कर्ण थापा मगरको शुुभकामना सँगै चुनावी खर्च सार्वजनिक

फागुन,२७ बुधबार,

गुल्मी,फागुन २१ गते सम्पन्न संघिय निर्वाचनमा सम्पूर्ण उमेदवार र आफ्नो अमुल्य मताधिकार प्रयोग गर्न जानु हुने आदरणीय मतादाताज्यूहरुलाई उज्यालो नेपाल पार्टिका उमेदवार कर्ण थापा मगरले धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।

आफूले हार्दै गर्दा पनि यो मध्यावदी चुनाव निकै सहज र शान्तिपूर्ण ढंगले सम्पन्न हुँदा आफूले जिते सरह महसुस गरेको उमेदवार थापाले बताउँदै विचार फरक भए पनि लक्ष्य एउटै रहोस् समृद्ध समाज र जिम्बेवार नेतृत्वले देशलाई नयाँ निकास मिलोस् र आत्म निर्भर गुल्मी जिल्ला बन्ने अपेक्षा गर्दै गोविन्द पन्थि लगाएत सिंगो टिम संग मेरो पनि राष्ट्रका निम्ति साथ रहने भन्दै थापाले प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।

चुनाव प्रचार प्रसार गर्दै गर्दा थापा प्रतक्ष्य जनताका गुनासाहरु सुन्दै घर घरमा पुगी जनताका समस्याहरू टिप्पणी गर्दै अरू दलको भन्दा भिन्नै खालको आफू घरदैलो अभियानमा जोडिएको बताउँदै चुनावमा भएको सम्पूर्ण खर्च विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचासंहिता बमोजिम निर्वाचन कार्यलय गुल्मीमार्फत निर्वाचन आयोग काठमान्डौमा पेस गरेका थिए ।

जस मध्य; सवारी साधन भाडा खर्च ३० दिनको रु २ लाख ८० हजार इन्धन सहित, मनोनयन दर्ता रु १० हजार ,मतदाता प्रशिक्षण कर्यक्रम खाजा खर्च ५ जनाको रु ५० हजार,वडा स्तरीय प्रचार कर्यक्रम १५ दिन घर दैलो रु ४० हजार, नमुना मत पत्र, प्रतिबद्धता पत्र छपाई रु २८ हजार, फोटो,भिडियो,ग्राफिक्स रु ३५ हजार र विविध रु ५५ हजार गरी कुल रकम जम्मा रु ४ लाख ९८ हजार थापाको आफ्नो चुनावी खर्च भएको उल्लेख गरिएको छ ।

निर्वाचन आयोगको व्यवस्था अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि निश्चित समयभित्र आफ्नो खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार थापाले आफ्नो खर्च विवरण पेस गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय