मुसिकोट गुल्मी – नेपाल शिक्षक महासङ्घ मुसिकोटद्वारा आन्दोलन परिचालन समिति गठन गरिएको छ । शनिबार महेन्द्र आदर्श नमुना माविको सभाहलमा सम्पन्न समितिको बैठकले १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको महासङ्घ मुसिकोटका अध्यक्ष देवीराम शर्माले जानकारी दिनुभयो ।
जसको सम्योजक देवीराम शर्मा, सहसम्योजक बोम बहादुर छन्तेल, सचिव बुद्दिमणी खरेल, कोषाध्यक्ष विष्णुप्रसाद आचार्य र सदस्यहरुमा श्रीराम पोख्रेल, रेम बहादुर बगाले, कृष्ण प्रसाद घिमिरे, सुकदेव रिजाल, कमला पाठक, सम्झना कडेल, शीला खराल, भोजराज अर्याल, राम बहादुर कार्की अनि नेपाल शिक्षक सङ्घ मुसिकोटका अध्यक्ष चिरञ्जीवी थापा र नेपाल राष्ट्रीय शिक्षक सङ्गठन मुसिकोटका अध्यक्ष दधिराम शर्मा पदेन सदस्यको रुपमा रहने गरि आन्दोलन परिचालन समिति गठन गरिएको छ ।
पछिल्लो समयमा नेपाल सरकारले ल्याएको अध्यादेशले शिक्षकलाइ अन्याय भएको र यस अघि महासङ्घको राष्ट्रीय समिति र सरकारबिच भएको सहमति कार्यान्वयन गर्दै हिउदे अधिवेशनबाट शिक्षा ऐन पारित गर्न दबाब दिन भन्दै आन्दोलनको घोषणा गरिएको महासङ्घ नगर सचिव बुद्दिमणी खरेलले जानकारी दिनुभयो ।
महासङ्घको केन्द्रीय समितिको परिपत्र अनुसार मुसिकोट नगरसमितिद्वारा गठित आन्दोलन परिचालन समितिको समन्वयमा माघ २० गते सबै शिक्षक कर्मचारीले आ आफ्नो फेसबुक वालमा आयतकार रातो स्टिकर प्रयोग गरी २०८१ को हिउदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस भन्ने वाक्य लेखेर पोष्ट गर्ने ।
माघ २५ गते मुसिकोट नगरपालिकामा आन्दोलनको बारेमा ध्यानाकर्षण गराउदै जानकारी पत्र बुझाने । माघ २९ गते नगरपालिकाभित्रका सबै विद्यालयले विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिबिच अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको समितिका उपाध्यक्ष बोम बहादुर छन्तेलले बताउनुभयो ।
त्यस्तै माघ ३० गते मुसिकोट नगरपालिकामा भेला भै हाम्रा माग सम्बोधन गरी यो हिउदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस भन्ने नारासहित हातमा कालो पट्टि बाधेर खबरदारी जुलुस प्रदर्शन गर्ने निर्णय भएको महासङ्घ मुसिकोटले बताएको छ ।