कौरव खत्रीको पुनर्जन्मको  आठौ वर्ष,त्यो पीडालाई फर्केर हेर्दा……..

सस्मरण लेखन सहयोगि
“चकित” विष्णुप्रसाद आचार्य मुसिकोट गुल्मी
गुल्मी ३०,जेठ (२०७८)

त्यो कालो दिनको याद आज पनि आईरहेछ । झलमल्ल घाम त लागिरहेको थियो, तर त्यस दिन मैले केही देखेको थिएन,संसार अँध्यारो थियो ।जन्मे पछि मर्नु त छदै थियो,तैपनि शायद मान्छेलाई धेरै बषै बाँच्ने रहर सबैलाई हुन्छ होला ।

यति कुरा गर्दा कोही मरेका कुरा वा घटना दर्साउन थालेजस्तो नहोस कसैलाई । तर पुर्नजन्ममा अघिल्लो जन्मको कहानी लेखौ लेखौ लाग्यो ।

मानिसहरु रुन्छन,रुनु, हास्नु, रिसाउनु, खुशी हुनु,डराउनु त प्रकृतिको नियम हो ।त्यसैले आजको दिनमा त्यो दिन के भयो सम्झिने कोसिस गर्दैछु । सबै थाहा छ तर केही पनि याद छैन,म अज्ञात थिए,अज्ञात नै छु कहिलेकाहीँ एकोहोरो टोलाउदा होइनकी झै लाग्छ ।

मैले धेरै सपना देख्छु,र त्यो सपना कुनै घटनासँग मेल खान्छ तर खुट्टा तिर हेर्दा खाटा देखिन्छन र शरीर भरी हेर्दा शरीर भरी दागहरु देखिन्छन । फेरी इष्टमित्रले पनि सत्य घटना जस्तै कुरा गर्छन मलाई पत्यार लाग्दैन की म अझै पनि सपना भित्रको सपनामा डुबुल्की मारीरहेको छु कि जस्तो लाग्छ ।

म यो कुरामा सत्य छु कि म मेरो जन्म दिने आमाको ममता,आँशु,हासो, बुवाको साहस र आत्मबल श्रीमतीको धैर्यता र माया,छोराछोरीको आशाको खम्बा अनि,दाजुभाईको सहयोग, दिदिबहिनीको निश्वार्थ प्रेम,साथीभाईको साथ र समर्थन सगँै छ ।

यो कुरालाई म नकार्न सक्दिन ।सरदरमा बर्षमा ४१६ वटा हप्ता बितेछन,९६ वटा महिना, २ हजार ९ सय,२० वटा दिन, ६९ हजार,१ सय,२० वटा घण्टा, ४१लाख,४७ हजार,२ सय वटा मिनेट, २४ करोड,८८ लाख,३२ हजार वटा सेकेण्ड बितेछन,४८ वटा ऋतु बितेछन् । समग्रमा ८ बर्ष बितेछन,

होइन,त क्या हो ? के ३ सय,६५ दिनको एक बर्ष हुन्छ? तर के एक बर्षमा ५२ हप्ता हुन्छन? तर के एक बर्षमा १२ वटा महिना अनि छ वटा ऋतु हुन्छन तर होला पक्कै मेरो दिमागको घडी बिग्रको?

यो बह्माण्डले कसैलाई पक्षपात गरेको छैन । ० बाट १ पुग्नको लागी १ नै जोड्नु पर्छ होला,त्यसैले बास्तविक कुरा २०७० सालको हो। २०७० साल जेठ महिनाको ३० गते मसान्तको दिन षष्ठी तिथिको दिन दिउँसो करिब ४ बजेर १५ मिनेटको समयसम्म म सबै कुरा जान्दथे ४ बजेर २० मिनेट समय जादाबाट……………….

ट्रक दुर्घटना ……………

सडकबाट तल ………….

हाम्रो शरीरमाथि हामी चढेको ट्रक नै………….

संगै सवार साथीहरु बेहाल अवस्थामा………….

(धेरै कुरा तस्बिरबाट प्रष्ट हुनेछ)

आज त हेर्दाहेदै २०७८ सालको जेठ महिनाको ३० गते आइतवार हो ।दुर्घटनाको ८ बर्ष पूरा भएको पत्तै भएन ।सायद घटनाको साल र महिना एंव बार भने फरक र तलमाथि हुने गर्दछ तर त्यो दिनको घटनाको सम्झना भने मेरो मानसपटलमा अझै ताजा बनिरहेको छ ।

तत्काल वरिपरिका बासिन्दाको सहयोगमा बाग्लुङ्को खर्बाङ प्रहरीको आगमन भयो । पुर्नजन्मको लागि खर्वाङ कै आरोग्य मेडिकल हलमा सामान्य उपचारको क्रममा रह्यौ त्यँहा । भन्छन मान्छेलाई मान्छे चाहिन्छ मर्दा र पर्दा साच्चै रहेछ त्यो कुरा पनि ।

म यँहा नाम जपेर भ्याँउदिन असङ्ख्य शुभचिन्तक साथीभाई र आफन्तजनहरु तथा मेरो जीवनको हरेक पलमा सहयोग गर्ने आदरणीय गुरु,न्यु शाइन स्टार बोडिङ्ग स्कुल अर्लाङ्कोटका निर्देशक डिल बहादुर बुढाथोकी,खर्वाङ प्रहरी चौकी, सामुदायिक रेडियो पुष्पाञ्जली एफ एम ९७.४ मेगाहर्ज वामीटक्सार लगायत रिघा मनेवाबासी दाजुभाई, दिदिबहिनीहरु, मेरो घर परिवार, साथी भाईहरु छरछिमेकहरु सम्पुर्ण प्रति हार्दिक आभार समेत व्यक्त गर्न चाहान्छु ।

कठै आमाको मन,मेरी दिदि कमलाले मलाई सम्हाली रहनुभएको थियो । दुर्घनाको खवरले खर्बाङमा रहेको अस्पतालमा प्राथमिक उपचार गर्दा हामीलाई हेर्नेहरु बजारमा खचाखच थियो मानव जातीहरुको । पछि खवरमा आएको कुरा, गर्देछु म ।

त्यँहा कठै भन्ने आवाज अनगिन्ती सुनिन्थ्यो । म चिन्दिनथे कसैलाई ।त्यसपछि हामी एम्बुलेन्सको सहयोगमा पोखरातर्फ गण्डकी हस्पिटलमा प्रस्थान गर्यौं पुर्नजन्मको लागि….

साथमा चकित विष्णुप्रसाद आचार्य पनि हतारमा रिघामा भेट्न आइपुगेका थिए पोखरा जान लाग्दा…….

पोखरालाई पुर्नजन्मको वास्तविक गन्तव्यको स्वीकार गरी औषधी उपचारपछि सबै जना घरमा फर्केयौ आज दुर्घना भएको पनि हेर्दा हेदै ८ बर्ष वितिसकेछ । आज यो २०७८ साल जेठ महिनाको ३० गते आइतबार, वार पनि पार भै सकेछ ।

आज यो कहानी र घटनालाई दो¥याएर लेखौ लेखौ लाग्यो । पात्रो फर्काएर हेर्नुस न २०७० सालको जेठ ३० गते शुक्रवार मसान्तको दिन आज कामको व्यवस्ताले भनु या त के भनु हेर्दा हेदै ८ बर्ष समय गएको पत्तै भएन । २०७८ सालको जेठ महिनाको ३० गते भने आइतवार परेछ आखिर के त जिन्दगी ????????………………………

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय