दयालबहादुर शाही – रिस गरेर मात्र राजनीति हुँदैन । जनताको मुड थाह पाउने कला हो, राजनीति । राजनीतिक दलप्रतिको जनताको बुझाई नै भावी राजनीतिको सूचक हो । अहिले एमाले जनताको दिलमा विराजमान छ भने कांग्रेस र माओवादी केन्द्र जनताको कोपका कारण भिरको डिलमा छन् ।


लोकतन्त्र र समाजवाद, देशभक्ति र स्वाभिमान, शान्ति र स्थिरता, विकास र समृद्धिको महानायक शक्ति भएकाले आधुनिक नेपालको मियो नेकपा (एमाले) हो । २०७९ सालमा सम्पन्न हुने तीनै तहको चुनावको प्रमुख चिनारी जनताको आशिर्वादले उछालिएको ओलीलहर हुनेछ । अबको ओलीलहरले कांग्रेस–माओवादीको गुमिसकेको सान्दर्भिकतालाई सतहमा ल्याउने छ ।

देशको मुड प्रष्ट छ । अहिले नेपाली जनताले निकालेको निष्कर्ष के हो भने आगामी तीनै तहको चुनावमा एमालेलाई सुविधाजनक बहुमत नदिनु भनेको मातृभूमि नेपालको खुट्टामा बन्चरो चलाउनु हो । एमालेलाई चुनाब हराउनु जतिको देशप्रतिको घात अर्काे केही हुन सक्तैन । शरीरमा नेपाली रगत बग्ने हरेकलाई थाह छ– एमाले हार्दा देश हार्ने छ र नेपाल राष्ट्रले बारखी बार्ने छ ।

एमालेलाई नचिन्नु र नचुन्नुको परिणाम हरेक नेपालीका लागि पछि न्याउरी मारी पछुतो साबित हुनेछ । किनकी एमालेविरोधी सत्तारुढ गठबन्धन मातृभूमि नेपालको विनाशलीलाको ठेक्का लिएको लोभिपापी गठजोड हो । परमादेश आश्रित एबं परावलम्बी कम्फरटेबल गठबन्धनले भारतीय संस्थापनसामु नेपालमा निरन्तर अस्थिरता मच्चाउने भाकाकबोल गरेको छ ।

सीपी र वामदेवको भड्काबदेखि माधव र झलनाथको गद्दारीलाई उपयोग गरी कांग्रेस र माओवादीले एमालेमाथि भैँसीको मासु सिंङको अचानोको नीति अवलम्बन गर्दै आए । एमालेको महानायकीय धर्म र कांग्रेस–माओवादीको खलनायकीय चरित्र जनता जनार्दनलाई राम्रैसँग थाह छ ।

लिम्पियाधुरा सुम्पिने, सीमा आतिक्रमणमा रमिते हुने, नेपाली जनताको परीक्षणमा नथ्थिने होइन भारतीय इशारामा नाँच्ने कसम खाएको छ सत्तारुढ गठबन्धनले । मदन र मनमोहनको पालादेखि ओली युगसम्म आइपुग्दा कांग्रेस र माओवादी एमालेको गृहनिमार्णको अठोटका विरुद्ध उभिएका छन् । एमालेले मातृभूमिको पोल्टामा सौभाग्य थमाएको देउबालाई रुच्दैन, प्रचण्डलाई पच्तैन ।

देशको लय, गति र प्रगति भन्दा अस्तित्व रक्षालाई माथि ठान्ने हर्कतका कारण सत्तारुढ गठबन्धन देश र जनताको सौभाग्यको खिलापमा उभिएका छ । कांग्रेस र माओवादीले युगदेखि युगसम्म गृहनिर्माणको एमालेको यज्ञ विध्वंश गरेका छन् । सीपी र वामदेवको भड्काबदेखि माधव र झलनाथको गद्दारीलाई उपयोग गरी कांग्रेस र माओवादीले एमालेमाथि भैँसीको मासु सिंङको अचानोको नीति अवलम्बन गर्दै आए । एमालेको महानायकीय धर्म र कांग्रेस–माओवादीको खलनायकीय चरित्र जनता जनार्दनलाई राम्रैसँग थाह छ ।

भक्तजनले देउता र ईश्वर गुहार्ने गर्छन् तर राजनीतिक दलले पुकारी पार्ने जनतालाई हो । नेपालका विरोधी शक्तिहरुले एमालेको अघिपछि कोही छैनन् ठाने पनि एमालेलाई जनताको धाप, छाप र आशिर्वाद छ । लोकतान्त्रिक युगमा जनताले पालेको कोप र समर्थन प्रकट हुने माध्यम निर्वाचन हो ।

चुनावमा जनताले कोप पालेको शक्तिका करङ धुलिने गर्छन् र रुचाएका शक्तिको पक्षमा जनउभार आउने गर्छ । आगामी चुनावमा उछालिने ओलीलहरले सत्तारुढ गठबन्धनलाई बाढी पछिका जलचरहरुको लाशको खात जत्तिकै महाविजोग थमाउने छ ।

२०४८ सालमा कांग्रेसको पक्षमा, २०५१ साल र २०७४ सालमा एमालेको पक्षमा, २०६४ सालमा माओवादीको पक्षमा जनमत थुप्रिएको थियो । अबको ओली लहरको स्वरुप जोरिपारीका लागि यी सबै जनलहर भन्दा प्रलयकारी र अनपेक्षित स्वरुपको हुनेछ ।

बाजुरामा हुनी र बस्केना दुई गाउँसँग जोडिएको ‘हुनी हुने नाइँ, बस्केना बस्ने नाइँ’ भन्ने उखान प्रचलनमा छ । ओलीलहरले सत्तारुढ गठबन्धनका हस्तीहरुको खर्चिलो, ऐयाशी, योजनाशुन्य र सपनाशुन्य राजनीतिलाई हुनी हुने नाइँ, बस्केना बस्ने नाइँको विजोग थमाउने छ । जनताले देउबा, दाहाल, नेपाल, पौडेल र खनालहरुलाई रिङ आउट गराइदिने छन् ।

२०४८ सालदेखिको कुडाकर्कटलाई जब जनताले बढार्ने छन् अनि मात्र जनताका सुखका दिन आउने छन् र नेपालका बैरीहरुले नेपाली जनताको चेतना, हिम्मत, विवेक र दण्डनीति मज्जैसँग चिन्ने छन् । यसरी एमालेका सुदिन र कांग्रेस–माओवादी तथा तिनका पुच्छर र अनुचरहरुका दुर्दिन आउने छन् ।

राजाबाट लात खाने कांग्रेसलाई सबैको बात खाने बनाइदिने एमाले हो । बदलामा कांग्रेसले पञ्चहरुसँग साँठगाँठ गरेर मनमोहन अधिकारी नेतृत्वको सरकार गिरायो । सरकार सेतासुकिलाको मात्र होइन पसिना बगाउने जनताको पनि हो भन्ने छाप छोड्न सफल मनमोहन सरकार ढलाएको श्राप कांग्रेसलाई लाग्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको करुण अन्त्य सायद एमालेप्रतिको कपटको परिणती थियो ।

गिरिजाप्रसादको गुन नबिर्स, सेना नचलाऊ, एमालेमा नखेल भन्ने सक्कली एमालेको चेतावनीलाई कमजोरी ठान्ने प्रचण्डको अहंकारले माओवादीको पतन र विनाशलीलालाई सुगम, सहज र शिघ्र पारिदियो ।

एमालेका विरुद्धको कांग्रेस र माओवादीको कपट र एमालेका भगौडाहरुको गद्दारी नै आजको नेपालले भोग्नु परेको महासंकट हो । यस कालकूट विषलाई नेपाली जनताले पिउन सक्नुमा नेपालको अस्तित्व छ भने यसको सामना गर्न नसक्नुमा नेपालको बर्बादी छ । जुनी हारेको कांग्रेस जननेता मदन भण्डारीको त्याग, दूरदर्शिता र चौडा छात्तीले गर्दा २०४६ सालमा विजेता बनेको थियो ।

राजाबाट लात खाने कांग्रेसलाई सबैको बात खाने बनाइदिने एमाले हो । बदलामा कांग्रेसले पञ्चहरुसँग साँठगाँठ गरेर मनमोहन अधिकारी नेतृत्वको सरकार गिरायो । सरकार सेतासुकिलाको मात्र होइन पसिना बगाउने जनताको पनि हो भन्ने छाप छोड्न सफल मनमोहन सरकार ढलाएको श्राप कांग्रेसलाई लाग्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको करुण अन्त्य सायद एमालेप्रतिको कपटको परिणती थियो ।

गिरिजाप्रसादको गुन नबिर्स, सेना नचलाऊ, एमालेमा नखेल भन्ने सक्कली एमालेको चेतावनीलाई कमजोरी ठान्ने प्रचण्डको अहंकारले माओवादीको पतन र विनाशलीलालाई सुगम, सहज र शिघ्र पारिदियो । दुई दुई वटा संविधान सभा असफल पार्ने र संविधान बन्न नदिने भारतीय रुचिरुपी जुवामा कांग्रेसलाई नारिन नदिएकोमा भारत एमालेदेखि रिसाएको छ ।

प्रचण्ड र कांग्रेसलाई जुम्ल्याहा लेण्डुप दोर्जे बनाउने भारतीय चाहनामा एमाले तगारो बनेको र नेपाली जनता जागेकोमा भारत खुशी छैन । आफु हारेर पनि देश जिताउने चेत देउबा र दाहालमा छैन । एमालेको गति रोक्न र नेपाललाई निरन्तर अस्थिरताको चक्रब्युहमा पार्न फेरि पनि कांग्रेस र माओवादी भारतीय रुचिको जुवामा नारिन राजी भएका छन् ।

देशभक्ति एमालेको विजयको आधार हो भने दलाली सत्तारुढ गठबन्धनको पतनको आधार हो । एकध्रुवीय एमाले र वहुकेन्द्रीत गठबन्धनले जनतालाई सही रोजाईमा सहजता ल्याएको छ । माधव–झलनाथको ऐठनबाट उन्मुक्ति पाएपछि एमाले केपी शर्मा ओलीको सबल र कुशल नेतृत्वको छहारीमा छ ।

सत्तारुढ गठबन्धनका ध्येय, लक्ष्य र गन्तब्य विसर्जन भएको सभाका सहभागीहरुको जस्तै एक नभएर अनेक छन् । एमालेमा नीति, नियत, नैतिकता, नेतृत्व र निर्णयमा संगती र एकरुपता छ । गठबन्धन स्वार्थ र बाध्यताको परालका खुट्टामा निर्भर छ । एमालेसँग जनताको बहुदलीय जनवाद जस्तो सही विचार छ । गठवन्धनको मूल विशेषता बोली, वचन र विचारको बेठेगान हो ।

ओलीसँग महाशक्तिले नै ईर्स्या गर्ने खालको गृहनिर्माणको हुटहुटी छ, राष्ट्ररक्षाको संकल्प छ र हरेक बिध्न बाधासँग जुध्ने हिम्मत छ । सत्तारुढ गठजोडको विनाशकाले विपरीत बुद्धि देशको रिमोट कन्ट्रोल विदेशी प्रभुको हातमा सुम्पिनु रहेको छ । सत्यसँग लड्दिन र शक्तिसँग झुक्तिन भन्ने अठोटको खुल्ला कितावको रुपमा रहेको ओलीको व्यक्तित्व, नेतृत्व र कृतित्वको दफा दफामा संगति छ ।

गठबन्धन हस्तीहरुको बिगत र आगत आफै मिल्न पनि नसक्ने र छुट्टिन पनि नसक्ने क्यारेमबोर्डका गोटीको जस्तो छ । कुनै बेलाका ज्यानी दुश्मनबाट जिग्री बनेका देउबा र दाहाल यसका उदाहरण हुन् । वामपन्थी आन्दोलनको एकताको भगिरथ बनेरै ओलीको जिन्दगी बितेको छ । गठबन्धनका प्रमुख हस्ती सबै पार्टी फोरुवा परेका छन् ।

ओलीले मनमोहन, मदन, गिरिजाप्रसाद, माधव, झलनाथ, सुशील कोइराला सबैलाई काँध थापेको इतिहास छ । देउवाको प्रत्यक्ष वा परोक्ष चलखेलका कारण गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद, सुशील र रामचन्द्रसम्मले सास्ती भोगेका छन् । प्रचण्ड परपीडनमा पारंगत छन् । मोहनविक्रम सिंह, निर्मल लामा र मोहन वैद्य प्रचण्डबाट चपाइएका अनुहारहरु हुन् ।

यी सबै जीवनगुरुहरुलाई युवा अवस्थामै प्रचण्डले दिएको सास्ती हेर्दा लाग्छ ‘सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मती’ भन्ने श्लोक कवि लेखनाथ पौडेललाई कास्की ढिकुरपोखरीमा प्रचण्ड जन्मिने छन् भन्ने थाह भएरै कविता फुरेको हुनुपर्छ । बादल, बाबुराम र विप्लवमाथिको दमननक्रममा पनि प्रचण्डको निर्ममता र निपूर्णता कम्तीको देखिएन ।

चुनावपछिको कांग्रेस देउवाको मात्र रहने छैन । फ्लोर क्रसको माधव मोडेलको गद्दारीले शेखर कोइराला धारलाई लपेट्ने छ । प्रचण्ड, माधव र झलनाथ सहितको वामगठबन्धनले स्थिर र एउटै सरकार दिन सकेन । अहिले यी सबै वल्ला घरका नरे पल्लाघर सरे भएका छन् ।

नेपाली राजनीतिका अस्थिर यी सबै भाइरसहरुले कांग्रेसलाई घेरिसकेका छन् । यस्तो स्थितिमा गठबन्धनले देशलाई चाहिएको राजनीतिक स्थिरता दिन सक्ने छैन । देशले थेग्न नसक्ने अस्थिरताको वाहक शक्ति गठबन्धन हो । गठबन्धनले आफ्नोतर्फबाट भावी प्रधानमन्त्री किटान गर्न सक्ने छैन ।

कांग्रेस एक्लैमा पनि यस्तो हिम्मत छैन। बहुमत पाए पनि पाँच वर्ष एक जना मात्र प्रधानमन्त्री दिन सक्ने औकात गठबन्धनसँग छैन । एमालेले पाँच वर्षसम्म मात्र होइन दशकसम्म ओलीलाई प्रधानमन्त्री बनाउने छ । निरन्तरको अस्थिरताले थिलाथिला मातृभूमिको उद्धार गर्ने औकात एमालेसँग मात्र छ ।

ओलीको नेतृत्वमा आँत र दाँतदेखि एकतावद्ध एमालेलेमात्र जीर्ण जीर्ण भैसकेको मातृभूमिको जीणोद्धार गर्न सक्नेछ । सुगुरका पाठाहरुले आमा मरिसके पछि पनि थून लुछ्न छोड्दैनन् । मानव यस्तो जाति हो जसले विरामी आमाको उद्धार र उपचार गर्छ । खानको लागि जन्मिएका देउबा, दाहाल, नेपाल र खनालहरुको जुनी घायल मातृभूमिको सामु सुगुरका पाठाको भन्दा भिन्न छैन ।

एकध्रुवीय एमालेले मात्र आगामी दशकमा मुलुकलाई चाहिएको राजनीतिक स्थिरता प्रदान गर्न सक्नेछ । मातृभूमिको उद्धार गर्ने ईच्छाशक्ति र साधना भएकैले एमाले जनसमुदायबाट पुरस्कृत हुँदैछ । एमालेप्रति ईर्स्या र देशप्रतिको गद्दारीले गर्दा सत्तारुढ गठबन्धन चुनाबमा जनदण्डको भागेदार बन्दैछ । – नेपाल प्रेसबाट

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here