भदौ,१७ मङ्गलबार, गुल्मी
मुसिकोट नगरपालिकाको वडानम्बर ७ स्थित वामीटक्सार स्वास्थ्यचौकीबाट दुइ दिनमा दुइ सय चालिस जनाले कोरोना विरुद्दको खोप लगाएका छन । जसमध्ये १४६ महिला र ९४ जना पुरुषले खोप लगाएका छन ।
आइतबार र सोमबार सन्चालन गरिएको खोप अभियानमा पहिलो दिन आइतबार ९५ जना महिला र ५५ जना पुरुष गरी १५० जनाले खोप लगाएका वामीटक्सार स्वास्थ्यचौकी प्रमुख रोशन सेनले जानकारी दिनुभयो ।
दोश्रो दिन ५१ जना महिला र ३९ जना पुरुष गरी ९० जनाले कोरोनाविरुद्द प्रयोगमा ल्याइएको फाइजर नामको खोप लगाइएको प्रमुख सेनले बताउनुभयो ।
खोप लगाइएका २४० जनामध्ये पहिलो मात्राको खोप २ जना महिला र ३ जना पुरुष गरी ५ जना, दोश्रो मात्रा ७ जना महिला र ५ जना पुरुष गरी १२ जना, तेश्रो मात्रा ११ महिला र ६ पुरुष गरी १७ जना, चौथो मात्रा ५४ महिला र २७ पुरुष गरी ८१ जनाले खोप लगाएका छन ।
त्यस्तै पाँचौ मात्रा महिला ७० जना र पुरुष ५० गरी १२० जना, छैठौँ मात्रा २ महिला र ३ पुरुष गरी ५ जनाले लगाएको स्वास्थ्यचौकीको तथ्याङकमा उल्लेख गरिएको छ ।
मुसिकोट नगरपालिकाभरमा वडानम्बर १ पौँदी अमराइ , वडानम्बर २ मुसिकोट र वडानम्बर ३ बडागाउँ बाहेक ६ वटा वडामा कोरोना विरुद्दको खोप लगाइएको छ ।