मुसिकोट गुल्मी – महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगगरपालिका ७ वामीटक्सार गुल्मीमा सोमबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
सरस्वती पूजाको अवसरमा आयोजित कार्यक्रममा २५ जना नव आगन्तुक बालबालिकाहरुले अक्षर लेखनको औपचारिक आरम्भ गरेका विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिनुभयो ।
बालबालिकाहरुको लागि शैक्षिक सत्र बैशाखबाट सुरु हुने भएतापनि सरस्वती पूजाको दिनदेखि अक्षर लेखन सुरु गराउदा विद्याकी देवी सरस्वतीको कृपाले नविन कामको थालनी गर्ने जो कोहीलाइ पनि सिकाइ सहज हुने र बढि लाभ मिल्ने शर्माले बताउनुभयो ।
विद्यालयमा अवस्थित सरस्वती मन्दिरमा पण्डित हरी चालिसेद्वारा पूजा विधि आरम्भ गरी अध्ययनरत सम्पुर्ण विद्यार्थी र शिक्षक मार्फत पूजा आराधना गरी नव आगन्तुक बालबालिकाहरुलाइ अक्षर लेखनको सुरुवात गराइ टिका लगएर शैक्षिक सामग्री , प्रसाद वितरण गरी भजन किर्तनसमेत गरिएको विद्यालयले जनाएको छ ।
पहिलोपटक विद्यालय आएका नव आगन्तुक बालबालिकाहरु पेन्सिल, कापी, प्रसाद र अन्य फलफुल सङ्गै समुहमा भजनकिर्तनमा नाचगान गरेको देख्दा प्रफुल्ल देखिएका थिए ।
महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा हाल कक्षा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने गरेको छ । विद्यालयमा एक हजारभन्दा बढि विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन ।
महेन्द्र आदर्श सङ्गसङ्गै मुसिकोट नगरपालिका लगायत देशैभर सोही अवसरमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएका छन ।