प्रेम सुनार – गुल्मी— स्थानीय सरकारका कुनै पनि पालिका उपाध्यक्ष वा उपमेयर न्यायिक समितिको संयोजक रहने र उनैको नेतृत्वमा पालिकामा न्याय सम्पादन गरिने संवैधिनक व्यवस्था अनु्सार अघिल्लो निर्वाचनमा निर्वाचित उपाध्यक्षहरुले न्यायिक क्षेत्रको अनुभाव विना पनि न्याय सम्पादनमा हात हालेका थिए ।

न्यायिक क्षेत्रको न्युनतम ज्ञान र अनुभाव बिनाका मानिसहरुले न्याय सम्पादनको नेतृत्व लिएको भन्दै आलोचना पनि खेप्नु परेको थियो । त्यसका वावजुद पनि उनिहरुले असक्षम वा असफल भुमिकाको विल्ला भिर्नु परेन् ।यसपालीको निर्वाचनमा झन गुल्मी जिल्लामा पहिलो पटक इस्मा गउँपालिकामा वकिल अर्थात अधिवक्ता नै गाउँपालिकामा निर्वाचित भएकी छन् । नेपाली कांग्रेसबाट २६ वर्षीया युवती पार्वती कुँवर इस्मा गाृउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । कानुन संकायमा स्नातक गरेकी कुँवरले व्यवस्थापन संकाय र राजनैतिक शास्त्रमा समेत स्नाकोत्तर उतिर्ण गरेकी छन् ।

२०७७ सालमा अधिवक्ता अनुमति पत्र प्राप्त गरी काठमाण्डौं र रुपन्देहीेबाट अधिवक्ता पेशा सुरु गरेकी उनले जिल्ला फर्केर मदाने गाउँपालिकाको बाँझकटेरी माविमा अध्यापन गराउँदा समेत अदालतमा वाकलत गरिरहेकी थिईन् ।

सोही क्रममा जनप्रतिनिधी हुने तयारीकै लागि मंसिर महिनादेखि त्यस विद्यालयको शिक्षक पदबाट राजीनामा दिई इस्मास्थित कार्यकर्ता माझ सक्रिय हुन थालेको कुँवर बताउँछिन् ।उपाध्यक्ष र न्यायिक सम्पादनको समेत भुमिकाका लागि जे आवश्यकता त्यही योग्ता र क्षमता बोकेकी कुँवरले अघिल्लो कार्यकालमा कानुन विषय नै नपढेका उपाध्यक्षहरुले भन्दा न्याय सम्पादनमा इस्मावासीलाई के कस्तो अनुभूति  दिलउलिन त ? भन्ने  कुरा इस्मावासीका लागि मात्र नभइए सरोकारवाला सबैको चासोको विषय बनिरहेको छ । अतः पदिय भुमिका , योग्यता र क्षमतामाथि न्याय गर्न सक्लिन त ? भन्ने विषयमा हामी उनै नवनिर्वाचित उपाध्यक्ष पार्वती कुँवरसँग संक्षिप्त कुराकानी गरेका थियौं । 

प्रस्तुत छ सम्पादित अंश : संयोगले तपाई अधिवक्ता नै उपाध्यक्षमा निर्वाचित हुनु भयो, न्याय सम्पादनमा के फरक ल्याउनु होला त ?पहिलो कुरा त म सदाचारको समर्थक हुँ भन्ने कुरा जानकारी गराउँद छु । न्यायिक समितिको संयोजकको हैसियतले त्यही अनुसार वाकलत गर्दै न्यायको तराजु तलमाथि नहुने गरी न्याय सम्पादन गर्नेछु ।

भ्रष्टचारको शुन्य सहनशीलताको नीतिलाई पुर्ण कार्यन्वयन गर्ने गरी शिरोधार्य गर्ने छु । मसँग समाज रुपान्तरणका धेरै ठुला सपना छैनन् । मात्रै गरिवीका कारण नचाहेर पनि विदेशिन वा भारतका गल्ली चाहर्न बाध्य इस्मावासीलाई कसरी यसै धतीमा आत्मानिर्भर गराउन सकौं भन्ने छ ।त्यस्तै शिक्षा स्वास्थ्य र अन्य असुविधाका कारण बढ्दो बसाई सराई कसरी रोकौं भन्ने छ । जति वटा चुनाव आए पनि वा जति वटा व्यवस्था बदलिए पनि जनताको अवस्था उस्तै छ ।

 यसर्थ गरिव , निमुखा , पछाडी परेका वर्गहरुको जीवन स्तर कसरी माथि उठाऔं भन्ने छ । यदापि यी मेरा सपना वा तपाई इस्मावासीका समेत साझा सपना मेरो एक्लो प्रयासले मात्र साकार हुन सक्दैन । यसमा सबैको साथ र सहयोगको आवश्यकता अनियवार्य छ । जहाँ सम्म न्यायिक समितिमा मेरो भुमिका बारे तपाईको प्रश्न छ त्यसमा मैले न्यायोचित भुमिका निभाउनछु ।यस अघिको न्यायिक समितिमा परेका उजुरी र फैसलाहरु हेरे मैले । 

यहाँ निर मैले पुर्व न्यायिक समितिलाई आलोचना गर्न मिल्दैन र जायज पनि हुँदैन । तर म आई सके पछिका जनगुनासाहरु भने मैले राख्नै पर्दछ । पालिकाको न्यायिक समिति अर्धन्यायिक निकाय हो । तर मलाई आएका केहि जनगुनसा अनुसार क्षेत्र अधिकार भन्दामाथि पनि जान खोजियो कि भन्ने छ ।

त्यस्ता गुनासाले मलाई पनि सचेत गराएको छ । यसर्थ म त्यसै क्षेत्र अधिकार भत्र रहेर न्याय सम्पादन गर्नेछु । पहिला वडा स्तरको न्यायिक समिति गठन गरेर त्यसलाई चुस्त पार्दछौं ।

 त्यहाँ समधान हुन नसकेका मुद्धाहरु पालिकाको न्यायिक इजालासमा आउँछ ।फौजदारी प्रकृतिका मुद्धाहरु भए सम्वन्धित अधिकार प्राप्त निकायमा पठाउँछौं । पालिकाको न्यायिक समितिमा दिईएका उजुरीहरुलाई हामीले धेरै झण्झटीलो बनाएर जनतालाई सास्ती दिदैनौं । ढिलो न्याय दिनु भनेको नदिनु सरहको हो भन्ने मान्यतालाई शिरोधार्य गरेर छरिटो बनाउँछौं । हाम्रो समाजलाई नजिकबाट देख्दै र बुझ्दै आएका पनि छौं । जुन समाजमा   अन्यायमा परेकोले भन्दा अरुलाई अन्याय गरिरहेकोले पहिला मुद्धा दिने पुरानो चलन अझै पनि छिटपुट रुपमा हाम्रो समाजमा छ ।मन-मुटुमा जुन तमसुक गरेकी थिएँ । 

जो कागजको टुक्रामा गरिने तमसुक जस्तो नठान्नु होला ।कोही मुद्धाका लागि मुद्धा लडिरहेका हुन्छन् । राजनैतिक प्रतिशोधका कारण पनि साँध–सिमना ठाडै मिच्ने , कुलोको पानी अदृश्य रुपमा आफ्नो खेतमा चुवाहट गर्ने, घरका श्रीमान , श्रीमति , दाजु भाई दिदी पनि , नन्द भाउजु, देउरानी जेठानी बीच झगडा पारि दिने गरिन्छ ।त्यस्ता कुरालाई सुष्म रुपले अनुसन्धान गर्न जरुरी छ । कतिपय परिवार यस्तो छ कि कसैको उक्साहटमा आफ्नै छोरी, बहिनी जस्ता हाड नातामा बलात्कारको झुटा मुद्धा दिन समेत पछि पर्दैनन र यसै गुल्मीमा पनि एकादुई घटना त्यस्ता देखियो । यस्ता गम्भीर विषयमा न्याय दिने निकाय र व्यक्तिले विवेक पुराउन जरुरी छ । 

त्यस्तै कैयौं महिलाहरु पुरुषबाट घरेलु हिंसा सहरेर मरुँकी बाँचुको अवस्थामा छन् । बर्षऔ देखि न्याय नपाएर जीवन देखि नै वितृष्ण छन् । त्यस्ता महिलाहरुको खोजी गरिने छ । सके पालिका स्तरबाटै न्याय दिलाईने छ । हाम्रो दायरा भन्दामाथि पुराउने भए हामी स्वयम पनि त्यहाँ पुगेर सघाउने छौं । अर्को कुरा महिलाबाट पनि पुरुषहरु पीडित नभएका होईनन् ।

