हुलाक कार्यालय मुसिकोटद्वारा राहदानी वितरण सुरू

मुसिकोट गुल्मी,

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सार गुल्मीमा अवस्थित मुसिकोट हुलाक कार्यालयमार्फत घरघरमा राहदानी वितरण aaसुरु गरिएको छ ।

गत बैशाख २३ गतेदेखि राहदानी वितरण सुरु गरिएको मुसिकोट हुलाक प्रमुख मनिषा घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय तम्घास गुल्मी र जिल्ला हुलाक कार्यालय तम्घास गुल्मीबिच भएको सम्झौता अनुसार सेवाग्राहीका राहदानी सेवाग्राहीकै घरमा वा पायक पर्ने ठाउँमा पुराउन सुरु गरिएको प्रमुख घिमिरेले बताउनुभयो ।

मुसिकोट ७ वामीटक्सारका सेवाग्राहीका १० वटा राहदानीबाट वितरण सुरु गरिएकोमा जेठ १ गतेसम्म ५१ वटा वितरण गरिएको छ । तम्घासबाट दुइ चरणमा १ सय ८१ वटा राहदानी आएकोमा सो संख्यामा वितरण गरिएको हुलाकले जनाएको छ ।

शुक्रबार नगरभित्रका ४ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत ८८ वटा राहदानी सेवग्राहेका पायक पर्ने वडामा पठाइएको छ । वडानम्बर १ नेटा अतिरिक्त हुलाकमा ४ वटा, वडानम्बर २ मुसिकोट खस्थोकमा १७ वटा, मुसिकोट ३ बडागाउँ मैदानमा ५० वटा, मुसिकोट ६ कुर्घामा १७ वटा राहदानी पठाइएको छ ।

कतिपय सेवाग्राही भने मुसिकोट हुलाक कार्यालय वामीटक्सारमै आएर राहदानी बुझेको पाइएको छ । राहदानी वितरणमा स्थानिय तहका नगरपालिका तथा वडाको समन्वयमा वितरण गरिएको हुलाकले जनाएको छ , यस काममा स्थानिय नागरिकको पनि उल्लेखनीय सहयोग मिलेको हलकारा अन्जना कक्षपतिले बताउनुभयो ।

अहिलेसम्म मुसिकोटको वडानम्बर १ को नेटा, पौदी, भर्माचौर, अरेवा, गुरुङ्गचौर, रङनाम, सिम्ले , मुसिकोट ८ को पुरानागाउँसम्म घरमै सेवा पुराइएको हुलाकले बताएको छ ।

नागरिकले राहदानी बुझ्दा सम्बन्धित व्याक्तिले आफ्नो परिचय खुल्ने कागजात देखाएर स्वयम् व्याक्ति वा एकाघरको परिवारले टिकट राजस्ववापत ५५ रुपैयाँ बुझाएर राहदानी बुझ्न सकिने मुसिकोट हुलाक कार्यालयमा कार्यरत हलकारा बालकृष्ण कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय