बिपिन रायमाझी । सन्दर्भ:-माननीयको आगमन, आम नागरिकलाई न कुनै उत्साह न कुनै उल्लास! केवल बर्षदिनमा पित्रीलाई तर्पन दिन आए जसरि आउने साम्सद प्रती गुनासो र आक्रोस।
हाम्रो निर्वाचन क्षेत्रको माननीय साम्सद हाम्रो भूगोल,स्थानिय तहमा आउँदा उल्लास अझै भनौ एक किसिमको खुसी र उत्साह हुनुपर्ने हो।तर उक्त पार्टीका सिमित कार्यकर्ता र प्रत्यक्ष लाभान्वित ब्याक्ति अगुवाहरु बाहेक आम नागरिकमा रत्तिभर उत्साह छैन।प्रतिद्वन्दी दलको नेता कार्यकर्ता आउदा अन्य दलका कार्यकर्ता नेताहरूलाई रिस बदलाबको भाब हुनु त स्वभाविकनै हो।
तर सामान्य नागरिक जो गोकर्ण बिष्टको कार्यकुशलता सहि छ,केही परिवर्तनका काम हुनेछन भन्ने अपेक्षाले उनलाई भोट दिएर जिताएका थिए, उक्त आम नागरिकको मन उनी आउने कुराले रत्तिभर खुसी छैन।बरु छ त चुनाव भएको चार बर्ष पुगिसक्दापनि कुनै उत्साहजनक काम नभएको कुराले आक्रोशित छ।
गोकर्ण बिष्टलाई जुन नजर र उदारभावले हामिले हेरिराख्यौ त्यसको आम नागरिक भएका नाताले न कुनै उपलब्धि भेट्यौ, न कुनै उत्साह।हामिलाई हाम्रो क्षेत्रको साम्सद हामिकहा आउँदै गर्दा उत्साह हुनुपर्ने ठाउँमा आक्रोश हुनुनै उनको कार्यकुशलता र क्षमताको छ्हरपस्ट उदाहरण हो।उनी सामेल दलको सिमित कार्यकर्ता,उनको पिछौटे र उनको पछि लाग्ने बेगरको आम नागरिकले यो चार बर्षको अन्तरालमा उनको नेतृत्वदायी भुमिका र उनले गरेका बिकास र दीर्घकालीन योजनाका कामबाट आफुलाई उनको क्षेत्रको आम नागरिक भनेर भन्नमा कतिको सहजता महसुस गर्यो,गर्व महसुस गर्यो ??यहि कुराले उनको क्षमताको प्रष्ट उदाहरण पेश गर्दछ।
उनी आफै युवा संघका पुर्व अध्यक्ष एवं पुर्व श्रम तथा रोजगार मन्त्री भएका नाताले यो पछिल्लो चार बर्षको अन्तरालमा कति आमनागरिकका छोरा-छोरी युवाहरुलाई देशमै रोजगारको निम्ति अवसरको स्थापना र सहजीकरण गरे??
रोजगारको अवसर दिनु भनेको लोन उपलब्ध गराउनु मात्र होइन उक्त लगानिको सुरक्षाको आधार तयको निम्ति समन्वय र सहजीकरण पनि हो नत्र हिड भनेर खुट्टा बाधिदिएको सरह हो। कमरेड,अब आशन्न निर्वाचनको माहोल निर्माण एवम् घरदैलोको निम्ति यात्राको क्रममा हुनुहुन्छ ।
▪️पुग्नु कुनै दलित बस्तिहरुमा, पिछडिएका बस्तिहरुमा अनि सोध्नु कति बालबिवाह भयो? कति १२-१५ बर्ष उमेरका केटाहरु मजदुरिको निम्ति भारत गए? भनेर।अनि आफ्नो लगानी सुरक्षित रहेछ अझै हामिले यी बस्तीहरुलाई उस्तै राख्न सफल भयौ भनेर मख्ख पर्नु,मनमन मुस्कुराउनु गद गद हुँदै अर्को बस्तिमा जानू।
▪️अनि फेरि सामाजिक सुरक्षा भत्ताको भैङ्कर उदाहरण दिनै रनभुल्ल पारेर बिर्साईदिनु ती बुढा बा-आमाको परदेशमा रगत बेचिरहेको छोराको अभावलाई अनि उनिहरुलाई उपचारको क्रममा लागेको लाखौ रिणको कुरालाई,अनि मख्ख पर्नु अझै यी बुढाबुढिबाट भोट अशुल्न सकिन्छ भनेर।
▪️अनि पुग्नु अर्को बस्तिमा अनि महिला अधिकारका कुरा सुनाईदिनु।तपाईं निकट NGO INGO बाट मन्द मन्द लाभान्वित महिलाहरुलाई केहिथान सपना सुनाईदिनु अनि भुलाईदिनु उनिहरुको श्रीमान रोजगार अभावमा गलत काम गरिरहेका कुरालाई/त कतिपय मजदुरिको निम्ति अरबको तातो घाम खाईरहेका कुरालाई।
▪️अनि पुग्नु अर्को बस्तिमा अनि बालबालिकाको हकहित र युवा खेलकुदका कुरा गरेर बिर्साईदिनु उनिहरु गुणस्तरीय एवं व्यावसायिक शिक्षाको अभाबमा बेरोजगार हुनुपरेको कुरालाई अनि मख्ख पर्दै फर्किनु नयाँ पुस्तालाई अझै काबुमा राख्न सकेका छौ भनेर।
▪️अनि पुग्नु अर्को बस्तिमा र १५ शैयाको अस्पतालको चिल्ला कुरा अनि पक्की बाटोको खस्रा कुरा गरिदिनु अनि भुलाईदिनु त्याहाको आम नागरिकले आफ्नो पालिकामा E-xary मेसिन एवम उपचारको अभावमा हिलै धुलै भएर अर्को जिला पुग्नुपरेको कुरालाई अनि मख्ख पर्दै फर्किनु।
तर यो कुरा नबिर्सिनु र सम्झीराख्नु तपाईको निर्वाचन क्षेत्रमा तपाईका कार्यकर्ता र चाप्लुसी गर्ने अगुवा मात्र होइन खास नागरिक पनि छन,चेतनाको स्तर बिकास भएका युवाहरु पनि छन,प्रबिधिका प्रयोगकर्तापनि छन। जो तपाईको चिल्लो चाप्लुसिको विकल्प खोजिरहेका छन,बनिरहेका छन।
युवा संघको कार्यक्रममा उपस्थित हुदैगर्दा र गठन गर्दैगर्दा कति रोजगार कति बेरोजगार समाजको स्थितिको बारे जानकारी लिनु,राजनीति प्रती युवाको भावना र स्थितिको जानकारी लिनु।तर उस्को परिवारले एमालेलाई भोट हालेको भरमा,सिमित आम्दानिको भरमा लहैलहैमा ल्याएका केटाहरुको उपस्थिति देखेर लोकप्रियताको प्रष्ट उदाहरण भन्दै दङ्ग नपर्नु।
उक्त कार्यक्रममा..
▪️ गुणस्तरीय शिक्षाको अभावमा आफ्नो सन्तानलाई घर राखेर वा अन्य निजि बिद्यालयमा पठाएको कुनै अभिभावक त्याहा आएर गुणस्तरीय शिक्षाका बोक्रा कुरा नगरोस।
▪️बिद्यालयको शिक्षण पेशामा सम्लग्न कुनैपनी शिक्षक त्याहा उपस्थित भएर बिद्यालय शिक्षा सुधार योजनाका बक्वास नगरोस।
▪️आफ्नो अरब भएको छोराको फोनलाई साझ बोल्ने बाचा गरेर त्याहा आएको कुनै बाबुले युवा स्वरोजगारका कुन्ठा नसुनाओस।
▪️अनि आफू चाप्लुसी र मान्छेको भरमा ठेकेदार बनेको कुनै युवाले युवा उधमशिलताका पाठ नसिकाओस।
▪️बिहानै श्रीमति सङ्ग झगडा गरेर केटाकेटी पिटेर भत्केको घरबाट निस्केको अमुक ब्याक्तिले समाज बनाउने उदाङ्गगा कुरा नसुनाओस।
तपाईको निर्वाचन क्षेत्र अन्तर्गत स्थानिय तहको आम नागरिकको हैसियतले तपाईलाई यो क्षेत्रबाट अन्तिमपटक जिताईसकेपछी हामिले कुनै उत्साह महसुस गर्न सकेनौ,सामान्य-प्रचुर सम्भावनाका बाबजुद कुनै ब्यबस्थित अस्पताल बन्न सकेन। दशकौंदेखि पक्किको हल्ला चलायर चुनाबी नारा बनाईएको रिडि रुद्रवेनी वामिटक्सार सडक पक्की हुन सके।न त शिक्षाको क्षेत्रमा आमूल परिवर्तन भयो?गुणस्तरीय शिक्षाको पहुँच पुगाउन सकियो।न त ती पिछडिएका बस्तिहरुमा चेतनाको स्तर बदलियो?अहिले भैरहेका बिकासका काम अनिवार्य आवश्यकता भैसकेका छन एक्काइसौं सताब्दिको अन्तिम चरणमा आएर खानेपानी,बिजुली र बाटाका कुरा गरेर पुनः भोट माग्न आउने कष्ट पाउ नगर्नुहोला।
माननीय ज्यु तपाईं पटक पटक साम्सद हुदैगर्दा तपाईं सिमित सिमित ब्याक्ती वा पार्टीको साम्सद होइन समग्र क्षेत्रको साम्सद हो भन्ने कुरा बिधितै होला।हामी जो आम नागरिक जो यहि देशमा र आफ्नै ठाउमा सहज र खुशी जीवन बाच्न चाहान्छौ हामी तपाईको नेतृत्वक्षमताबाट संतोषजनक हुन सकियन।धेरै पटक NGO INGO का नाउमा तपाईका कैयन समाचार आउदा पनि आशा र भरोसा गरिएको थियो अब हामी हाम्रो निर्वाचन क्षेत्रमा तपाइको बैकल्पिक उमेदवारको खोजी र निर्माणमा छौ।
यो सबैकुरा कुनै बिरोधाभाष र ब्याक्तीगत कुन्ठाको उपज होइन, यो त एक आम नागरिकले आफ्नो निर्वाचित प्रतिनिधि प्रती राख्न पाउने प्रश्नको अधिकार र आक्रोश हो।- धन्यवाद। फेसबुक पोष्ट