आज मलाई उहीँ पुरानो डायरिले  सम्झाइ दियो र बिगतलाई झस्काइ दियो

कृष्णप्रसाद खराल (सुमन) मुसिकोट ९ गुल्मी/नबखबर

कुरा २०६७ साल फागुन १ गतेको दिन थियो ,तर १० बर्षा पहिलेको ,बुवाले बिहानै उठेर खट्टे भूटिदिनु भयो म दूध सङ खट्टे खाए ।

अनि म पढ्नको लागि अरुबेला जस्तै ढाका टोपी लगाए र बासको लौरो टेकेर २० रुपियाको लाइटरमा लाइट बोल्थ्यो त्यो लाइट्को साहारामा झरे।

गोबिन्देको घर नपसी बाटो बाटै बोलाए ए केटा, के केटा सुनेन उ ,अनि म घर्मै पसे किन बोल्दैनस जानी होइनरर? नाइ म गइन यार ,हिजो बाघले बाख्रो खायो जाने मोड छैन यार, म झसङ्ग भए र भने ए त्यो त खान्छनि कहिलेकाहीँ सबैलाइ बाच्नै परो ।

हाम्रो मा ३ वटा एकै चोटि खाएथ्यो खल्लुमा केही हुदैन हिड। जादिन यार त पनि न जा एक्लै आज फेरि बाघ आउला ।

म बिचाराधिन भए जाउकि नजाउ बाटो जङ्गलको छ मौसम अँध्यारो साथमा बीस रुपियाको लाइट र १२०० मोडल को मोबाइल थियो त्यहिनि मोबाईलमा लाइट बोल्दैन्थ्यो ।

नजिकै अलि अलि उज्यालो देखिन्थ्यो पारी रिघाको डाडोमा हेरे अन्धकार देखियो । उ भन्छ नजा भोलि गएर सारे हुन्छ म जिद्दी गरे म त गए। म गए भने तैलेनि सार्न पाउछ्स नि,म आएर तलाइ पढाउछु ।म फेरि तेहि २० रुपियाको लाइट बाले र जिद्दी गर्दै झरे।

मनमा डरले मुटुको धड्कन छिटो छिटो हानेको थियो । म सुस्साउदै गित गाउदै, र आफ्नो डरलाइ भगाउन, म बोलियो छु है भन्ने देखाउन बिच बिचमा कुर्लिदै झरे ।

गाउको प्रख्यात ठाउँ बिसौना ,सबै तलबाट आउदा त्यही बिसाएर बरको चिसो हावा लिन्थे,तर म त्यही बिसौना मुनि माथिल्लो घुम्टेबाट तल्लो घुम्टे पुग्ने गरि पछारिए ।

हातमा मोबाइल थियो खै कहाँ पुगेछ, त्यो टिकि लाइट अल्लि तल्तिर केतिकुतेको घारिमा टिलिटिलि बलीरहेको देखे । हात दुख्यो सड्केछ हात,त्यो पनि दाहिने । बल्ल बल्ल उठे र लाइट भित्रै गएछ,झिक्दा काडाले गोभ्यो ।

तर मुबाइल कहाँ पुग्यो थाहा भएन। अब के गरु भगवान ,तल जाउकी माथी, कता फेरि बाघ आउने हो । फेरि सम्झिए यहात मान्छे पल्टेर मर्या सियो छ भन्थे कतै त्यसैलेत तानेन। जुरुक्क उठेर एक पाइला सारे ।

मोबाइल कुचेजस्तो लाग्यो र समाते माथी पट्टीको मात्र रैछ, ब्याट्री र खोल कहाँ हो कहाँ । म डराइ डराइ ब्याट्री खोज्दै थिए माथी बाट गोभिन्दे सुसेल्दै आयो, होइन के भोर किन यहि छ्स अहिले सम्म। म पछारिए मुला सरापेकोथिस र ? त डराउलास भनेर आइराछु पापी झन उल्टो सोच्छ यार ।

त हिडेपछी बस्नै मन लागेन केटा, अनि ड्रेस नलाइ आए धन सरले गाली गर्नुहुन्छ अब त जान हुन्न एउटा पिरियड। ठिक छ अर्को पिरियडमा जाम्ला तर ब्याट्री खोज्न यार।हा हा।।

उ बाघले बाख्रो खाएको पिरमा पनि हास्यो र भन्यो ,अरे त ब्याट्री खोज्दै छ्स।उस्को ठूलो लाइट थियो तीन वटा ब्याट्री लाउने बिग्रेपछि कुचो बनाउन मिल्ने, उस्ले बाल्यो बाटामुनि भेटियो ब्याट्री र खोल दुबै ।

मोबाइल पनि भेटियो डर पनि हरायो मेरो खुसिको सिमा रहेन । बिस्तारै आकाशमा कालो बादललाई सुर्यको चमकले फार्दै थियो मिर्मिर उज्यालो हुँदै थियो । हामी पिडामा पनि दोहोरि खेल्दै झर्दै थियौ ।

तल्लो बिसौना पुग्दा गोभिन्देले भन्यो हेर त केटा के हो त्यो चोर औला देखाउदै काप्राचौर देखाउछ उ। म चिच्याउदै भने बाघ हो यार होइन बाघ त त्यस्तो हुन्न । अब के गर्नी त केटा? म सोधे, एक छिन चिच्याउ अनि जान्छ यो।

सुति रा होलान तल ,चिच्याउन हुन्न यार ।यत्तिकैमा म उस्को खुट्टामा हेरे र हासो खप्न सकिन र हासे किन हास्स यो? चप्पल हेरत , थुक्क हतारमा २ थरी पो परेछ अब के गर्ने। हिड माधबकोमा गएर किनौला आज सन्कोले तारा सीता हरु नी अघिनै गए होलान देख्दैनन ।

म अघि हिड्छु त पछि पछि कुनो कुनोबाट हिड कसैले थाहा पाउदैन। त्यसपछि फेरि चल्न लाग्यो, यानी माया र धोका दिनेलाई के भनौर खोइ ।।।।।।

काप्रे खोलो तर्दासाथ भने ,हेर केटा, अब चप्पल किन्दा ढिला हुन्छ पहिलो पिरियड सिद्दिन लाग्यो दोश्रो पिरियडको बिचमा गए भने भरत सरले मार्नुहुन्छ अब तेस्रो मा जानी, हुन्छ हुन्छ हिड।

त बाटोमा बस म किन्छु पैसा ले,ला म सङ त २० रुपिया मात्र छ पर्स नै हालिन म। किन हाल्थिस त नास्ता खाए दिन पर्छ नि । चाइनिज चप्पल त ५० मा आउँछ त थपेर किन न यार ।

तर माधबको पसल खुलेको रहिन्छ । केटा काडेबास पनि पसल खुल्ने बेला भएको छैन यार बिस्तारै जाउ ।
हुन्न मुला मान्छे जति अबेला भो उत्ति मान्छे बाटोमा आउछ्न बेइजेत हुन्न ? चाडो जान पर्छ । उस्लाइ म काडेबाँस बजार नपुग्दै ओरै बस्न भने र चप्पल किनेर ल्याए । कति बजो कुन पिरियड हो यो ?

म मोबाइल खोल्न बटन थिचे तर खुलेन लु बर्बाद , भरत सर भएत जादिन म। गेटमा गएर खुसुक्क हेरियो डिल्लीप्रसाद सरलाइ देखियो सबै अचम्म परे यो बेला बल्ल?

सर कृषि क्षेत्रको महत्व पढाउदै हुनुन्थ्यो ।।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय