मुसिकोट गुल्मी – जनज्योति प्राथमिक विद्यालय मुसिकोट नगरपालिका–७, वामीटक्सार सेरा गुल्मीमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
जिटिभि नेपाल अनलाइन सुचना केन्द्र प्रा।लि मुसिकोट नगरपालिका–७, वामीटक्सार गुल्मीको पहलमा हाल क्यानडामा रहनुहुने तेञ्जिङ छोडेङले आफ्नो जन्मदिनको अवसर पारेर उक्त विद्यालयमा आधारभूत तह कक्षा १–५ मा अध्ययन गर्ने अति विपन्न २० जना विद्यार्थीहरुलाई सोमबार न्यानो स्वीटर र टोपी वितरण गरिएको हो ।
विद्यालयमा अध्ययन गर्ने अति विपन्न बालबालिकाहरुलाई चिसोको समयमा न्यानो कपडा वितरण गरिएको जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले जानकारी दिनुभयो । साथै उहाँले सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक सुमित्रा भण्डारीले जाडो समयमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर सहयोगी तेञ्जिङले पूण्यको काम गरेको भन्दै यसको व्यवस्थापन गर्ने जिटिभि प्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डिलाराम खरेल, जिटिभि नेपालका व्यवस्थापक प्रकाश घिमिरे, विद्यालयका शिक्षक, विद्यार्थी अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण विद्यालयका पूर्व शिक्षक बिष्णु प्रसाद आचार्यले गर्नुभएको थियो । (जिटिभीबाट)