अर्लाङ्कोटमा डेढ बर्षसम्म सेवा बन्द भएको एम्बुलेन्स संचालनमा, स्थानिय खुसी

विष्णुप्रसाद आचार्य (चकित) – गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ९ अर्लाङ्कोटमा संचालित एम्बुलेन्स करिब डेढ बर्षसम्म सेवा बन्द भएको थियो जुन सोमबारबाट पुन संचालनमा आएपछि स्थानिय खुसी भएका छन्।

करिब डेढ बर्षसम्म सेवा बन्द गरिएको एम्बुलेन्सलाई संचालनका लागि नयॅा कार्यसमितिको गठनपश्चात कुशल अभिभाबकत्व प्रदान गर्नुभएका हरिप्रसाद खराल,गोबिन्द सापकोटा र धुर्ब खरेललाइ समितिको निर्णयअनुसार बुटवल पुगेर एम्बुलेन्स मर्मत गरी आऊनुभएको भूमिकप्रती सोमबार बसेको समितिको बैठकले धन्यवाद प्रस्ताब पारित गरिएको अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिनुभयो।

त्यस्तै तत्काल एम्बुलेन्स चालक नभएकोले नियुक्ति गर्ने र कुशल चालककोरुपमा अर्लाङ्कोटका स्थानियलाई ग्राहयता दिने निर्णय गरिएको र चालक नियुक्ति नहुदासम्म समितिकै हरिप्रसाद खरेललाई जिम्मा दिने निर्णय गरिएको समितिका अध्यक्ष रामकृष्ण कंडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सामाजिक सेवाभावले स्थापित अर्लाङ्कोट सेवा समाज जापानको २०७५ सालदेखि नबिकरण नगरिएको र यस प्रकारको गैरजिम्मेवारीपुर्ण कार्यको समिक्षा गर्दै तत्काल संस्थाका अध्यक्ष रामकृष्ण कंडेल र सचिब भानु खरेलको सकृयतामा संस्था नबिकरणका सम्पुर्ण कार्यहरू गरी सस्थालाई चुस्तदुरुस्त र चलायमान बनाइ पूर्ण समुदायको सेवामा समर्पित सस्थाको रुपमा परिचित गराउने लक्ष्यकासाथ समिति अगाडी बढिरहेको समितिले जनाएको छ।

एम्बुलेन्सको बिलबुकका साथै ईन्सुरेन्स लामो समयदेखि नबिकरण नभएकोमा नया समिति गठनपश्चात दुबै काम सम्पन्न भएको समितिले जनाएको छ।

भर्खरमात्र अर्लाङ्कोटमा केहिदिन अगाडिको भिषण आगोलागि प्रभाबित ३ घरका परिवारहरूलाई अर्लाङ्कोट सेवा समाज जापानको सचिबालय समितिले राहत सामाग्री बितरणका लागि दिएको क्षेत्राधिकार भित्र रही पिडितहरूसंग सम्पर्क गरी आवश्यक सामानहरू उपलब्ध गराऊका लागि अध्यक्ष रामकृष्ण कंडेलसंगै हरिप्रसाद खराललाई जिम्मा दिईएको र राहत बितरण कार्यमा समितिका सबै पदाधिकारी,सदस्यहरू पुग्ने निर्णय गरिएको बताइएको छ।

सोमबार बसेको बैठकले पहिलो बैठकबाट समितिमा मनोनित सहसचिब कमल सापकोटा,सदस्यहरूमा खडक बहादुर खत्री,रेनु सापकोटा,लक्ष्मी सापकोटा,माधब न्यैपाने,कमल सुनार र केहरसिड० खड्कालाई बैठकमा स्वागत गरिएको थियो।

बैठकमा अर्लाङ्कोट सेवा समाज जापानका व्याक्तित्वहरुले मातृभूमीप्रती देखाएको मायॅा,त्याग र लगानीको उच्च प्रसंशा गरिएको विज्ञप्तिमा बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय