वामी विश्व सम्पर्क मन्चको अधिवेशनबाट नया कार्य समिति निर्विरोध निर्वाचित

मुसिकोट गुल्मी-वामी विश्व सम्पर्क मन्च, मूल समितिको तेश्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार दरबार रिसोर्ट एन्ड पार्टी प्यालेश मुसिकोट ७ वामीटक्सार गुल्मीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्पन्न अधिवेशनमा नया कार्यसमितिको रुपमा डिलाराम खरेल अध्यक्ष, महेश्वर घिमिरे वरिष्ठ उपाध्यक्ष , कृष्ण मुरारी सापकोटा उपाध्यक्ष, कल्पना घिमिरे महिला उपाध्यक्ष, रामचन्द्र सापकोटा महासचिव, सुमित्रा भण्डारी सचिव, कमल प्रसाद खराल अर्थ सचिव, राम बहादुर बोहोरा, गोबिन्द सापकोटा, फन बहादुर रायमाझी, अनुप लाखे, जनक बहादुर थापा र अनुप लाखे कार्य समिति सदस्य निर्बिरोध निर्बाचित भएको नवनिर्वाचित अध्यक्ष डिलाराम खरेलले जानकारी दिनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राष्ट्रीय सभा सदस्य माननिय विष्णु कुमारी सापकोटाले वामी विश्व सम्पर्क मन्चले स्थापना कालदेखि नै सामाजिक कार्यमा कृयाशिल भएर शिक्षा, स्वास्थ्य, प्राकृतिक बिपत्ति, बिपन्न तथा असहाय ब्याक्तिको लागि अनुकरणीय कार्य गर्दै आइरहेकोमा आगामी दिनमा अझै बढी क्षेत्रमा काम गर्ने अपेक्षाका साथ कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोहि प्रसङ्गमा बोल्दै प्रमुख अतिथि सापकोटाले पछिल्लो समय बैदेशिक रोजगारीले गाउसङ्गसङ्गै शहरबजार पनि रित्तिदै जान थालेकोप्रति चिन्ता ब्यक्त गर्दै बैदेशिक रोजगारीमा गएकाहरुलाइ स्वदेश फर्केर आफ्नो सीप र क्षमता प्रदर्शन गर्न आग्रह गर्दै गाउघरमा मुल्य नपाएका कोदो, सिस्नु, गाजा आदिलाइ नियमसङ्गत आम्दानीको श्रोतको रुपमा विकाश गर्नुपर्ने कुरामा आफूले सदनमा निरन्तर आवाज उठाउदै आएको कुरा स्मरण गराउनुभएको थियो ।

अधिवेशनको खुल्ला सत्रमा मुसिकोट नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटा, शिक्षक महासङ्घ मुसिकोटका अध्यक्ष तथा महेन्द्र आदर्श नमुना माविका प्रधानाध्यापक देविराम शर्मा, समितिका पुर्व अध्यक्ष ज्ञानहरी सापकोटा लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

सम्पर्क मन्च नौमति सास्कृतिक समितिका कोषाध्यक्ष महेश्वर घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता सस्थाका कार्यवाहक अध्यक्ष डिलाराम खरेलको रहेको कार्यक्रमको सन्चालन सचिव रामचन्द्र सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय