बडिगाड गाउँपालिकाको बजेटमा सुरक्षीत नागरिक आवास प्राथमिकतामा, वडाको प्राथमिकतामा सडक

कमल पौडेल . बडिगाड । बडिगाड गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० को लागि उपाध्यक्ष भिमसेन बनले ६७ करोड ६७ लाख ४९ हजार बरावरको बजेट दोश्रो गाउँसभामा प्रस्तुत गर्नुभएको छ। 

जस अन्तरगत बजेट तर्फ निसर्त चालु खर्च १२ करोड ६९ लाख ३२ हजार ५ सय र सशर्त चालु खर्च ३१ करोड ७९ लाख गरि जम्मा चालुखर्च तर्फ ४४ करोड ४८ लाख ३२ हजार ५ सय र निसर्त पुँजीगत खर्च तर्फ १८ करोड ५२ लाख १६ हजार ५ सय र ससर्त पुँजीगत खर्च तर्फ ४ करोड ६७ लाख गरि जम्मा पुँजीगत तर्फ २३ करोड १९ लाख १६ हजार ५ सय बजेट विनियोजन भएको छ।

त्यसैगरि आम्दानी तर्फ आन्तरिक राजश्ववाट १ करोड ४० लाख, नेपाल सरकारको राजश्व बाँडफाँडबाट १० करोड ९९ लाख ९२ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ७९ लाख ५६ हजार, नगद मौज्दातबाट ४ करोड, संघिय सरकारको वित्तिय सम्मानीकरण अनुदान १२ करोड ५८ लाख, प्रदेश सरकारको वित्तिय समानीकरण अनुदान १ करोड ४४ लाख १ हजार, संघिय सरकारको ससर्त अनुदान ३२ करोड ६६ लाख, संघिय सरकारको विशेष अनुदान २ करोड, प्रदेश सरकारको ससर्त अनुदान ५० लाख, संघिय सरकारको समपुरक कोषको ८० लाख, प्रदेश सरकारको समपुरक कोष ५० लाख गरि कुल ६७ करोड ६७ लाख ४९ हजार आम्दानी हुने प्रस्ताव गरिएको छ।

जस अन्तरगत सुरक्षीत नागरिक आवास तर्फ खरका छाना हटाउने कार्यक्रमको लागि १ करोड विनियोजन विनियोजन गरेको छ। बडिगाड गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न गर्न ८० लाख वजेट विनियोजन गरेको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संगको सहयोगमा गाउँपालिकाको वडा नं. १, २, ३ र ६ मा ८ वटा खानेपानी योजना सञ्चालन गर्न २ करोड ८५ लाख ५७ हजार विनियोजन भएको छ।

वजेटले नयाँ १० वटा वाल विकासका सहजकर्ताको दरवन्दि व्यवस्थापन गर्ने तथा माध्यमिक तहका विद्यालय कर्मचारीको तलवभत्ता वृद्धि गरेको छ। भने एक वडा एक नमुना वालविकास निर्माणको लागि ५० लाख बजेट विनियोजन गरिएको छ। बनस्पति माविको भवन निर्माणको लागि ८० लाख बजेट विनियोजन गरेको छ। कक्षा ६ – १० का छात्राहरुको लागि निशुल्क सेनेटरी प्याड वितरणलाई बजेटले निरन्तरता दिएको छ। त्यस्तै स्थानिय पाठ्यक्रम निर्माण, प्रधानाध्यापकहरुको बैठक लगाएत विषयमा पनि बजेट विनियोजन गरेको छ।  

लक्षीत वर्ग कार्यक्रम संचालनको लागि ७५ लाख बजेटको व्यवस्था गरेको छ। भने फोहरमैला व्यवस्थापनको लागि डम्पिङ साइट निर्माण गर्नको लागि ५० लाख वजेट विनियोजन भएको छ। गत वर्ष ४० लाख विनियोजन भएपनि काम हुन सकेको थिएन। त्यस्तै वडा तर्फ सवै वडाको पहिलो प्राथमिकतामा सडक परेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय