गुल्मी मुसिकोट
गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारमा अवस्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा सन्चालन भएको गुरु सम्मान, रेकर्ड नृत्य तथा सालिमे पदयात्रा कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
पहिलो दिनको कार्यक्रम गुरु सम्मान र रेकर्ड नृत्य भएको थियो भने दोश्रो दिन सालिमे पदयात्रा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रा डा जीवलाल सापकोटाको प्रमुख आतिथ्यता, राष्ट्रिय सभा सदस्य माननिय विष्णुकुमारी सापकोटा र समाजसेवी शारदा शर्माको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा शिक्षक, शैक्षिक व्याक्तित्व, सामाजिक व्याक्तित्व लगायतको उपस्थिति रहेको थियो ।
वामी विश्व सम्पर्क मन्च अन्तराष्ट्रिय समन्वय समिति अन्तर्गत साँस्कृतिक समितिका संयोजकसमेत रहेका वैकुण्ठ रायमाझीद्वारा आयोजित कार्यक्रम आइतबार सम्पन्न भएको उहाँले बताउनुभयो ।
शनिबार महेन्द्र आदर्श नमुना माविको सभाहलमा भएको गुरुसम्मान कार्यक्रममा आफूलाई अध्यापन गरेका गुरुको सुस्वास्थ एवम दीर्घायुको कामना गर्दै सम्मान कार्यक्रमको साथमा रेकर्ड नृत्यसमेत आयोजना गरिएको थियो।
अँध्यारोबाट उज्यालोतिर डोहोर्याउने जीवनका ज्योति गुरुहरूको परिभाषा पछिल्लो समयमा साँघुरो बनेको महसुस गर्दै गुरुको स्थान र महिमा सधै उच्च रहने भन्दै नैतिक शिक्षा, सेवा र संस्कारमा सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
गुरुहरुको मनोबल उच्च राख्न, शिक्षा क्षेत्रलाई अनुशासित , मर्यादित र उच्च नैतिक संस्कारको जगको रुपमा स्थापित गर्न यो कार्यक्रम स्थापित हुने तत्कालिन वामी श्रोतकेन्द्रका श्रोतव्यक्ति टंकनाथ भण्डारीले अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा प्रतिस्पर्धात्मक रेकर्ड नृत्य सङ्गसङ्गै पदयात्रा कार्यक्रमसमेत तय गरिएको थियो ।
मनोरन्जन मानवीय जीवनको अभिन्न अङ्ग भएकोले यसको हरक्षणमा आवश्यकता भएकोले कार्यक्रमसङ्गै आयोजना गरिएको र मनलाई स्वस्थ राख्न, मन शान्तिको लागि , आन्तरिक पर्यटन पर्वद्दनको लागि, शारीरिक तन्दुरुस्तीको लागि पदयात्रा अत्यावश्यक भएकोले त्रिपक्षिय कार्यक्रमको आयोजना गरिएको आयोजक रायमाझीको भनाइ रहेको छ ।
रेकर्ड नृत्यमा २ वटा समुह बनाएर प्रतिस्पर्धा गरेको मुसिकोट कला केन्द्रले प्रथम र द्वितीय पुरस्कार जितेको छ । त्यस्तै तृतीय रियान्सा खत्री र सान्तवना त्रिभुवन मा वि खर्बाङ्ग भएको छ ।
प्रथम पुरस्कार ११ हजार १ सय ११ द्विदीय पुरस्कार ७ हजार ७ सय ७७ र तृतीय पुरस्कार ५ हजार ५ सय ५५ रहेको थियो भने पदयात्राको लागि आइतबार मुसिकोट ८ मा अवस्थित सालिमे दहको यात्रा भजनकीर्तनसहित सम्पन्न गरिएको छ ।


