सितापुर माविमा टोपी वितरण

टोपी दिवशको अवसरमा सितापुर मा वि मुसिकोट ९ अर्लाङ्गकोटका सबै बिद्यार्थीहरू लाई एक कार्यक्रम आयोजना गरी टोपी बितरण गरिएको छ।

स्वर्गिय हवल्दार बलबहादुर गौतम तथा स्वर्गिय साबित्रादेवि गौतमको स्मृतिमा उहॅाका छोरा/बुहारीहरू घनश्याम गौतम/दुर्गा गौतम,अर्जुन गौतम/गिता गौतम,छोरी लक्ष्मी भट्टराई,नाति नातिना/नातिनी बुहारीहरू अजय/मोनिका,अनिल/सामना को तर्फ देखि सितापुर मा. वि. मा न्यानो कपडा बितरण गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामकृष्ण कंडेलले बताऊनुभयो।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवि नरिनारायण घिमिरेको रहेको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण कडेलको अध्यक्षता, प्रधानाध्यापक महाबिर बस्नेतको सन्चालन रहेको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका निमित्त प्रधानाध्यापक लिलाकान्त न्यौपानेको रहेको थियो ।

कक्षा वालविकाशदेखि कक्षा १२ सम्म अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाइ टोपी वितरण गरिएको विद्यालयले जनाएको छ । टोपी दिवसको अवसर पारेर जाडोबाट बच्न सहयोग पुगोस भनी न्यानो टोपी वितरण गरिएको अध्यक्ष कडेलको भनाइ छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरु, शिक्षक अभिभावक सङ्घका पदाधिकारी र सदस्यहरु, विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा टोपी ग्रहण गर्दै विद्यार्थी र विद्यालयले टोपी उपलब्ध गराउने दातालाइ आभार तथा सम्मान प्रकट गरिएको थियो ।

समापनका क्रममा अध्यक्ष कडेलले बोल्दै यो जाडोको समयमा विद्यार्थीहरुको समस्या र भावना बुझी टोपी वितरण गर्ने परिवारलाइ सुख शान्ती एवम सामाजिक भावको अझै विकास होस भनी सुभकामना प्रकट गर्दै आभार प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय