नेपाल शिक्षक महासङ्घ मुसिकोट गुल्मीद्वारा महत्वपुर्ण ३ निर्णय

मुसिकोट । नेपाल शिक्षक महासङ्घ मुसिकोट गुल्मीले महत्वपुर्ण ३ वटा निर्णय गरेको छ । आइतबार महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट ७ वामीटक्सारमा बसेको महासङ्घ मुसिकोट नगर कार्य समितिको बैठकले शिक्षा र शिक्षकसङ्ग सम्बन्धित महत्वपुर्ण ३ निर्णय गरेको छ ।

पछिल्लो समय विद्यालयको आधारभूत तह कक्षा १-३ मा निरन्तर विद्यार्थी मूल्याङ्कन मार्फत विद्यार्थीको मूल्याङ्कन गर्ने पद्दति लागु भएपनि कार्यान्यन पक्ष कमजोर भएको गुनासो र प्रयोगमा व्यवहारिक कठिनाइ देखिएकोले आउदो बैशाख ७ गते शुक्रबार तालिमको आयोजना गर्ने समितिका अध्यक्ष देवीराम शर्माले जानकारी दिनुभयो ।

तालिम मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारस्थित होटल दरबारमा दिनको बिहान १०:३० बजेदेखि गरिने र नगरभित्रका प्रत्येक विद्यालयबाट प्रतिनिधिमुलक १ जना शिक्षकलाइ तालिम प्रदान गरिने साथै तालिम लिएका शिक्षकले अन्य शिक्षकलाइ सहजिकरण गर्ने अपेक्षा लिएको समितिका उपाध्यक्ष बोम बहादुर छन्तेलले बताउनुभयो ।

त्यस्तै दोश्रो निर्णयको रुपमा महासङ्घले भर्खरमात्र मुसिकोट नगरपालिकाभित्र बिस्थापित शिक्षकहरुलाइ कुनै न कुनै तरिकाले व्यस्थापन गर्न मुसिकोट नगरपालिकासमक्ष अनुरोध गर्ने निर्णय भएको समितिका सचिव बुद्दिमणी खरेलले बताउनुभयो ।

महासङ्घले तेश्रो निर्णयको रुपमा बिक्रमसम्वत २०८० मा मुसिकोट नगरपालिकामा शिक्षक सेवा आयोगद्वारा स्थायी शिक्षकको रुपमा सिफारिस भइ विभिन्न तहमा पदस्थापन हुनुभएका शिक्षकहरुलाइ स्वागत एवम सम्मान गर्ने निर्णय गरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय