डॅासिकोटमा खड्कभुमि मन्दिरको आवासगृह बनाईदै

युजिन,वामीटक्सार– गुल्मीको मुसिकोट नगरपालिका वडानं ९ स्थित डॅासिकोटमा रहेको खड्कभुमि कालिका मन्दिरको आवासगृह बनाऊन शुरू गरिएको छ।मन्दिरमा आऊने दर्शनार्थीहरूको संख्या बढेको र उहॅाहरूको डॅासिकोटमा आवासिय बसाई सजिलोहोस भनेर आवासगृह बनाऊन लागिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रामकृष्ण कंडेलले बताऊनुभयो।

अध्यक्ष कंडेलका अनुसार ३ कोठे पक्की भवन बनाऊन लागिएको र यस कार्यमा देश बिदेशमा रही यस मन्दिरप्रति अत्यन्तै बिश्वॅास भएका महानुभावहरूको सहयोग रहेको छ।अध्यक्ष कंडेलले आफ्नो जन्मभुमीमा रहेको मन्दिर र मन्दिरको आवासगृह निर्माणमा आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरू लाई धन्यबाद ज्ञापन गर्नुभएको छ।

 

भत्किएको मन्दिर नयॅा बनायौं,ट्वाईलेट बाथरूम बनायौं,यो बर्ष आवासगृह बनाऊन शुरू गरिएको कोषाध्यक्ष ताराप्रसाद कंडेलले बताऊनुभयो।

मन्दिरको लागि नयॅा जग्गा खरिदगरी छोंटो समयमा बिभिन्न भौतिक समरचना बनाऊन पाऊनु अत्यन्तै खुसीको कुरा रहेको सचिब नरेशराज खरेलले बताऊनुभयो।
आवासगृह निर्माणको लागि हिमबहादुर बि क सहित डॅासिकोटबासी मिस्तृहरू खटिरहेको बताईएको छ।स्थानियहरू यस कार्यप्रती निकै खुसी देखिएका छन।आवासगृहको ढलान सम्पन्न भईसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय