एक जोडी युवायुवती मृत भेटिए

बैतडी । बैतडीमा एक जोडी युवायुवती मृत भेटिएका छन् । बैतडीको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक मृत भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक शाहीका अनुसार उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा भेटिएका हुन् । मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो पनि पढ्नुहोस् – रोल्पा । जलजला रोल्पाको धार्मिक र पर्यापर्यटनको उत्कृष्ट गन्तव्य हो । तर प्रचार प्रसारको अभावमा यो उति चर्चामा छैन ।समुद्री सतहबाट ३२९५ मिटर उचाइमा रहेको जलजला करिव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसे मैदान क्षेत्र हो । यहाँको दलदले जमिनमा टेक्दा भुवादार गलैंचामा हिंडेजस्तो अनुभूति हुन्छ ।

घाँसे मैदान, दलदले भूमि रहेकाले यसलाई जलजला भनिएको स्थानीयको भनाइ छ । दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकाले दलदलेबाट अप्रभंस भएर जलजला भएको हुनसक्ने स्थानीय अनुमान गर्दछन् । जलजलाको पुरानो नाम ‘गामा’ हो । मगर भाषामा गामाको अर्थ अग्लो लेकको बुकी पाटन भन्ने बुझिन्छ । हिजोआज स्थानीय जलजलालाई ‘गोङ’ पनि भन्दछन् ।

स्थानीयको भनाइ अनुसार यहाँको भामा गुफाबाट १२ भाइ बराह र २२ बहिनी बज्यू उत्पत्ति भई नेपालका विभिन्न स्थानमा फैलिएका थिए । त्यसकारण भामा गुफालाई स्थानीयहरुले बराहको उत्पत्तीस्थल मान्ने गर्दछन् ।

यहाँ अवस्थित बराह मन्दिर र भामा गुफा रोल्पाको मात्र नभई रुकुम, सल्यान, दाङ, प्यूठान, र सुर्खेत लगायतका जिल्लावासीहरुको आस्थाको केन्द्र मानिन्छन् । वैशाख पूर्णिमा, जेठ पूर्णिमा र श्रावण पूर्णिमा गरी वर्षको तीन पटक मेला लाग्छ । यहाँ श्रद्धालुहरुले सयौं भेडा र कुखुराको बली दिने गर्दछन् । यस धार्मिक स्थलको दर्शन गरेपछि मनोकांक्षा पूरा हुने र सन्तान लाभ हुने जनविश्वास छ ।

यो क्षेत्रमा उपोष्णदेखि ठण्डा समशीतोष्ण क्षेत्रसम्मको हावापानी र सोही अनुसारका वनस्पतिहरु पाइन्छन् । यस क्षेत्रमा करिब १४ प्रजातिका गुराँस फुल्दछन् । हिउँदमा जलजला आफैं हिउँले सेताम्मे बनेको हुन्छ । ३ हजार मिटर भन्दा उच्च स्थानका लेकहरुमा जेठ र असारसम्म फुलिरहने फूललाई स्थानीयले चिमाली भन्दछन् । उच्च पहाडी क्षेत्रमा पाइने धेरै प्रकारका घाँसे प्रजातीका फूलहरु फुल्दा साउन–भदौ महिनामा यहाँका क्षेत्रहरु अत्यन्तै मनमोहक देखिन्छन् ।

यहाँ घोरल, थार, रतुवा, हरिण, बँदेल, चितुवा, भालु र दुर्लभ रेड पाण्डा लगायत जंगली जनावरहरु पाइन्छन् । जलजला क्षेत्र डाँफे, मुनाल, कालिज सहित सयौं प्रकारका चराचुरुङ्गीहरुको बासस्थान पनि हो । यस क्षेत्रमा सतुवा, पदमचाल, पाँचऔले, चिराइतो, सुनगाभा, सुगन्धवाल, सुनाखरी, समायो, चुत्रो, गरेली फूल, दालचिनी, तेजपात, बोजो, कचुर, पुदिना, टिमुर, सिल्टिमुर, धम्पे, सिङग्ली मिङग्ली, रुकन, ढुंगेफूल लगायतका जडीबुटी पाइन्छ ।

यहाँबाट सिस्ने, पुथा, धवलागिरी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिम चुचुराको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । जलजला क्षेत्रमा जमिनबाट लगातार रुपमा रसाइरहने पानीका कारण यहाँको भू–भाग सिमसारमय छ । यही सिमसार राप्ती नदीको उदगम स्थल मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय