इस्मा गाउँपालिका फुलमा आत्मनिर्भर बन्न पुष्प खेती !

गुल्मी : गुल्मीकाे इस्मा गाउँपालिका फुलमा आत्मनिर्भर बन्नका लागि पुष्प खेतिकाे सुरुवात गरेको छ । पछिल्लो समय कृषिलाई आफ्नो व्यावसाय बनाएर लागेका युवा इस्मा गाउँपालिका वडा नम्बर ३ का गोकर्ण नेपालीले पुष्प खेतिकाे सुरुवात गरेका छन ।

गाउँपालिकाले धेरै कृषकलाई पुष्प खेति गरेर बाहिर बाट आयात हुने पुष्पलाइ निरुत्साहित पारि इस्मामै उत्पादन भएको पुष्पालाइ प्राथमिकता दिने हेतु राखे पनि त्याे खालको पुष्प खेति गर्ने कृषक भेटिएका थिएन्न । तर नेपालीले पुष्पा खेति गरि गाउँपालिकालाइ आत्मनिर्भर बनाउँनकाे लागि लागेको पुष्प खेतिलाइ व्यावसायिकरण गरेका हुनाले थप प्रोत्साहन गर्नका लागि गाउँपालिकाले नेपालीलाई नगद रु साठी हजार अनुदान दिएको छ । नेपालिले आफ्नो ८ राेपनि जग्गामा ६ हजार बढि पुष्पहरु राेपेका छन् ।

६ हजार पुष्पाहरु ३ वटा व्याडमा फरक फरक समयमा फुल्ने गर्छन् । केही पुष्पहरु अहिले फुलिरहेका छन् ,केही पुष्पहरु तिहारमा र केही पुष्पहरु तिहार पछाडि फुल्ने गरि ब्याड निर्माण गरि पुष्प लगाइएको कृषक गोकर्ण नेपालीले बताए उनले ` अहिलेसम्म ५,६ वटा कार्यक्रममा ३० देखि ३५ हजारकाे फुल बेचिसकेकाे र अझै एक लाख पचास हजार बढिकाे फुल बेच्न सक्ने आंकलन गरेका छन् । नेपालीले आफुले गरेको हरेक काममा स्थानीय सरकारले अभिभावक्तव निर्वाहा गरेको बताए । उनले कृषि संग सम्बन्धि काम गर्ने कृषि ज्ञान केन्द्र ,घरेलु र जस्ता कार्यालयले टेक्निकल रुपमा प्रयाेग हुने विभिन्न प्रकाेप बाट बच्ने औषधि टेक्निकल औजारहरु अनुदानमा उपलब्ध गराइदिने हाे भने थप सहज हुने बताए ।

६ हजार बढि पुष्पबाट इस्मा गाउँपालिका पुष्पामा आत्मनिर्भर भएको नेपालीले बताएका छन् । गाउँपालिकामा यति धेरै फुल खपत नहुने देखेपछि अन्यत्र पनि बेचिएको उनले बताएका छन् ।

इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले आफूहरु धेरै जनालाई पुष्प खेति गर्नुस सहयोग गर्छौ भन्यौं तर तयार नभएको कुरा व्याक्त गरिन । उनले यसमा गोकर्ण जि को इच्छाशक्ति माथि पालिकाको पनि धेरै ताकेता गरेको र उहाँले पनि आटेकाे र अहिले फुलबारी आकर्षक बनेको उनले बताइन् । कतिपय योजना हामीले शुरु गर्न काम गर्न खोज्यौ तर नागरिक तयार हुनुभएन । जस्तो कि इस्मा -२ को छल्दिफाटको मजुवा कृषि बगौचा नै बनाएर फलफुल तरकारी लगायत उत्पादन गर्न खौज्यौ तर स्थानीय नागरिक तयार हुनुभएन ।

नागरिकलाई काम गरौ गर्नुस भन्यो भने सिधै के कति अनुदान भनेर बार्गेनिङको संकेत पाइन्छ । यो वर्ष पनि कृषिका विभिन्न विधामा काम गर्न खोजेका छौ यसमा सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ उनले बताइन् ।

त्यस्तै गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले प्राय कृषकले अनुदानको आसमा मात्र व्यावसायिक रुपमा कृषि गर्ने परिपाटी रहेको बताए । यस्तो साेच राखेर कृषि लगाएत व्यापार व्यावसाय गर्ने व्याक्ति त्यस पेश प्रति उत्तरदायी र सफल नहुने बताए । गाउँपालिका भित्र अनुकरणीय र अनुसरण गर्ने लाएकका व्यावसाय गर्ने व्याक्तिलाई गाउँपालिकाले बिभिन्न प्रकारका अनुदान र प्रोत्साहनका कार्यक्रम लिएको बताए । सबै व्याक्ति सफल बन्न जुन क्षेत्रमा काम गरिएको छ त्यसलाई व्यावस्थित रुपमा अगाडि बढाउँन समेत अनुरोध गरे । गाउँपालिकाले व्यावसायिक रुपमा भैंसी पालन गर्ने कृषकलाई पशु हेरालु अनुदान दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय