चौरासी पूजाको अवसरमा ट्रष्टसहितको जग्गा समुदायलाइ हस्तान्तरण

मुसिकोट गुल्मी– गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ७ वामी परुवा निवासी हीरामणी सापकोटा तथा उहाकी श्रीमती मनरुपा सापकोटाको चौरासी पूजाको अवसरमा परिवारद्वारा ट्रष्टसहितको जग्गा सार्वजनिक प्रयोजनको लागि समुदायलाइ हस्तान्तरण गरिएको छ ।

विशेष गरी मृत्यु कर्ममा मलामीहरुको लागि शव बिसाउने तथा अन्य सामाजिक कार्य गर्न सजिलो होस भन्ने उद्देश्यका साथ ट्रष्टसहितको जग्गा सार्वजनिक प्रयोजनका लागि हस्तान्तरण गरिएको रामचन्द्र सापकोटाले जानकारी दिनुभएको छ ।

आफ्नो ट्रष्टसहितको तीन आना जग्गा सापकोटा समाज वामीको रेखदेखमा सार्वजनिक प्रयोजनको लागि हस्तान्तरण गरिएको परिवारले जनाएको छ ।

चौरासी पूजा गर्नुभएका हीरामणी सापकोटा तथा मनरुपा सापकोटाका छोरा बुहारीहरु, वेदप्रसाद/देवकी सापकोटा, धनिश्वर /भगवती सापकोटा, तिर्थमणी /कमला सापकोटा, खिमानन्द/सृजना सापकोटासहित परिवारका सदस्यद्वारा ट्रष्टसहितको जग्गा समुदायलाइ हस्तान्तरण गरिएको हो ।

झेदी आसपासमा शव व्यवस्थापनमा समस्या नहोस भनेर सापकोटा परिवारले गरेको सहयोगबाट शव अन्त्येस्टी गर्ने कार्यलाइ टेवा पुग्ने स्थानियको विस्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय