विगत सम्झिदै तिमिलाइ शुभकामना साथि

सुनिल न्यौपाने – समय अनुसार साथी र साथीहरू बीचको सम्बन्ध टाढा हुँदै जान्छ भन्ने सुनेको थिए। जीवनमा धेरै मित्रहरू सङ्ग भेटघाट नभएको होइन तर कतिपय सम्बन्ध हरु बिनाकारण निस्वार्थ रूपमा प्रगाढ बन्दै जादा रहेछन् ,हो त्यही साथीको सम्बन्ध हो बिष्णु परियार सङ्गको।

सर्वप्रथम बिष्णु ( साथी) तिमिलाइ जन्म दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना दिदै विगत कोट्याउन खोजेको छु। मुसिकोट नगरपालिका वडा नम्बर ३ मैदानमा अवस्थित पृथ्वी माध्यमिक विद्यालयमा हामीले कक्षा ५ मा अध्ययन कै सिलसिला हामी बीच पहिलो भेट चिनजान भयो। म पनि सानोमा गीत गाउन खुबै रुचि राख्ने जानीनजानी कोशिस गर्थे बिष्णुले पनि मिठा गीत गाउन सक्ने रहेछन्।

स्कुलमा एउटा कार्यक्रम थियो सोही कार्यक्रम मै हामी दुबै गीत गाएर प्रथम भएको थियौं। साच्चिकै प्रतिस्पर्धा भएको भए बिष्णुको अगाडि मेरो केहि लाग्ने थिएन। संयोग भनौं हामी एउटै सदनमा परिएछ त्यसैले दुबै प्रथम हुन सकियो। समय बित्दै गयो दिनहरु अगाडि बढ्दै थिए, यत्तिकैमा म संगीत क्षेत्रबाट पछाडि सरे तर बिष्णुलाई गीत गाउन कलाकार बनाउन सानै देखी कोशिस मात्र होइन कतिपटक त स्कुलमा समेत कर गरि गरि गीत गाउन लगाउथे ।

गाउन पनि बिष्णु मिठा मिठा गीतहरु गाउथे, स्वर पनि कति राम्रो थियो । त्यसैले मेरो मन जितेका थिए। मैले पुराना,अनि आधुनिक गीतहरु सुन्न रुचि राख्थे स्कुलमा मेरो रोजाईको गीतहरु बिष्णुले गाउथे चाहे विभिन्न कार्यक्रममा होस चाहे साथीहरुको बीचमा होस।

बिष्णुले पृथ्वी माध्यमिक बिधालय मै पढ्न थाले म भने समय र परिस्थिति अनुसार अध्ययनको लागी तम्घास लागे तर मनतन भने झन नजिक हुँदै गयो। तम्घास बस्दै गर्दा मिडियामा मेरो सक्रियता ज्यादै बढ्दै थियो । धेरै पटक बिष्णुको अन्तरबार्ता समेत लिएको छु।

सानोमा त गीत गाउन लगाउन पर्ने अगाडि बढ्न कर गर्नुपर्ने थियो तर अहिले पनि उनको बानी उस्तै छ कतै कार्यक्रम अथवा अन्तरबार्तामा गीत गाउन पनि मैले कर नगरेसम्म हुदैहुदैन ,अल्लि लजालु स्वभावका भएर पनेर हो कि! झनपछि झन सम्बन्ध कति राम्रो हुदै गयो दुख सुखका कुराहरू हामिबीच साटासाट हुन थाल्दै गए। कक्षा १२ उत्तीर्ण सङ्गै बिष्णु काम सिक्नको लागि देश बाहिर गए। जानु अगाडि भेटेको पनि थिए।

जति कुरा भयो जति मनका कुरा साटासाट भयो त्यतिनै माया लाग्दो रहेछ। नयाँ नयाँमा घर छोड्दा अलिकति सबैलाई असहज हुन्छ जून अनुभव मलाई पनि थियो। गाह्रो मानेकी अथवा नराम्रो लाग्याहोला भनेर उनी सम्बन्धि ठाउँमा नपुग्दा धेरै पटक कल गरी कस्तो छ के छ भनी बुझेको थिए। बिष्णुको परिवार सङ्ग पनि म धेरै नजिक भैसकेको थिए। उनको घरमा बुवा आमालाई पनि उनको धेरै चिन्ता सायद कान्छो छोरा भएर पनि होला । बिष्णु देश बाहिर हुदा मैले उनको बुवा आमालाई बिष्णु साथमा नहुदाको पिडा कम गर्नको लागी घरमै गएर भेट्ने र फोनमा कुराकानी समेत गर्ने गर्थे।

धेरै समय उता बस्न खासै बिष्णुले चाहेनन् होला त्यसैले पुनः घरमा आउने निर्णय लिएछ्न। देख्न मन लागेको थियो भेट्न मन लागेको थियो घर फर्किदा तम्घास मै आधा बाटो सम्म म आफै हिड्दै आएर भेटेको पनि थिए। अहिले पनि मलाई खै किन हो बिष्णुको हरेक बिषयमा बुझ्न मन लाग्छ साथी भन्दा पनि अझ नजिक भएर कुराकानी गर्न मन लाग्छ। अल्लि लजालु स्वभावका भएर होला झट्ट मलाई सम्झिन खोज्दैनन नचाहेर होइन मलाई थाहा छ !

कहिलेकाही भन्छु प्रश्न गर्छु किन यसो गरेको भन्दा उनको जबाफमा सधै तिमी बिजि छौ कहिले कता हुन्छौ कहिले कता त्यसैले डिस्टप गर्न मन लग्दैन तर सम्झिन्छु यही आउने गर्छ ।

आज बिष्णुको जन्म दिन उमेरले म भन्दा कान्छा नै तर जिम्मेवारी, सम्बन्धले हामी एकै ठाउँमा छौँ र रहन्छौ पनि तर कहिलेकाही मलाई डर लाग्छ, चिन्ता लाग्छ कतै यति राम्रो सम्बन्धमा केहि कुराले अबरोध गर्ने पो हो कि। अनि बिश्वास पनि गर्छु त्यस्तै हुदैन मन न हो के के सोचिरहनु सामान्य कुरै रह्यो।

जन्म दिनको अवसरमा भेटेर टीका लगाएर शुभकामना पो दिन सकिन तर विगत सम्झाएर मिठो सम्झना दिलाएर यो उपहार त दिन सकेनी साथी!
साथी बिष्णु सदैव तिमिलाइ खुसी र सुख प्राप्ति होस हाम्रो सम्बन्ध सदैव घनिष्ठ होस एक अर्का बीचको समस्यामा एकै ठाउँमा रहन पाइयोस् मेरो कामना। अन्तिममा टाढाबाट भए पनि मिठो सम्झना प्रिय साथी धेरै धेरै सम्झना,जन्म दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय