हामीलाई विज्ञ बनाउने तीन मन्त्र

महाभारतमा एकलव्यको कथाले हामीलाई अनुशासनको महत्व बुझाउँछ ।

एकदिन एकलव्य कौरव र पाण्डवका गुरु द्रोणाचार्य नजिकै पुगे र भने, ‘गुरुदेव म पनि धनुर्विद्या सिक्न चाहन्छु, कृपया मलाई पनि आफ्नो शिष्य बनाउनुहोस् ।’

द्रोणाचार्यले भने, ‘म राजकुमारलाई पनि धनुर्विद्याको ज्ञान दिन्छु । त्यसैले तिमी मेरो शिष्य बन्न सक्दैनौ ।’एकलव्यले त्यति नै बेला मनैदेखि द्रोणाचार्यलाई आफ्नो गुरु माने ।

उनी जंगलमा आफ्नो क्षेत्रमा पुगे र त्यहाँ माटोको द्रोणाचार्यको मूर्ति बनाए । एकलव्य दैनिक गुरुको मूर्तिको अगाडि अनुशासनमा बसेर धनुष बाण चलाउने अभ्यास गर्न थाले ।

महाभारतमा एकलव्यको यो कथालाई नियमको स्रोतसँग जोडिएको छ । यदि कोही व्यक्ति नियम, अनुशासन र समर्पण गर्छ, त्यसले कस्तो परिणाम निम्त्याउँछ, यो कुरा हामी यस कथाबाट बुझ्न सक्छौं ।

नियमित रुपमा अभ्यास गरिराख्दा एकलव्य बाणको विद्यामा दक्ष भए । एकपटक जब एकलव्य अभ्यास गरिरहेका थिए तब एउटा कुकुरले उनलाई हेरेर भुक्न थाले । त्यसैले एकलव्यको अभ्यासमा समस्या हुन थाल्यो । त्यसपछि उनले एकैपटक सातवटा बाण छोडेर कुकुरको मुख बन्द गरिदिए ।

त्यतिबेला कौरव र पाण्डव पुत्र द्रोणाचार्यसँग जंगलमा घुमिरहेका थिए । ती कुकुर उनीहरुको अगाडि पुग्दा द्रोणाचार्य र सबै राजकुमार त्यसलाई देखेर अचम्मित थिए ।

कुकुरको मुखमा एकैपटक यति धेरै बाण निकै कुशलताका साथ हानिएको थियो, कुकुरको मुखबाट रगतको एक थोपा पनि निस्किएको थिएन ।

द्रोणाचार्य र राजकुरमारले कुकुरको मुखमा बाण हान्ने धनुर्धरलाई खोज्न थाले । केही बेरपछि सबैजना एकलव्य भएठाउँ पुगे । एकलव्यले द्रोणाचार्यलाई प्रणाम गरे र आफू उनको शिष्य भएको बताए । द्रोणाचार्य यो सुनेर चकित भए ।

त्यसपछि गुरुले आफ्ना सबै शिष्यलाई भने, ‘एकलव्य आज यति दक्ष भए कि उनको अनुशासन, नियम र समर्पणको प्रभाव हो । शिक्षाको क्षेत्रमा यी तीन कुरा निकै आवश्यक छ ।’

पाठः एकलव्यसँग गुरु द्रोण थिएनन्, तर उनी गुरुको अनुपस्थितीमा आफ्नो अनुशासन र लगातार अभ्यासले धनुर्विद्यामा दक्ष भए । यही कुरा हामीले ध्यानमा राख्नुपर्छ ।

यदि हामी केही कुरा सिक्न चाहन्छौं भने नियम र समर्पणसँग लगातार अभ्यास गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

घर आसपासमा सागसब्जी लगाएपछि ताजा र शुद्ध खान पाइने मात्र होइन यसबाट अरु थुप्रै लाभ मिल्छ ।

यसले शारीरिक रुपमा सक्रिय राख्छ, मानसिक रुपमा तन्दुरुस्त । भान्साको फोहोर व्यवस्थापन गर्ने ठाउँ मिल्छ ।जस्तो कि, तपाईं थोरै फुर्सद हुनसाथ करेसाबारीको काममा लाग्नुहुन्छ । अर्थात आफ्नो समयलाई उत्पादनसिल बनाउनुहुनेछ । यदि त्यसो नहुँदो हो त फुर्सदमा मोबाइल चलाएर वा टिभी हेरेरै समय बित्ने थियो ।

आफ्नो करेसाबारीमा काम गर्दा तपाईं शारीरिक रुपले पनि स्वस्थ्य एवं तन्दुरुस्त रहनुहुन्छ । जापानीहरु विश्वमै लामो आयु र स्वस्थ्य जीवन बाच्नेमा गनिन्छन् । उनीहरु लामो उमेरसम्म जवान वा स्वास्थ्य रहनुको पछाडि धेरै खोज अध्ययन भएको छ ।

यसबाट के देखिएको छ भने, उनीहरु खेतीबालीको काममा बढी नै सक्रिय हुने गरेका छन् । बुढ्यौली उमेरमा समेत उनीहरु आफ्नो खेतीबालीको काम गर्छन् ।

खेतीबालीको कामले शारीरिक व्यायाम हुन्छ, सक्रियता बढ्छ । अर्कोतिर यो आफैमा एक उपचार विधी पनि हो ।

जब हामी आफ्नो खेतीबालीमा काम गर्छौं, हामी अनावश्यक तनावबाट पनि मुक्त हुन्छौं । सागसब्जी रोप्दा, फलाउँदा पनि हामीमा एक किसिमको उमंग छाउँछ । यसले हामीलाई मानसिक र शारीरिक रुपमै स्वस्थ्य तुल्याउँछ ।

अर्कोतिर हाम्रा छोराछोरीलाई यो एक खुला विद्यालय जस्तो हुन्छ । उनीहरुले आफ्नो करेसाबारीमा रमाउने मौका मात्र पाउँदैनन्, सागसब्जीको बारेमा प्रत्यक्ष अध्ययन गर्न पाउँछन् ।

अहिलेका बच्चाहरु घरमै बस्ने, मोवाइलमा गेम खेल्ने, टिभीमा एकोहोरिने गर्छन् । जब तपाईं घरमा सानो करेसाबारी बनाउनुहुन्छ, छोराछोरीलाई त्यहाँ काम गराउन सक्नुहुनेछ ।

उनीहरुहरुका लागि करेसाबारी एक उपयुक्त ठाउँ बन्छ, जहाँ रमाउन र धेरै कुरा सिक्न सकिन्छ ।

करेसाबारी हुँदाको अर्को फाइदा भनेको घरको फोहोर व्यवस्थापन गर्ने ठाउँ मिल्छ । हाम्रो भान्सामा दिनहुँ यस्ता कुराहरु उत्पादन हुन्छन्, जो फोहोर मैलाको रुपमा हामी डस्बिनमा मिल्काउँछौं ।

तरकारीको बोक्रा, चिया पत्ती जस्ता सड्ने, गल्ने कुरालाई हामीले मलको रुपमा प्रयोग गर्न सक्छौं । कतिपय कुहिएका खानेकुरा पनि मलको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसले गर्दा एकातिर घरको फोहोर मैलाको व्यवस्थापन हुन्छ । अर्कोतिर करेसाबारीमा मल पनि पुग्छ ।

त्यसैगरी भाँडावर्तन माझेर वा अन्य प्रयोग गरेको फोहोर पानीलाई करेसाबारीमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय