गुल्मी मुसिकोटको वामीटक्सारमा हनुमानजयन्ती भव्यताकासाथ मनाइयो

विष्णुप्रसाद आचार्य (चकित) – गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सार स्मार्टपार्कमा अवस्थित हनुमानको मुर्ति स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको सुखद अवसरमा हनुमान जयन्तीको दिन मङ्गलबार भव्यताका साथ हनुमानजयन्ती मनाइएको छ ।

मङ्गलबार बिहानैदेखि मुर्ति परिसरमा भक्तालुजनको उपस्थितिमा ब्राह्मणद्वारा विधिपुर्वक पूजाआजा गरि जयन्ती भव्यताकासाथ सम्पन्न भएको हनुमान मुर्ती सम्रक्षण समितिका अध्यक्ष रामकृष्ण कण्डेलले जानकारी दिनुभयो ।

गतवर्ष हनुमानजयन्तीकै अवसर पारेर कृष्णप्रसाद सापकोटा(किसान) ले उक्त मुर्ति गुल्मीको मुसिकोट नगरपालिकास्थित स्मार्ट्पार्कमा एकल लगानीमा स्थापना गरी समुदायलाइ हस्तान्तरण गरेको सस्थापक कृष्णप्रसाद सापकोटा९किसान० ले बताउनुभयो ।

यस मुर्तीले स्थानियस्तरमा दैनिक पूजाआजासङ्गै आन्तरिक पर्यटनलाइ टेवा पुग्ने अपेक्षा लिइएको सम्रक्षण समितिका अध्यक्ष कण्डेलको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय