आमाले तेल घसेको शरिरमा उसकै छोराले आ’गो लगाउँछ

विष्णुप्रसाद आचार्य चकित मुसिकोट नगरपालिका गुल्मी

गजल

आमाले तेल घसेको शरिरमा उसकै छोराले आ’गो लगाउँछ
जसले जे कपडा लगाएनि आखिर त्यही धागो लगाउँछ !!

बाउको सम्पत्ति आधा आधा बाड्न लगाउँदा भाइले,
आफुलाइ धेरै पर्ने गरि बिचको घेरो बाङ्गो लगाउछ ।।

सरकारी जागिर खाने निहुमा धेरै विकल्प रोज्न दियो भने;
तन्दुरुस्त मान्छेले पनि आरक्षणको लोभमा अपाङ्गो लगाउछ !!

गैह्री खेतमा छिमेकिलाइ जिम्मा दिइ बाली हेर्न पठाउँदा;
आफ्नो खेतमा पानी लगाइ मेरो खेतमा पाँगो लगाउछ !!

मर्नुपर्छ आफुलाइ नि भन्ने उसले बिर्सन्छ क्यारे,
कात्रो बेच्दा समेत कपडा पसलेले महङ्गो लगाउछ !!!

अर्को गजल
गाउँ छोडेर शहर झर्दा मलामी मात्रै फेरिने हुन
असल मान्छे मर्यो भन्दै एकैछिनलाइ घेरिने हुन !!

छिट्टै लैजाँउ मसानघाटमा हतार छ भन्नेपनी
बिर्सिहाल्छन आफुपनी त्यही कात्रोमा बेरिने हुन !!

शताब्दीभर सेवा दिदै आएको त्यो पोखरीमा
पानी उहीँ बगेपनि आखिर मान्छे दोहोरिने हुन !!

प्राणबाजी लगाएर जन्माएको सन्तानले नि
आमाबाबा मरे भनी दर्शक बनी हेरिने हुन !!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय