बागलुङमा स्कुल भ्यान दुर्घटना, १ जनाको मृत्यु २५ जना घाईते

२९ माघ, बागलुङ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २५ बालबालिका घाइते भएका छन् । बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान खसेको हो ।

बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा परी अमन बोहोराको मृत्यु भएको छ । बाँकी २५ जना घाइते मध्ये ६ जनालाई पोखरा रिफर गरिएको छ । उपचारमा रहेका विद्यार्थीहरुको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ। बाँकी बालबालिकाको भने धौलागिरी प्रादेशिक अस्पतालमै उपचार भईरहेको छ ।

बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो ।

दुर्घटनामा २५ जना विद्यार्थी घाइते भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । घाइतेको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लोकमार्गबाट अन्दाजी ५० मिटर तलको शिवधारचोक जाने सडकमा भ्यान खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय