महेन्द्र आदर्श नमुना माविको ६५ औ वार्षिकोत्सव तथा नतिजा प्रकाशन मङ्गलबार हुने

मुसिकोट । महेन्द्र आदर्श नमुना माविको ६५ औ वार्षिकोत्सव तथा नतिजा प्रकाशन मङ्गलबार गर्नको लागि तयारी पुरा भएको प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिनुभयो ।

विक्रम सम्वत २०८० सालको नतिजा प्रकाशन तथा यस वर्षको वार्षिकोत्सव अर्थात अभिभावक दिवस पनि सङ्गै मनाइने भएकोले सोही अनुसारको तयारी पुरा गरिएको सहायक प्रधानाध्यापक धनपति खरेलले बताउनुभयो ।

यस विद्यालयमा अध्यापन गरि योगदान पुराउनुभएका पुर्व शिक्षकहरुलाइ सम्मान गर्ने कार्यक्रम समेत रहेको र विद्यार्थी तथा शिक्षकसङ्ग सम्बन्धित विभिन्न साङ्गितिक कार्यक्रमसङ्गै आवश्यक मात्रामा शिक्षक , अभिभावक र विद्यार्थीबिच छलफल परामर्शसमेत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कार्यक्रममा सम्पुर्ण अभिभावकहरुलाइ पत्राचार, सुचना गरिसकिएको समेत विद्याल्यले जनाएको छ । नतिजासङ्गै विभिन्न विधामा छात्रवृत्री वितरण समेत गरिने सहायक प्रधनाध्यापक अनन्तलाल भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय