रुद्रावती बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत

गुल्मीः  रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सार गुल्मीमा नव आगन्तुक विद्यार्थीहरुलाई औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ ।
बि एड र बिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो ।

क्याम्पसमा अध्ययनरत दोश्रो, तेश्रो र चौँथो वर्षका विद्यार्थीहरुको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको अध्ययरत विद्यार्थी कर्ण बहादुर नेपालीले जानकारी दिनुभयो ।
स्वागत र बिदाई क्याम्पसमा गर्ने परम्परा एवम संस्कारको कार्य रहेको भन्दै यसबाट विद्यार्थीमा आफूआफूमा निकट सम्बन्ध कायम भइ नेतृत्व लगायत सिर्जनशिल क्षमताको वृद्दि हुन गइ सामाजिकीकरणको विकासमा सघाउ पुराउने क्याम्पस प्रमुख हेमन्त घिमिरेले अपेक्षा गरेको बताउनुभयो ।

स्वागत कार्यक्रमको अवसरमा साङ्गितिक प्रस्तुतिसङ्गै क्याम्पसले सन्चालन गरेको आन्तरिक र त्रिभुवन विश्व विद्यालयले सन्चालन गरेको वार्षिक परीक्षामा सफल हुने करिब ३० जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको लेखा प्रशासन सहायक सतिष बौद्दाचार्यले बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख हेमन्त घिमिरेले प्रथम वर्षमा ७५ जना विद्यार्थी भर्ना भएको जानकारी गराउँदै गत सालभन्दा यसवर्ष विद्यार्थीहरुको आगमनमा वृद्दि भएकोप्रति खुसी व्यक्त गर्नुभएको थियो साथै यसलाई

टिकाई राख्न र अझै बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
स्वागत कार्यक्रममा क्याम्पस सन्चालक समिति अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यता, विद्यार्थी पर्वत रानाको सभापतित्व र अध्ययनरत विद्यार्थी कर्ण बहादुर नेपालीको सन्चालनमा सम्पन्न भएको थियो ।

नव आगन्तुक विद्यार्थीहरुलाई क्याम्पस सन्चालक समितिका उपाध्यक्ष तेजिन्द्र जिसी, क्याम्पस प्रमुख हेमन्त घिमिरे र सन्चालक समितिका अध्यक्ष भुवन केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आफूहरुलाई स्वागत गरेकोप्रति नव आगन्तुक विद्यार्थीको तर्फबाट तारा चालिसेले धन्यवाद प्रकट गरेकी थिइन भने शब्दद्वारा स्वागत सचिना नेपालीले गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर