कोभिड– १९ का कारण लामो समयदेखि लकडाउन छ । हरेक पेशा, व्यापार, व्यावसाय धराशायी बनेको छ जसको कारणले हरेक परिवारका सदस्यले विभिन्न खालका सम’स्या झे’लिरहेका छन् । यस्तो बेलामा परिवारमा कसरी शारिरि’क र मान’सिक रूपमा स्वस्थ्य भएर बाँच्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

यस्तो अवस्थामा अभिभावकबीचको स’म्बन्ध र पारिवारिक वातावरणले किशोरकिशोरीमा प्रत्यक्ष अस’र पार्छ । कुनै सम’स्या आएमा अभिभावकले विश्वासिलो स्रोतसँग छलफल गरी परिवारमा नकारात्मक अ’सर नपर्ने गरी स’मस्या सुल्झाउनुपर्छ । यस्तो गरेमा अभिभावकको आचरणबाट किशोरकिशोरीले पनि परिस्थितिलाई सहज रूपमा लिने र समा’धान गर्ने सीप सिक्छन् ।


ADVERTISEMENT

सुनिता खड्का: उनीहरूले बढी समय आफ्नै बारेमा सोच्ने र धेरै ऐना हेर्ने, आफ्नो अनुहार र छालाबारे सं’वेदनशील हुने गरेको पाइन्छ । किशोरकिशोरी आफ्ना साथीको जस्तो शारी’रिक वृद्धि नभएमा चि’न्ति’त हुने गरेको पनि पाइन्छ । यसैगरी किशोरीमा उमेरभन्दा चाँडैनै परिपक्वता आएमा यसले उदा’सीनता, चि’न्ता र खाना खान मन नलाग्ने स मस्या आउन सक्छ ।

नेपाल प्रहरीमा जेठ २८ गतेसम्म दर्ता भएको रेकर्डका आधारमा लकडाउनको समयभित्र ११०५ जनाले आ-त्माह-त्या गरेको पाइयो । जसमा ८६ जना बालिका र ५२ जना बालक छन् । रेकर्डमा बालिकाको संख्या बढी छ । बालबालिकाको शारी’रिक र मान’सिक विकासक्रम हेर्दा बालकभन्दा बालिका बढी सं’वेदनशील हुने, वरपरको वातावरणप्रति बढी सजग हुने, मस्ति ष्कको विकास पनि धेरै हुने हुन्छ । विचार राख्दा पनि विस्तृत रूपमा राख्छन् । त्यस्तै वैज्ञानिक तथा म’नोवैज्ञानिक खोजअनुसार बालकमा भन्दा बालिकामा २ वर्ष अगाडि नै परिपक्वता आउँछ ।

हाम्रो समाजमा बालकभन्दा बालिका बढी हिं’सामा परेका छन् । हरेक व्यक्तिले आफ्नो किशोर अवस्था पृथक तरीकाले अनुभव गरेको हुन्छ । यस अवस्थालाई आँ’धी र दबा’बको अवस्था पनि भनिन्छ । त्यसैले यो अवस्थामा कतिपय किशोरकिशोरीमा त’नाव, चि’न्ता र कहिलेकाहीँ मान’सिक चि’न्ताको तह बढेर मनोवैज्ञानिकको सहयोग समेत चाहिन्छ । त्यसैले घरवरिवार, छिमेक, समुदाय, स्कूल लगायत सरोकारवालाले किशोरकिशोरीलाई बुझ्ने र सोहीअनुसार व्यवहार गर्न सकियो भने उनीहरूको सुरक्षा गर्न सकिन्छ ।

किशोरावस्था- विभिन्न वैज्ञानिक र मनोवैज्ञानिक अनुसन्धानले यस अवस्थामा आउने विभिन्न उमेरका चरण र त्यससंगै विकास हुने चरणलाई यो विकास र वृद्धि गर्ने मौका दिने अवस्था हो भनेका छन् । यो अवस्थामा सिकेका, भोगेका र अनुभव गरेका कुराका आधारमा संज्ञात्मक विकास हुने र सोहीअनुसार म’स्तिष्कले पनि ग्रहण गर्ने हुनाले यो अवस्था सं’वेदनशील हुन्छ । शा’रीरिक विकास तथा लैङ्गिक परिपक्वताको अवस्था वा यौ-न अं’गको तिव्र विकास हुने अवस्था हो । यसबेलामा उनी विपरीत लिं-गप्रति आकर्षण हुने, केटाले केटी साथी बनाउने, केटीले केटा साथी बनाउने पनि गर्छन् ।

किशोरावस्था न बालबालिका न वयस्कको अवस्था हो । यो १२÷१३ देखि १७÷१८ वर्षसम्मको अवस्था हो । उनीहरू परिवारबाट स्वतन्त्रता कसरी पाउने भन्नेमा बढी चासो लिन्छन् । उस्तै उमेर समूहका साथीसँग प्रगाढ सम्बन्ध विकास गर्छन् । उनीहरूको इच्छा, चाहना र स्वतन्त्रताको बिषयलाई लिएर कहिलेकाहीँ किशोरकिशोरी र अभिभावकबीच म’तभेद हुन सक्छ र दुवै पक्षमा अनिश्चितताको भावना विकास गराउन सक्छ । यसबाट आपसी सम्बन्धमा समस्या ल्याउन सक्छ । किशोरावस्थाको विकास र व्यवहार किशोरकिशोरीका साथै परिवारका लागि पनि धेरै परिवर्तन र सं’वेदनशील समय हो ।

किशोरकिशोरी आफ्ना यौ-न मूल्यहरूबारे थाहा पाउने कोशिस गर्छन् । त्यसैले उनीहरूले यौ-न सम्वन्धी राखेका जिज्ञासाबारे चित्तबुझ्दो जवाफ नपाएका खण्डमा उत्सुकता जान्न ग’लत मानिसको हातमा पुग्न सक्छन् । यस अवस्थामा आउने विकासक्रम, अभिभावक, शिक्षक तथा शिक्षिकाको भूमिकाका बारेमा कुरा गरौं ।

शारी’रिक विकास– किशोरकिशोरीले, १२ देखि १८ वर्षको उमेरमा शारी’रिक परिवर्तन भएको अनुभव गर्छन् । उनीहरूको उचाइ र तौल तीव्रगतिमा बढ्छ । यौ’न अं’गहरूको विकास हुन्छ । उत्तराकिशोरावस्था नपुगिन्जेल किशोरकिशोरीको मस्ति’ष्क पूर्ण विकसित भइसकेको हु“दैन । किशोरकिशोरी धैरेजसो बिहान ढिलो उठने गर्छन् । आकस्मिक वृद्धि र उनीहरूमा आएको विभिन्न प्रकारको परिवर्तनले गर्दा शरीर नमिलेको जस्तो पनि देखिन्छ । किशोरीहरू शरीरको बढ्दो तौलबाट बढी सं’वेदनशील हुने गरेको पाइन्छ ।

किशोरकिशोरी आफ्ना उमेरका अन्य साथीको जस्तो शारी’रिक वृद्धि नभएमा चि’न्तित हुने गरेको पनि पाइन्छ । यसैगरी किशोरीमा उमेरभन्दा चा“डै नै परिपक्वता आएमा यसले उदा’सीनता, चि’न्ता र खाना खान मन नलाग्ने समस्या आउन सक्छ । किशोरहरू आमाप्रति र किशोरीहरू बाबाप्रति केही कुरामा खुलेर भन्न अप्ठेरो महसुस गर्छन् । सोहीअनुसार अभिभावकले उनीहरूलाई सहज गराई सही सूचना दिनुपर्छ ।

संज्ञानात्मक विकास– यो बेला उनीहरूमा तार्किक बहस गर्ने सीप विकास हुने हुनाले अभिभावक तथा शिक्षकले भनेका कुरा सहर्ष स्वीकार नगर्ने र त्यसमा बहस गर्ने, विकल्प खोज्ने, खोज गर्ने र सम्भावनाबारे सोच्ने गर्छन् । उनीहरू देख्न, छुन, सुन्न नसकिने वस्तुहरू जस्तै विश्वास, भरोसा, आस्था, धर्मका विषयमा ठीकबेठीकबारे चिन्तन गर्ने सीपको पनि विकास भईरहेको हुन्छ ।

आफूले के सोचिरहेको छु र कस्तो अनुभव गरिरहेको छु जस्ता कुरामा सोच्न सक्ने र त्यसलाई आफ्नै बुझाइका आधारमा प्रस्तुति समेत गर्न सक्नेछन् । एउटै उमेरका किशोर भन्दा किशोरीमा बढी परिपक्वता आउँछ ।किशोर वा किशोरीलाई समाजमा सहभागीताको अवसर र अधिकार दिनुपर्छ । जसबाट उनीहरूमा स्वामित्वको भावना विकास हुन्छ र सामाजिक उत्तरदायित्व बहन गर्न सिक्छन् ।

भावनात्मक विकास– उनीहरूले आफू र अरूलाई कसरी हेर्छन, बुझ्छन् र व्यवहार गर्छन् भन्ने कुरा उनीहरूको भावनात्मक विकास कसरी भएको छ त्यसमा निर्भर गर्छ । उनीहरूले आफूलाई वा अरुलाई परेका बेला उनीहरूको आत्मबल, सामना गर्ने क्षमता र आफ्नो लचकतालाई कसरी प्रस्तुत गर्छन् भन्ने कुराले भावनात्मक क्षमता मापन गर्दछ ।

किशोरकिशोरीको भावनात्मक विकास गराउन स्कूलको महत्वपुर्ण भूमिका हुन्छ । स्कूलले उनीहरूको क्षमता अभिबृद्धि गर्न विभिन्न खालका कार्यक्रमको योजना बनाई सोही अनुसार कार्यान्वयन गरेमा उनीहरूमा आउने विभिन्न खालका परिवर्तनहरूलाई व्यवस्थापन गर्न सहयोग पुग्छ ।

सामाजिक विकास– यसले उनीहरूको पहिचान स्थापित गर्दछः ‘म को हु““, मैले यो समाजमा कस्तो पहिचान बनाउनु पर्छ भन्ने प्रश्नको उत्तर खोजीमा आफ्नो पहिचान खोज्छन् । जहा“ उनीहरू स्थापित हुन सक्छन् । किशोर वा किशोरीलाई समाजमा सहभागीताको अवसर र अधिकार दिनुपर्छ । जसबाट उनीहरूमा स्वामित्वको भावना विकास हुन्छ र सामाजिक उत्तरदायित्व बहन गर्न सिक्छन् ।

साथीहरूको संगतबाट नै किशोरकिशोरीले स’म्बन्ध कसरी सुरु गर्ने, सम्बन्धलाई कसरी विस्तार गर्ने, सम्बन्धको महत्व, सम्बन्धलाई कसरी कायम राख्ने, विच्छेद गर्ने कुरा सिक्नुका साथै, किशोरकिशोरी दुबै सामू’हिक रूपमा काम गर्न थाल्छन् । एक अर्कामा घनिष्ट सम्बन्ध बनाउँछन् । जसबाट उनीहरूले आफ्नो योग्यता, निर्णय गर्ने क्षमता, समाजसँग जोडिन आउने हरेक गतिविधि, एकआपसमा सहयोग र हेरचाह गर्ने सीपको विकास गर्छन् ।

मा’नसिक विकास– यो अवस्थामा उनीहरूको मनमा सकारात्मक र नकारात्मक दुबै सोच आउने गर्छ । आफूमा भएको क्षमतालाई चिन्ने र कुन क्षेत्र आफ्नो लागी उपयुक्त हुन्छ भन्ने बारेमा थाहा पाउन चाहन्छन् । उनीहरू आफू के र कुन क्षेत्रमा राम्रो गर्न सक्छु भनी थाहा पाउन विभिन्न सोख र अभिरुचिमा संलग्न हुन चाहन्छन् ।

उनीहरू बाबा आमासंग बढी बहस गर्ने गरेता पनि बाबा आमासंग साथीजस्तै कुराकानी गर्न पनि चाहन्छन् । उनीहरू परिवारभन्दा साथीहरूस“ग बढी समय बिताउन चाहन्छन् । आफ्नो कोठाको चुकुल लगाएर एकान्तमा बस्न चाहन्छन् । उनीहरू आफू कोसंग र कहा“ गइरहेछु भन्न भने गाह्रो मान्ने गर्दछन् । त्यसैले कहिलेकाहि उनीहरू घरमा एकातिर जान्छु भनेर हिँडछन् र अर्कैतिर गएको र समस्यामा पर्ने गरेको पनि पाइन्छ ।

उनीहरू आफूलेजस्तो भावना र संवेगहरू अन्य कसैले अनुभव गरेका छैनन् भन्ने सोच्ने गर्छन् । उनीहरूले ‘तपाईं मेरा कुरा बुझ्नु हुन्न वा म बरबाद भएँ जस्ता कुरा भन्न सक्छन् । यस बेला उनीहरूमा विनाकारण कु’लतमा लाग्ने, पिउने, चुरोट खाने, अनियन्त्रित रुपले सवारी साधन चलाउने, असुरक्षित यौ-न क्रि’याकलापमा संलग्न हुने सम्भावना हुनसक्छ । उनीहरू यी सबै हुनुका पछाडी वयस्कहरूले उनीहरूका भावना नबुझेको, बोलाइ र व्यवहारलाई दो’षी ठान्ने गरेको पनि पाइन्छ ।

आध्यात्मिक विकास– परिवारका सबै सदस्य संगै खाना खाने र कम्तिमा दिनको ४५ मिनेट संगै बस्ने र सबैले आत्म प्रतिबिम्ब सुनाउने । यस समयमा सम्पुर्ण डिभाईस बन्द गर्ने, मानव ध्वनीलाई मात्र स्वागत गर्ने । जब एक जना सदस्यले आत्म प्रतिबिम्ब सुनाईरहँदा अरु मौन बस्ने र केवल सुन्ने । त्यसपछि एकआपसमा कुराकानी गर्ने जस्तै विभिन्न अनुभव, उत्प्रेरक भनाई, कथा, उखानटुक्का, गाउँखाने कथा, कुनै कितावका बारेमा, सत्य घटना, मनमा आएका जिज्ञाशाका बारेमा छलफल गर्ने र विचार आदानप्रदान गर्ने ।

यस ब्रमाण्डको सृष्टि र संरचनाका बारेमा, प्रकृती र यसका स्रोतका बारेमा, मानव धर्म, कर्म र कर्तव्यका बारेमा, पृथ्वीमा पाइने जीवजन्तु र बोटबिरुवा आदीका बारेमा छोराछोरीलाई महसुस गर्न, कर्तव्य बोध गराउन र हामी मानव सर्वश्रेष्ठ प्राणी भएकामा गर्व महसुस गर्न र मानव भएर जन्म लिनुको सार्थकता बुझाउन अमूल्य समयका रूपमा लिन सकिन्छ । सृिष्टकर्ताप्रति सधैं आभारी हुन र अरुप्रति कृतज्ञ हुन प्रेरणा दिन सके छोराछोरी सुमार्गमा हिँडनेछन् ।

अभिभावकको भूमिका- किशोरावस्था अभिभावकका लागि मुठ्ठीको बालुवा जस्तै हो । न त मुठ्ठीलाई क’स्न मिल्छ न त खोल्न । त्यसैले किशोरकिशोरीलाई आलो’चना नगर्ने वा साथीसंग नदा“ज्ने बरु साथीको जस्तो भूमिका निर्वाह गरिदिनु भए राम्रो हुन्छ । यो समयमा उनीहरू पिरो, अमिलो, नुनिलो र बजारमा पाईने खानाकुरा बढी खान रुचाउँछन् ।

त्यसैले घरमा बनाएको पोषणयुक्त खानेकुरा खानलाई प्रेरित गर्ने र बाहिरका खानेकुरा कहिलेकाहिं मात्र उपलब्ध गराए उ’त्तेजनालाई व्यवस्थापन गर्न, स्वस्थ्य मस्तिस्क र स्वास्थ्य खाना खाने वानी पनि विकास हुन्छ । आफू पनि सामेल भएर शारी’रिक व्यायाम गर्न उत्साहित गर्ने गरेमा यसले किशोरकिशोरीमा रहेको अनावश्यक शक्तिको उपभोग गर्न सहयोग गर्छ ।

अभिभावकले कहिलेकाहिँ उनीहरूको अनुहार, कपाल, शारिरिक बनावट, उचाई आदिका बारेमा खुलेर प्रशंसा गरिदिएमा उनीहरूमा सकारात्मक सोच, आत्मबल र विश्वासको भावना विकास हुन्छ ।

यस्तो बेला उनीहरूको मष्तिस्कमा प्रि˚न्टल कोर्टेक्सको विकास भइरहेको हुनाले योग अभ्यास र ध्यान गर्नाले उनीहरूमा सकारात्मक सोच विकास गर्ने हार्मोन उत्पादन गर्छ । यसले एकाग्रता र धैर्याता विकास गर्छ । फलस्वरुप उनीहरूमा भावनाले भन्दा पनि विवेकले निर्णय लिने क्षमता विकास हुन्छ । उनीहरूलाई पहिलेजस्तो शा’रीरिक रूपमा स्नेह र मायाको खाँचो हुन्छ ।

यस्तो अवस्थामा किशोरकिशोरी आफ्ना यौ न मूल्यहरूबारे थाहा पाउने कोशिस गर्छन् । त्यसैले उनीहरूले यौ न स’म्वन्धी राखेका जिज्ञासाबारे चित्तबुझ्दो जवाफ नपाएका खण्डमा उत्सुकता जान्न गल’त मानिसको हातमा पुग्न सक्छन् । यसबाट उनीहरू दुव्र्य
बहारमा पर्न सक्छन् ।

किशोरकिशोरीले बढी समय आफ्नै बारेमा सोच्ने र धेरै ऐना हेर्ने, आफ्नो अनुहार र छालाबारे बढी सं’वेदनशील हुने गरेको पाइन्छ । यसलाई अभिभावकले साधारण रूपमा लिने र उत्प्रेरकको रूपमा कहिलेकाहिँ उनीहरूको अनुहार, कपाल, शा’रिरिक बनावट, उचाई आदिका बारेमा खुलेर प्रशंसा गरिदिएमा उनीहरूमा सकारात्मक सोच, आत्मबल र विश्वासको भावना विकास हुन्छ ।

उनीहरूलाई घरपरिवारको नियमबारे राय दिन प्रेरित गर्ने । उनीहरूका कस्ता साथी छन्, के गर्दछन् आदी जानकारी राख्नुपर्छ । आफ्ना किशोरकिशोरी छोराछोरीका साथीका बाबाआमासँग भेटघाट गर्ने र बेलाबेलामा स्कूल÷कलेज जाने र सम्वन्धित व्यक्तिसँग सम्पर्कमा रहने ।

शिक्षकशिक्षिकाको भूमिका- शिक्षकशिक्षिकाले किशोरकिशोरीलाई आ’लोचना वा साथीसँग नदा“जीे बरु उत्प्रेरकको भूमिका निवार्ह गरिदिँदा उनीहरू सहज महशुस गर्छन् । तपाईंको अनुभवलाई उनीहरूले महत्व नदिए व्यक्तिगत रूपमा नलिईकन किशोरकिशोरीलाई उनीहरूको व्यवहारको मापदण्ड वा त्यसबाट सिर्जना हुने परिणामबारे समूहमा छलफल गर्न प्रेरित गर्ने । उनीहरूलाई विभिन्न अतिरित्त क्रियाकलापमा सहभागी हुन हौसला दिने जसले गर्दा किशोरकिशोरीले ‘हार, जीत, स्वाकार गर्ने, सहनसीलता, सहकार्य, सहयोग आदीका बारेमा धारणा व्यक्त गर्ने र बुझ्ने मौका पाउँछन् ।

उनीहरूलाई सामुदायिक सेवा र सहयोगी क्रियाकलापमा सहभागी हुने अवसर मिलाई दिने र यसबाट सिकिने सीपका बारेमा उनीहरूकोे विचार र दृष्टिकोण संगसंगै आफ्नो पनि विचार राखी छलफल गर्ने । उनीहरूका राजनैतिक र आध्यात्मिक विश्वासबारे सोध्ने र आफू पनि उनीहरूजस्तै भएको र आफ्नो बेलाको अनुभव सुनाउने ।

यस्तो उमेरमा आउने सवल र दु’र्वल दुवै पर्वका बारेमा छलफल गर्ने र त्यसबाट हुन सक्ने गल्तीबारे उनीहरूसँग कुराकानी गर्ने, भावनालाई बुझ्ने र आफ्ना भावना पनि अभिव्यक्त गर्ने । उनीहरूलाई कक्षाको नियमबारे राय दिन प्रेरित गर्ने । त्यसो भएमा उनीहरूले तपाईंलाई बुझ्ने, स्वीकार्ने र विश्वास गर्ने मौका पाउँछन् । फलस्वरुप तपाईं उनीहरूलाई परेका हरेक अप्ठेरा र असहज परिस्थितिलाई सहज बनाउन सहयोगी बन्न सक्नुहुन्छ ।

आवश्यकता अनुसार अभिभावकलाई पनि सामेल गराउने र समयमै सूचना दिन सकियो किशोरकिशोरीलाई आवश्यकता अनुसार सहयोग गर्न सकिन्छ । गुरुहरूको प्रतिविम्ब एक आस्थाको रूपमा सधैं मनमा बस्ने गर्छ । यतिबेला म आदरणीय गुरुआमा रेवीका दुबेलाई सम्झिइरहेकी छु । उहाँको निरन्तर सहयोग र आशीबार्दका लागि धन्यवाद !

(खड्का सुनगाभा वाटिका नेपालकी निर्देशक तथा म’नोविमर्शकर्ता हुन् । हामीले याे ब्लग नागरिक न्यूजबाट लेखिएकाे हाे)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here