महेन्द्र आदर्श नमुना मावि मुसिकोटले अभिभावकबाट सुझाव सन्कलन थाल्यो

गुल्मी । महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट ७ वामीटक्सार गुल्मीले सोमबारबाट अभिभावकसङ्ग सुझाव सन्कलन अभियान सुरु गरेको छ ।

मुसिकोट नगरपालिकाकै शैक्षिक मेरुदण्डको रुपमा रहेको यस विद्यालयले समयसमयमा विद्यालयमा उपस्थित हुन नसक्ने तर विद्यालय, विद्यार्थी र समग्र समुदायकै लागि रचनात्मक सुझाव सन्कलन होस भन्ने उद्धेश्यले कार्य बिभाजन गरि सोमबारबाट सुझाव सन्कलन अभियान सुरु गरेको प्रधानाध्यापक देवीराम शर्माले बताउनुभयो ।

विद्यालयको सहज पहुचमा नरहेका समुदाय, विद्यार्थी र अभिभावकको आवाजको प्रतिनिधित्व होस भन्ने कुरालाइसमेत मध्यनजर गरी विद्यालय व्यवस्थापन समितिबाटै निर्णय गरेर कार्यविभाजन गरि अभियान थालिएको सहायक प्रधानाध्यापक धनपति खरेलले जानकारी दिनुभयो ।

 

सुझाव सन्कलनको लागि शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक अभिभावक सङ्घका प्रतिनिधिको सामुहिक उपस्थितिमा भेगिय प्रतिनिधिको टोलि निर्माण गरेर सुझाव सन्कलन थालिएको सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारीले बताउनुभयो ।

 

सुझाव सन्कलन सोमबार, मङ्गलबार र बुधबार रहने र आवश्यकताअनुसार थप्न सकिने प्रधानाध्यापक शर्माको भनाइ छ । सुझाव सन्कलन टोलिमा मुसिकोट २ को रातचौर, बगैचा, बगुवा, अमिले क्षेत्रमा शिक्षक समिक्षा आचार्य, विष्णुप्रसाद आचार्य र शिक्षक अभिभावक सङ्घका अध्यक्ष नर बहादुर खत्री( बाबुराम), झरुवा, नौबिसे, नौघाटतर्फ शिक्षक भूगोल सापकोटा, विष्णु चालिसे र समितिबाट राजेश सिङ ठकुरी रहनुभएको छ ।

फेदि धारापानी छेत्रमा शिक्षक हरिनायण सापकोटा, शीला खराल र समितिबाट मिठु सिङ ठकुरी, बल्लेघाट तोलादि क्षेत्रमा शिक्षक परशुराम कण्डेल , शृङ्खला बौद्दाचार्य र समितिबाट सुदर्शनसिङ ठकुरी रहनुभएको छ ।

त्यस्तै दाल्का उपल्लो झेदि र पैयुपाटातर्फ शिक्षक केशर बहादुर रायमाझी र समितिबाट फुलप्रसाद सापकोटा, काफलटोला, ढाबरोड, अ्मलाबोटतर्फ शिक्षक सम्झना कण्डेल, झरना घिमिरे अनि समितिबाट तीलकुमारी काफ्ले र सीता काफ्ले, तिम्लेचौर, इस्मालिथान, तल्लो भलेकतर्फ शिक्षक सरोजराज बौद्दाचार्य, पूजा खत्री र समितिबाट श्याम बहादुर सार्की रहनुभएको छ ।

बसेरी , पल्टारतर्फ शिक्षक निर्मलादेवि श्रेष्ठ, सुशिला सापकोटा र समितिबाट शितलादेवि बस्नेत, वामीटक्सार बजारक्षेत्रतर्फ शिक्षक राधा पन्थ, बिनु बौद्दाचार्य र समितिबाट नवीनकुमार कक्षपति, बिक्रम श्रेष्ठ र निर्मल शाक्य, टार, परुवा, तल्लोझेदि, मन्टेपाटातर्फ शिक्षक टेक राहडि, प्रतिमा बस्नेत र समितिबाट कृष्ण कुमारी थापा रहनुभएको छ ।

त्यस्तै टोड्के भेडुवातर्फ शिक्षक कूलराज शर्मा र समितिबाट मुना रेग्मी, शेरा छुर्किनतर्फ शिक्षक रामचन्द्र सापकोटा, अमृता आचार्य, समितिबाट कोपिला सापकोटा रहनुभएको छ त्यस्तै न्वार , हडिखोलातर्फ शिक्षक महेश्वर घिमिरे , कमला पौड्याल र समितिबाट ढाका घिमिरे रहनुभएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय