लुना आज कोठामै थुनिएर बसेकी छिन् । उनलाई नियास्रो लागिरहेछ। मोबाइल हातमा लिएर ग्यालरीमा भएका फोटा हेर्दै थिइन् ।
त्यति नै बेला कागजमा कोरिएका अक्षरहरू कैद भएको एउटा पुरानो फोटोमा उनको नजर जान्छ । त्यसमा लेखिएको थियो( मलाई स्वतन्त्रताको सास फेर्नु छ। आफ्नै घरमा पनि निस्सासिएकी छु। यो मानवीय संवेदनहीन संसारबाट धेरै टाढा जाँदैछु। मलाई खोज्ने चेष्टा नगर्नू।

रातो माटोले चिटिक्क सजिएको पिँढीमा सुकुल बिनै खुट्टा पसारेर घाम ताप्दै थिइन् लुनाकी आमा । कान्छी बाहिर आइज त, दाइले विदेशबाट मोबाइल पठाइदिएको रहेछ। कसरी चलाउने हो मैले त मेसै पाइनँ।’
लुना हेर्दै गरेको मोबाइल बिस्तारामा फ्याँकेर हतार–हतार बाहिर निस्किन्छिन् । ‘स्क्रिन टच मोबाइल होरु ए साँच्ची, यो त दाइको पहिलेको मोबाइल पो त ।
आफूलाई नयाँ किनेर यो यो चाहिँ हजुरलाई पठाइदिनुभएछ। हाम्री आमाको नि रमाइला दिन आए अब,’ लुना मोबाइल हातमा लिएर ओल्टाइपल्टाइ गर्छिन्। मोबाइल स्वाइप गर्दै तस्वीर हेर्न थाल्छिन्।
‘हेर्नु त आमा ! दाइको फोटो । कति मोटाउनुभएछ,’ लुनाले एकपछि अर्को गर्दै फोटा देखाउँछिन् । फोटोमै सही, धेरै दिनमा छोराको अनुहार देख्न पाउँदा खुसीले आमाको अनुहार धपक्कै बलेको थियो ।
फोटा स्क्रोल गर्दैगर्दा लुनाको औंला टक्क रोकिन्छ ।अरबि म”हिला किन यति धेरै का”मुक हुन्छन् ,,एक रा’त सु”ते स्वर्ग गएको अनुभव हुने..