निवासी राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल व्याक्तित्व युवा गायक कमल बरालको दीपावली लक्षित ‘हाँसन खेलन आयौँ राजै’ सोरठी गीत सार्वजनिक भएको छ ।
आफ्नै कमल बराल नामको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबार संसारभर तिहार लक्षित सोरठी गित एकसाथ सार्वजनिक भएको हो । गितले सार्वजनिक भएको छोटो समयमै सामाजिक सन्जालसङ्गै चौतर्फी चर्चा बटुलेको छ ।
सानै उमेरदेखि विद्यालय, विभिन्न सङ्घसंस्थाका औपचारिक तथा साङ्गितिक कार्यक्रममा आफ्नो प्रस्तुति देखाउन सधै अग्र स्थानमा रहने बरालले दर्शक, श्रोताहरुको अथाह माया पाएका छन ।
रमाइला, भावुक, पन्चेबाजा, तीज, देउसीभैलो, सालैजो, सोरठी सबै गितमा उत्तिकै स्वर भर्न सक्ने बरालले दोहोरीसङ्गै हरेक किसिमका गितमा गितले र शुभचिन्तकले अपेक्षा गरेअनुसारको गति, यति र लय मिलाएर लोकपारखीहरुलाइ मन्त्रमुग्ध बनाउने खुबी राख्छन । गाउँका साना बालबालिका, युवा र बुढापाकादेखि राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारलेसमेत उनका रचनालाइ मन पराएका छन ।
उनले सार्वजनिक गरेको सोरठी गितमा अबिरल फिल्मस प्रा. लि. ले गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ८ वामी मैदानमा छायांकन गरेको भिडियोमा बिष्णु भट्टराईको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने समुन्द्र बि.क.,नन्दिता थापा,लक्ष्मी पुन ,कर्ण विश्वकर्मा लगायतको अभिनय रहेको छ ।
गीतमा कमल बरालको लय तथा शब्द सिर्जना एवम् गायन रहेको छ । ग्रुप आवाजमा रमेश बिक,शुक्र बिक प्रेम राना र रुपी सिंजाली मगरले साथ दिएका छन् ।
लोक सङ्गितमा बामे सर्दै सङ्घर्ष गरिरहेका बराललाइ आफ्नो पारिवार, समुदाय र साथीभाइको उत्तिकै साथ मिलेको छ ।
गीतमा उनले आफ्नो जन्मभूमिप्रतिको माया, बाबा–आमा, देवी–देवताप्रतिको श्रद्धा र देश–विदेशमा रहेका नेपालीहरूप्रतिको अपनत्व भाव प्रस्तुत गरेका छन्। यो गीत केवल मनोरञ्जनका लागि नभई मातृभूमिप्रतिको माया र नेपाली पहिचानको प्रतिकका रुपमा सिर्जना भएको उनको भनाई छ ।
उनले देशमा केही अप्ठ्यारो परिस्थिति र दर्शक तथा श्रोतासामु पठाउने चुनौतीका बाबजुद पनि यो गीत ल्याउन सफल भएको बताएका छन । गीत तयार पार्न आर्थिक, प्राविधिक र सांगीतिक रूपमा साथ दिने सबैलाई बरालले हार्दिक आभार व्यक्त गरेका छन ।
यस गितले गाउँघरमा हराउँदै गएको सोरठी भैलो परम्परालाई पुनर्जीवित गर्ने प्रयास गरेको उनले बताएका छन ।



