एकीकरण गर्नेलाई विभूतिको संज्ञा दिइयो ,देश टुक्राउनेलाई के को संज्ञा दिने ? – समुन्द्र अर्याल

समुन्द्र अर्याल, मुसिकोट नगरपालिका ५ बराहक्षेत्र ।
पृथ्वीनारायण शाहलाई किन हामिहरूले मान्छौ ?कि पुजा गर्छौ ? किन राष्ट्रिय विभुतीको रुपमा लिन्छौं ।सायद उनको एउटै कामको कारणले हामिहरूले त्यति मानिरहेका छौ ।उनका शालिक बने ,प्रत्येक साल पृथ्वी जयन्ती मनाइरहन्छौ ।

उनका गुणगान गाउँछौँ ।विद्यार्थीहरूले उनको बारेमा जानुन र पढुन भनेर पुस्तकहरूमा उनका जीवनी र उनका कार्यहरूको विस्तृत कुरा समेटेर प्रकाशन पनि गरिन्छ ।यतिका कुरा हामिहरूले उनको एक कार्य कै कारण गरिरहेका छौ ।किनकी उनले एकीकरणको अभियान जलाए ।बाइसे चौबीसे राज्यलाई एक गराए ।नेपाललाई ४ वर्ण ३६ जातको एक साझा फुलबारि हो भनेर परिचय दिए ।नेपाल भन्ने देश ,नाम र अस्तित्व दिए ।

यी सबै कुराहरूमा एक्लै उनले त गरेरनन् ।उनका छोराहरू ,अनुयायी ,अमरसिंह थापा,भीमसेन थापा,भक्ति थापा ,बलभद्र कुवर ,र सम्पूर्ण नेपाली दिदी ,बहिनी ,दाजुभाइ ,अामाबुबा सबैको उत्तिकै योगदान र मेहनत छ ।न त केटाकेटीले केटाकेटी नै भने ,न त बुढाबुढिले बुढाबुढी नै भने, सबै ले अाफुले सक्दो गरे ।पानी पनि नखाई कयौं घन्टौंसम्म लडाइँ गरे ।त्यति गरेर एकीकरण गरियो ।

विर सपूतहरूको सम्मान पनि गरिदै छ र गरिनेछ ।तर अाज प्रदेश ,नगरपालिका ,गाउँपालिका गरेर देशलाई टुक्राउदा कतै यी सबै नेपाली को मेहनत र वीर सपूतहरूको सपना र उनिहरूको योगदान अोझेलमा त पर्दैन ?अाज देशलाई विभिन्न नाउमा टुक्राउदा कतै सबै कुराहरू अोझेलमा त पर्ने हैनन् ।

जो अाज प्रदेश ,नगरपालिका ,गाउँपालिका का नाउमा विभिन्न बाहानमा जनता अाफु अाफुमा लडाभाति गरिरहेका छन ।हिजो एकीकरण गर्नेलाई राष्ट्रिय विभूती मानिरहेका छौ ।अाज टुक्राउने लाई के को संज्ञा दिने? के उनीलाई पनि विभूति कै रुपमा लिने र उनीहरूको शालिक बनाएर पुजन गर्ने ?

हामिहरू जात ,धर्म र लिङ्गलाई लिएर झगडा त गरिरहेकै थियौ ।फेरि प्रदेश,नगरपालिका ,गाउँपालिका का नाउमा झगडा सुरु भएका छन।झगडा निकाल्नेहरूले झगडाको विषयवस्तुको अाविष्कार गर्दिएर रमिता हेरेर बसिरहेका छन । कैलै लाग्दैन,”यी बुढा तिल्केहरू किन यति जमिरहेका छन नेपाली राजनिती मा?” उनीहरूलाई थाहा छ ,उनीहरू जनता जनता लडाउन सिपालु छन ।

कसैलाई जातको नाउमा, कसैलाई धर्मको नाउमा ।नेपाली जनता भेडा छन भन्ने पनि उनीहरूलाई राम्रोसँग थाहा छ ।उनीहरूले जनताको कमजोरीलाई समातेर राजनिती गरिरहेका छन ।हामी “लाटाले केरा हेरेझै हेरेर बसिरहेका छौ” ।अाफु अाफुमा लडिरहेका छौ ।अाफ्नो अस्तित्व बच्नु पर्यो, अरु कुराहरूको ख्याल नगरी कहाँ के र कुन शब्दको उच्चारण गर्ने ख्याल नै नगरि यत्तिकैत अा-अाफ्ना विग्यप्ती हरू जारि गरिरहन्छौ ।

अरू कुरा छोड्नुस् ,अाफु बिच कै कुनै नेपाली दाजुभाइले नेपाल र नेपाली कै हकहितमा कुनै योजना, कार्यक्रम या अायोजनाहरू अघि सार्यो भने उसलाई कसरी हुन्छ खुट्टा तान्ने कोसिस गरिन्छ ।उसलाई लडाइन्छ ,तब पनि ऊ उठेर अघि बढ्न खोज्यो भने उसलाई पुनः लडाइन्छ।जब सम्म ऊ थाक्दैन !

अन्तिममा भएन भने उसका खुट्टा नै काटिन्छ ।उसलाइ समाजमा बेलुन सरि उडाइन्छ ।हामीहरू ले उसको गुन्जिएको नाम मात्रै सुन्छौ ।उसको त्यहाँसम्मको नाम बनाउन उसले गरेको दुःखलाई बुझ्न खोज्दैनौ /सक्दैनौँ ।

अाफु त्यो नाम बनाउने तिर प्रयत्न गर्दैनौं बस् अरूको प्रयत्न र प्रतिफललाई विफल पार्ने तिर सोचिरहेका हुन्छौं ।सधैं नकारात्मक सोच र नकारात्मक व्यवहारहरू गरिरहने हामिहरूले ।कैले सकरात्मक सोच र व्यवहार गर्न जानेनौँ ।सधैं अरूलाई अर्ति उपदेश दिने हामिहरुले हामिमा नै समयले खोजिरहेको वैचारिक परिवर्तनको ख्याल गरेनौं ।

“अाफु बनेर अरू बनाउने” थेगोलाई मुखमा जपिरहने हामिहरूले अाफ्नै जीवनमा प्रयोगमा ल्याउन सकिरहेका छैन ।प्रथमतः अाफु परिवर्तन हुनु जरुरी छ ।
जय देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय