के ब’लात्का,रीलाइ फाँ;सी दिएको हेर्न पाइएला,

काजल खरेल मुसिकोट नगरपालिका वडा ९ ददल्का गुल्मी

निस’ङ्कोच नेपाली हु भनेर केर्न पाइएला,
गरि,बीको ब.न्धन बाट मुक्ति फेर्न पाइएला,
राजा मा’रेर दोषी पत्ता नलाग्ने यो मेरो देशमा,
के ब’लात्का,रीलाइ फासी दिएको हेर्न पाइएला,

अर्को मुक्तकहेपिएको यो एक्लोपनमा रुन मन लाग्छ,
गुम्सिएका छन ब्यथा मनमा रुन मन लाग्छ,

कुहुकुहु नेउलि रुखमा म भुइँमा बसेर,
पिर पोख्दै त्यो रानी बनमा रुन मन लाग्छ।।

यो पनि पढ्नुहोस् निकै हसिलो अनुहार भएका , लामो लामो कपालसंगै झुप्प दाह्री पालेका , देख्दा चन्चलले स्वभावका जस्ता देखिने तर निकै बौद्धिक ब्यक्ति , निकै शालिन र भद्र स्वभावका एक बाग्लुङे ठिटो हुन उनी ।

नेपालबाट पोल्यान्डको लागि बिदाई भएर हिडेका उनै विकास शर्माले , त्यो बेला पोर्चुगल आईपुगिएला भन्ने सायद सोचेका थिएनन होला । युरोपेली मुलुक मा जाने र सपरिवार युरोप मै सेटल हुने उनको मुख्य उदेश्य रहेछ । उनी पोल्यान्ड आएर करिब ५ र ६ महिनाको बसाइँमा निकै तनाब बेहोरेका रहेछन ।

कम्पनीले कहिले कहाँ कहिले कहाँ काम मा लैजाने , न त खाना को ठेगान न त बस्नकोे ठेगान । कागजि प्रक्रिया सबै कम्पनीले गर्छ भन्ने खै के गर्छ के गर्छ । चिनेजानेका कोहि नभएका र नेपाली समेत एकदमै कम भएको ठाउमा , पहिलोे पटक प्रदेशियको मान्छेलाई कति पिडा भए होला ।

उनले चिनेजानेका केही साथिहरु पोल्यान्ड हुँदै पोर्चुगल गए रे भन्ने सुनेपछि उनि पनि पोेर्चुगल आउने मनसायमा पुगेछन । उनले आफुले चिनेको पोर्चुगलमा रहेको साथिलाई सोधेछन , कस्तो छ ह पोर्चुगल तिर रु यसको जवाफमा उनले सुनेछन , निकै शान्त र सुन्दर छ पोर्चुगल ।

तुलनात्मक रुपमा कमाई थोरै हुने भएता पनि , नेपाली दाजुभाइहरु बिच भाइचारा कायम गर्न सक्ने हो भने बिदेश छु भन्ने कुरा बिर्स्याईदिन्छ पोर्चुगल ले ।

यहाँ आएपछि विभिन्न चरणका कागजि प्रक्रियामा संगै यहाँ टिआर र अन्तत पिआर नै दिन्छ पोर्चुगल ले । तर धैर्य ,सजग र सम्यमित हुनपर्दछ पोर्चुगलमा अन्यथा डिप्रेसनको सिकार नभईएला भन्न सकिँदन ।

पोर्चुगलमा यस्तो उस्तो दुुुख पायौ , काम पाएनौ , फलानोढिस्कानो ले ठग्यो भन्ने सुनिन्छ । फलानो ठग हो दलाल हो भन्ने सुन्दै गर्दा उसकै संगत गर्न र जयजयकार गर्न छोड्दैनौ । उसलाई नै आबस्यकता भन्दा बढि हिरो बनाउछौ ।

यहाँ एकले अर्को लाई ठगदलाल भनेको सुनिन्छ तर कानुन बमोजिम कार्वाही गर्न अगाडि बढेको देखिदैन ।

खै मैले आजसम्म पोर्चुगलमा एकजना पनि ठगदलाल भेटेको छैन दखेको छैन । किनकि मेरो मित्रताको घेरा निकै साघुरो छ ।

पोर्चुगलको बारे यति कुरा सुनेपछि उनी पोर्चुगल नै आउने निर्णय गरेछन र पोर्चुगल आईपुगेछन । यहाँ उनका साथिभाइ भएकाले काम र कोठाको लागि धेरै सास्ती बेहोर्नु नपरेको बताउने उनले घरबेटि नेपाली प्रति चै हल्का गुनासो पोखे ।

घरबेटी प्रति गुनासो पोखेका उनले , घरबेटी र घरमा बस्नेहरु बिच राम्रो सम्बन्ध स्थापित गर्न सकेमा दुबै पक्षलाई राम्रो हुने सम्म भन्न भ्याए । उनी पोर्चुगल भित्रीएको करिब करिब एक हप्ता पछिबाट उनले निरन्तर काम गरि नै रहे ।

लिगल ईन्ट्रि गर्ने काम सजिलै संग गरेका उनले शोशल पाउन भने निकै तनाब बेहोरेको बताए तर यसमा पोर्चुगल प्रति कुनै गुनासो गरेनन , उनले भने सिमित साधनस्रोत र जनशक्तिका आधारमा यत्रो धेरै आप्रवासीहरुका कामकुराहरु सम्बोधन हुन ढिला हुनु कूनै आश्चर्यको बिषय होईन भन्छन उनी ।

उनि पोर्चुगल छिरेको करिब १४र१५ महिनामा टिआर पाउन सफल भए , यो अबधिमा उनले धेरै कमाउन सकेनन तर कमाएको बचाउन सके ।

त्यसैले उनी गर्व गर्दै भन्छन । मैले कति कमाउछु , भन्ने संगसंगै कति बचाउछु त भन्ने महत्त्वपूर्ण कुरा हो ।

यसमा म पुर्ण सन्तुष्ट छु । कार्ड आएको लगत्तै नेपाल गएका उनी कोरोनाको कारण करिब करिब ७ महिनाा जति नेपाल मै रोकिए । यत्रो समय नेपाल बस्दा पोर्चुगल जाने कुरा के हुने होला , कसो हुने होला भन्ने चिन्तामा रुमलिए केही समय ।

उनी भन्छन , करिब ७ महिना नेपाल बसाइँपछि पोर्चुगल फर्कदा काम गुमिसकेको थियो र नया काम पाउने सम्भावना पनि थिएन , त्यसैले फुन्दो एप्लाई गरे, एप्लाई गरेको करिब करिब ३र४ घन्टा मै एप्रुप भयो र अहिले काम नभए पनि बसेर खाईरहेको छु ।

यसरी एक प्रदेशि लाई बस्ने खाने कुरा को ग्यारेन्टी गर्ने देशलाई स मैले – मलाई केही दिएन , पोर्चुगल यस्तोे, उस्तो भन्न थाले भने त्यो मेरो मुर्खता सिबाय अरु केही हुनै सक्दैन ।

पोर्चुगलले जताबाट मुन्टिदै आएपनि लिगलाईज गरेको छ । काम गर्ने र कार्डको लागि प्रोसेस गर्ने अधिकार दिएको छ ।

देशको आर्थिक अबस्था अनुसारको तलब पाउने ग्यारेन्टी गरेको छ । परिवारका सदस्यहरुलाई संगै बस्ने वातावरण दीएको छ ।

समय पुगेपछि सामान्य प्रक्रिया बाट नै पासपोर्ट दिने ब्यबस्था गरेको छ । त्यो भन्दा के दिनुपर्ने थियो पोर्चुगल ले रु के आउदा बित्तिकै रातो पासपोर्ट र सुतिसुति तलब दिनुपर्ने थियो त रु यो भनिरहदा उनी अल्लि भावुक र आक्रोशीत देखिन्थे । सायद पोर्चुगलको बिषयमा गरिने नकारात्मक टिप्पणीले उनको जिवनमा कतै छोएको थियो होला ।

उनी सम्यमित हुँदै फेरि भन्दै थिए , मलाई त धेरै दिएको छ पोर्चुगल ले । मलाई काम गर्ने अवसर दिएको छ , टिआर दिएको छ , निश्चित अबधि पछि पासपोर्टको लागि अधिकार दिएको छ । शान्त शालिन र भद्र हुन सिकाएको छ । धैर्यता नै महानता हो भन्ने कुरा सिकाएको छ । परिवारका सदस्यहरुसंगै बस्ने वातावरण दिएको छ ।

यो संकटको बेला रोजगारि गुमाएको बेला हामी छौ नि भन्दै पोर्चुगिज सरकारले अभिभावकत्व लिएको छ । जुन मेरो लागि आफू जन्मेको देशले गर्न सकेको थिएन ,त्योे पोर्चुगलले गरेको छ। त्यसैले धन्य छ पोर्चुगल ।

पोर्चुगलमा यस्तो उस्तो दुुुख पायौ , काम पाएनौ , फलानोढिस्कानो ले ठग्यो भन्ने सुनिन्छ । तर हामी कति लगनशील र मेहनति छौ , हामिमा सीप के छ भन्ने कुरा हामी कहिल्यै सोच्दैनौ ।

फलानो ठग हो दलाल हो भन्ने सुन्दै गर्दा उसकै संगत गर्न र जयजयकार गर्न छोड्दैनौ । उसलाई नै आबस्यकता भन्दा बढि हिरो बनाउछौ ।

यहाँ एकले अर्को लाई ठगदलाल भनेको सुनिन्छ तर कानुन बमोजिम कार्वाही गर्न अगाडि बढेको देखिदैन । खै मैले आजसम्म पोर्चुगलमा एकजना पनि ठगदलाल भेटेको छैन दखेको छैन । किनकि मेरो मित्रताको घेरा निकै साघुरो छ ।

फजुुुल खर्च कटौति गरौ , थोरै भए पनि बचत गरौ , शान्त र धैर्य बनौ , एकअर्कामा सहयोगी बनौ , अरुको कुभलो नचिताउ , नेपाली चेलिबेटी प्रति गिध्दे नजर नलगाउ , देशको कानुनको पालना गरौ , कामलाई सानोठुलो भनी बर्गिकरण नगरौ यी र यस्ता कुराहरुमा ध्यान दिन सकेमा पोर्चुगलको हाम्रो बसाइँ सुखद हुनेछ । पोर्चुगलले हामिलाई धेरै दिएको छ र दिईरहने नै छ ।

उनी भन्छन , हामी हाम्रा आनिबानि नसुधार्ने अनि दोष चाहिँ अरुलाई दिने रु पोर्चुगलको करिब दुई अढाई बर्षको बसाईको क्रममा उनले धेरैलाई चिन्छन तर उनलाई निकै थोरै ले मात्र चिन्छन ।

उनि जाडरक्सि खादैनन , होटल रेस्टुरेन्ट धाउदैनन । कसै प्रति नराम्रो सोच्दैनन । त्यसैले उनी निकै सन्तुष्ट छन ।

उनी भन्छन आजसम्म कसैलाई सहयोग गर्न नसकेकोमा आत्माग्लानि भन्दा कसैलाई पनि दुख नदिएकोमा गर्व लाग्दछ । हो हामीलाई सबै कुरा भर्खर चाहिएको छ । टन्न पैसा रातो पासपोर्ट आदिईत्यादि , हामी धैर्य गर्न सक्दैनौ त्यसैले एकअर्कालाई दोष दिन्छौ ।

एक अर्काको कुरा काट्न मै समय ब्यतित गर्छौ । एकअर्का मा मिलिजुलि सहयोगको आदानप्रदान गर्ने बानि छैन हाम्रो । अर्काको सुख देखि नसहने र अर्काको दुखमा रमाउने बानि परेका हामी स्वर्ग मै गए पनि सन्तुष्ट हुन सक्दैनौ ।

हामी सीप सिकौ , भाषा सिकौ दक्ष बनौ भन्ने तिर भन्दा आज कुन भट्टिमा जाने कसलाई मुर्गा बनाएर दारुपानी खाने भन्ने तिर ध्यान दिन्छौ । अर्काको देखासिखि गर्छौ । फजुल खर्च कटौती गरि बचत गर्ने तिर ध्यान दिदैनौ अनि कहाँ बाट हुन्छ त पोर्चुगलको बसाइँ सुखद ।

बेबि सावर , म्यारिज एनिभर्सरि , जन्म दिन , भ्यालेन्टाईन विभिन्न नाममा फजुल खर्च गर्ने बानिको अन्त्य गर्नु पर्दछ र थौरै थारै भए पनि बचत गर्ने बानिको बिकास गर्नुपर्दछ । होटल रेष्टुरेन्टमा गएर बोमिट गरुन्जेल दारुपानि खाएमा , बिल धेरै तिरेमा ठुलो मान्छे बन्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्दछ उनले भने ।

फजुुुल खर्च कटौति गरौ , थोरै भए पनि बचत गरौ , शान्त र धैर्य बनौ , एकअर्कामा सहयोगी बनौ , अरुको कुभलो नचिताउ , नेपाली चेलिबेटी प्रति गिध्दे नजर नलगाउ , देशको कानुनको पालना गरौ , कामलाई सानोठुलो भनी बर्गिकरण नगरौ यी र यस्ता कुराहरुमा ध्यान दिन सकेमा पोर्चुगलको हाम्रो बसाइँ सुखद हुनेछ । पोर्चुगलले हामिलाई धेरै दिएको छ र दिईरहने नै छ ।- योगेन्द्र खरेल पोर्चुगल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय