गुल्मीमा पनि नेपाल बन्दको प्रभाव:यात्रुलाई सास्ती

गुल्मी । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव गुल्मीमा पनि परेको छ ।

बन्दले यातयातका साधन चलेका छैन,भने बिहान देखि सडक सुनसाम भएको छ ।यात्रुहरुले गन्तव्यमा जान गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।आज नेपाल बन्दका दिन यातायात, उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था बन्द गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाई नेपाल बन्द कार्यक्रम पूर्ण रूपले सफल पार्न यातायात व्यवसायी,

उद्योग, व्यापार–व्यवसाय, शैक्षिक क्षेत्र सम्बद्ध सम्पूर्ण सङ्घ–संस्था र पेसा–व्यवसायीहरूमा ‘विप्लव’ नेतृत्वको नेकपाले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् -काठमाडौं– बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव छ । यसले बैंकहरु निक्षेपको ब्याज बढाउने दबाबमा परेका छन् । तरलता अभाव भए पछि बैंकहरुले व्याजदर बढाएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धि सम्बन्धि नयाँ निर्देशिका जारी गरे पछि बैंकहरुले व्याज बढाउन थालेका हुन् ।

कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म रहेको थियो । केन्द्रिय बैंकले अघिल्लो महिना सोही वर्गका सबै संस्थाहरुले प्रकाशित गरेको अधिकतम ब्याजदरको औषत र न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र ब्याजदर वृद्धि गर्न निर्देशन दिएको थियो ।

वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर महिनाका लागि बैंकहरुले ब्याजदर बढाएका छन् ।अधिकांश बैंकहरुको अधिकतम ब्याजदर अधिकतम विन्दु अर्थात १०.०५ प्रतिशत रहेको छ । जसको औषत निकाल्दा अघिल्लो महिनाको अधिकतम भन्दा पनिकम ब्याजदर भएको थियो ।

अघिल्लो महिना बैंकहरुले प्रकाशित गरको मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत ९.१३ प्रतिशत रहेको छ । यसको १० प्रतिशत ब्याजदर बढाउँदा १०.०५ प्रतिशत हुन्छ । बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको बाहेक सबैको अधिकतम ब्याजदर १०.०५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा झण्डै ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका बैंकहरू कर्जा–निक्षेप अनुपात कायम गर्न कठिन भएको बताएका छन् । कर्जा–निक्षेप अनुपात कायम गर्न समेत कठिन भएपछि बैंकहरूले निक्षेप आकर्षण गर्न र बैंकहरूबीच निक्षेप खोसाखोस छ ।

मंसीर १ देखि लागू हुने ब्याज बैंकहरूले मसान्तमा प्रकाशन गर्नुपर्ने भएकाले व्याजदर बढाएका हुन् ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय