तरुणदलको केन्द्रीय कार्यालयमा कृष्ण खरेलको ५५ हजार लगानी

तरुणदलको केन्द्रीय कार्यालयमा कृष्ण खरेलको ५५ हजार लगानी हुने भएको छ । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको मिति २०८० चैत्र १५ र १६ गते सम्पन्न केन्द्रीय समितिको बैठकले आफ्नै भवन बनाउने निर्णय गरेसङ्गै खरेलले ५५ हजार ५सय पचपन्न सहयोग गरेको बताउनुभएको छ ।

तरुण दलको केन्द्रीय समितिले प्रकाशित गरेको एक सुचनामा तरुण दलको केन्द्रीय समेत रहेका खरेलले उक्त रकम सहयोग गरेको सुचनामा उल्लेख गरिएको छ ।

नेपाली काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिका उपाध्यक्षसमेत रहेका खरेल काठमाडौं लगायत आफ्नो गृह जिल्ला गुल्मी मुसिकोट नगरपालिकामा बेला बखत सामाजिक सेवा तथा विपद्का बेला सधै अग्र मोर्चामा रहने गर्नुभएको छ ।

यस अघि जाजरकोट भुकम्पमा घरबासबिहिन भएका परिवारलाइ उहाले पुनर्स्थापनाका लागि अग्रणि भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय