मुसिकोटमा ख्रिष्ट्मस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार मुसिकोट नगरपालिका वडानम्बर ७ स्थित विलिभर्स इस्टर्न चर्चको आयोजनामा चर्च परिसरमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिका नगर उपप्रमुख गङ्गा श्रेष्ठले बोल्दै सम्विधानले दिएको अधिकार प्रयोग गरि धार्मिक स्वतन्त्रताको प्रयोग गरेर कृश्चियन धर्ममा प्रभुको आशिर्वादले अपेक्षा अनुसार रोग , व्याधीबाट मुक्त भएर स्वस्थ रहन सबैलाइ शुभकामना ब्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
![](https://nabakhabar.com/wp-content/uploads/2024/02/Naba-Khabar-1-1-1-1-1-1-2-196x300.png)
कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीकि सदस्य साबित्रा भण्डारी, नेपाली काङ्ग्रेसका मुसिकोट नगर सभापति झबिलाल भण्डारी, नेकपा माओवादि केन्द्रका नगर अध्यक्ष राजन सापकोटा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्दै नेकपा एमाले मुसिकोट नगरपालिका अध्यक्ष प्रकाश काफ्ले, प्रहरी चौकी वामीटक्सारका प्रमुख लक्ष्मण विश्व्कर्मा लगायत सुरक्षाकर्मी, पत्रकार, शुभचिन्तक स्थानिय सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ७० वर्ष माथिका ५ जना अन्तर्गत थम्मन राना, फुलमति राना, थान बहादुर घर्ती, गङ्गा राना र यम बहादुर सिन्जालीलाइ ज्येष्ठ नागरिको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा प्रेमभोज सङ्गसङ्गै साङ्गितिक कार्यक्रम सन्चालन भएको थियो चन्द्र रसाइलीको स्वागत मन्तव्यसङ्गै सुरु भएको कार्यक्रमको अध्यक्षता रामकुमार प्रजाको रहेको कार्यक्रमको सन्चालन पुस्तकलाल श्रेष्ठले गर्नुभएको थियो ।
कृस्मस र्यालीपश्चात उक्त औपचारिक एवम साङ्गितिक कार्यक्रम गरिएको थियो ।