मेरो सपनी को गाउँ !

लेखनाथ खराल ! मुसिकोट ५ आपचौर खर्बाङ गुल्मी ! हाल जापान टोकियोमेरो सपनी को गाउँ !
जननी जन्म भुमिस्य!
स्वर्ग दपि गरियासी!
प्रिय मेरो जन्म भुमी म निन्द्रा मा हरपल हर क्षण त्यही नै घुमी रहेको हुन्छु ! र लाग्छ कि कति खेरै उठन नपरोस् त्यही गाउँ मा सपनी मा भय पनि पुगेर रमाउन पाउ! तर बिडम्बना काम मा जानी समय हुन्छ! आलाराम को घण्टी बग्छ र बिउझन्छु ! र मन मनै सोच्दै काम मा जान्छु !

गाउँ मा बस्दा केही वास्ता नै भयन ! अरु नभय पनि अलि कति माटो झोलामा राखेर ल्याएको भय पनि निन्द्रा बाट बिउझे पछि हेर्ने थिए नि भन्ने लाग्छ!
“जति भुलु शहर को रमझम मा !
मन त आफ्नो गाउँ मै हुन्छ!
याद आउँछ स्कुल बाट
फर्किदा को करिब त्यो 1 घन्टा को बाटो त्यो बाटो मा पर्ने हरेक चौपारी हरु रुख हरु र ती ढुङ्गा हरु ती सबै आफ्नै घर का सदस्य हरु जस्तै लाग्छ ! चिनजान भएर होला छिट्टै भेट्न पाय पनि हुन्थ्यो जस्तो लाग्छ!

इन्द्रेगौडा बाट उकालो लागे पछि त्यो सालघारी मा भएका हरेक हरु रुख सङ गाढा माया भएर होला सायद कति खेर भेटु जस्तो लाग्छ ! र मन मनै सोच्छु अलि कति त्या बाट पात पतिङर हरु झोला मा राखेर ल्यायको भय पनि अहिले हेर्न हुन्थ्यो भनेर ! र गौडा धारा को पानी ! आज जुन देशको ! जुन ब्रान्ड को महँगो , महँगो पेय पदार्थ हरु पिउदा पनि त्यो आनन्द पाउन सकिरहेको छैन प्रिय मेरो जन्म भुमी !

त्यो मैदान को चौपारी मा साथी हरु सङ बसेर गफ गर्दा देउराली डाडा बाट आयको त्यो मिठो हावाको महसुस कहाँ दिन्छ र यो कोठा को यसि ले मेरो प्रिय जन्म भुमी ! वाद मा गयर खायको त्यो पानी को आनन्द कहाँ दिन्छ र यो बिदेशी बियर, वाइन अनि चिबास रिगल ले प्रिय मेरो जन्म भुमी!

ती भुटेका मकै अनि ती उखु त्यस्तो मज्जा त कहाँ दिन्छ र यहाँ पिजा, बर्गर र चिकेन फ्राई ले मेरो प्रिय जन्म भुमी ! त्यो पधेरा को चौर अनि खर्बाङ खोला को पखरी मा पौडिदाको त्यो मजा कहाँ दिन्छ र ! यहाँ बिदेश का ठुला – ठुला सुमिङ पुल हरु ले प्रिय मेरो जन्म भुमी ! मसुराबारी गयर गित गाउदा को मजा कहाँ दिन्छ र यहाँ को दोहोरी साझ हरु ले प्रिय मेरो जन्म भुमी !

त्यसैले त म हर पल हर क्षण सपनी मा त्यही आउने गर्छु र बिपनी मा सम्झेर रुने गर्छु ! र सोच्छु अलि कति माटो , ढुङ्गा र अलि कति पात पतिङगर हरु भय पनि लियर आयको भय हुने रैछ भने प्रिय मेरो जन्म भुमी !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय