परिवारविहिन निसीकी एक्ली आमालाई समाजसेवी लिल बहादुर थापाको सहयोग

गुल्मी । बागलुङको निसीखोला गाउँपालिका वडा नं ५ घर्ती टोलकी ७८ वर्षीय बिरमला घर्तीलाई समाजसेवी लिल बहादुर थापाले राहत सामाग्री सहयोग गर्नुभएको छ ।

श्रीमानको मृत्युपछि उहाँ बेसहारा बन्नुभएको छ । साथ दिने श्रीमान धर्तीमा रहेनन् । न त छोरा छोरी नै भए । आफ्नो सम्पति समेत केही नभएपछि आफन्तको घरको एउटा कोठामा आश्रय लिएर जीवन गुजारा चलाईरहनुभएकी घर्तीलाई थापाले चामल, दाल, नुन, तेल, चिनी लगायतका अन्य झण्डै ६ महिनालाई पुग्ने खाद्यान्न सामाग्री र ओड्ने ओछ्याउने विस्तारा सहयोग गर्नुभएको हो ।

विरमलाको बारेमा जिटिभि नेपालबाट भिडियो सामाग्री प्रशारण भएको थियो । उक्त सामाग्री हेरेपश्चात बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँ स्थायी घर भई हाल वैदेशिक रोजगारीका क्रममा अमेरीकामा रहनुहुने थापाले उक्त सामाग्री सहयोग गर्नुभएको हो ।

उक्त राहत सामाग्री जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले घर्तीको घरमै पुगेर हस्तान्तरण गनुभएको हो । राहत सामाग्री बुझ्दै घर्तीले आफ्ना लागि संसारमा कोही छैन भन्ने ठानेको बेला यति धेरै सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा उक्त वडाका वडा सदस्य भरत सिंह सुनारको पनि उपस्थिति रहेको थियो ।

समाजसेवी थापाले देशका विभिन्न ठाउँका असहाय, अशक्त, र विपन्न नागरिकहरुलाई निरन्तर सहयोग गर्दै आउनुभएको छ । विदेशमा श्रम गरेर आर्जन गरेको सम्पति उहाँले नेपालका विभिन्न ठाउँमा सहयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय