संगिता कँडेलमुसिकोट नगरपालिका वामी ७,सेरा गुल्मी,
न उज्यालो मन मेरो न उज्यालो मुख
कसलाई सुनाउँ पिरव्यथा कसलाई पोखौ दुःख ।
नत कोही सुन्दिने छन् नत कोही बुझ्ने
धन्य भगवान् दिनुभयो दस औंला यिनी आँसू पुछ्ने।
सम्झिदानी कहाली लाग्छ बर्सिन्छन् यी आँसू
केका निम्ति मरु अब कसका निम्ति बाचु।
मन सम्हाल्ने बाटो छैन आफन्तिजन बाट
जसलाई राम्रो गरे पनि गर्छन् घातै घात ।
मुखमा राम राम जपी यहां पेटमा छुरा रोपनेहरु
तिनै ठूला हुन्छन् यहां जो अर्काका कुरा काट्ने हरु ।
आदर गर्छु म तिनीहरूलाई जसले अर्काको कुभलो चिताउँछ
सम्मान गर्छु म तिनीहरूलाई जसले यसैगरी जिन्दगी बिताउँछ ।