‘न बाटो छाड्छे , न आफ्नो बाटो हिड्न दिन्छे’ यस्तो पीडा सुनाउने र वैदेशिक रोजगारको कमाई टुङ्गो नबुङ्गो पारेको घटना पनि तपाई हाम्रै सामु आउने घटना हुन । 

यस्तो घटनाका विषयमा झै–झगडा हुँदा गोरु चुटाई गोदाई खाने पुरुष हुन्छ , कुटाई खाएँ भनेर उजुरी दिने उनै पीडक महिला हुन्छिन् । समाजका यी चित्रहरुलाई नियाल्नु छ । गहिरो अध्यान गरेर खास पीडितलाई न्याय दिलाउनु छ ।यस अघिको स्थानीय सरकारले मदिरा नियन्त्रणबाट अपराधिक घटनामा सफलता त पायो नि ?जहाँसम्म इस्मा गाउँपालिकाले यस अघि मदिरा निषध गरेर नै अपराधिक घटना न्युनिकरण गर्न सकिन्छ भन्ने मान्यता लिएको थियो त्यो केहि हदसम्म ठिक पनि हो र त्यसले विगतको तुलनामा अपराधिक घटना नियन्त्रण गरेको पनि पाईयो । किन की घरेलु हिंसा र सामाजिक हिंसा समेत मदिरा सेवनबाटै भएको पाईन्छ । 

यसका वावजुद पनि मदिरालाई निषेध नै गर्न सकिन्छ र गर्ने पर्छ भन्ने कुार यो युगमा केवल मुर्खता मात्रै हुनसक्छ ।यसर्थ हामी मदिरा निषेध होईन नियन्त्रण गर्न चाहन्छौं । जबकी राज्यले नै मदिरा निषेध गर्न सकेको छैन, नियन्त्रण मात्रै गरेको छ भने हामीले कसरी सक्छौं ? मदिरा नियन्त्रण गर्ने नाममा यहाँ मदिरा निषेध नै गर्न खोजेको पाईयो । यहाँ आ–आफ्नै रितिरिवाज र संस्कार छन् । उनिहरुको सम्मान पनि गर्न प¥यो । दिदी बहिनीहरुले दुख गरेर घरयासी प्रयोजनका लागि बनाईएको मदिराका भाँडा–कुँडा समेत निर्मम ढंगले फालि दिएको , जथभावी दण्डीत गरेको र निकै तुच्छ भाषामा गाली गलौज गर्ने गरेको पनि गुनासो सुनियो ।

अब त्यस्तो गुनासो नआउने गरि काम गर्दछौं । 

कानुनी डण्डा लगाएर मात्रै समाजमा सुधानर ल्याईन्छ भन्नु शासन शक्तिको दम्भ मात्रै हुनसक्छ । जनचेतना विना त्यसरी गरिने कारबाही मुलतः ‘मुढेबल ’ सावित हुन्छ । त्यसो त द्धन्द्धकालमा माओवादीले पनि जाँडका घैंटा फाल्दै घरेलु मदिरा निषेध गर्न खोज्यो । के त्यो सम्भव भयो ?अर्को म एउटा सबैले छर्लङ्गै देखे बुझेको उदाहरण दिन्छु । जनजाति बाहुल्य वस्तीमा जानुस । विहानै देखि रोटी र एक बटुको जाँड पिएर घाँसा दाउरा गएकाहरु ज्यानले थेग्नै नसक्ने घाँस दाउराको भारी लिएर आउँछन् । दिनैभर मेलापाताको काम गर्छन । तर त्यो घरमा मदिरा पिएकै कारण झगडा भएको पाईदैन ।झगडाको कारण अर्कै हुन्छ र निकै पोचिलो पनि हुन्छ । 

तर दलित वा जनजाति समुदायमा कुनै झै–भझगडा भयो भने जाँड रक्सी पिएरै हो भनेर दोषारोपण गर्ने गरिन्छ । यहाँसम्म  की दलित वा जनजाति समुदायको मान्छे कसैले मारेर भिरमा फाल्यो वा मारेकै अवस्थामा सडकमा भेटियो भने पनि जाँड खाएरै म¥यो भन्नेहरु अझै छन् ।अनि अर्को समुदायमा जानुस जाँडले टिल्ल हुँदै भएको झगडा पनि त्यो दुध दही र मह पिएर भएको झगडा जस्तो गरिन्छ । 

तीनै समुदायका नयाँ पिढीले थोरै पिए पनि झै झगडा निकालेको र सडकमा लडेको देखिन्छ । जसले आफ्नो संस्कारका नाममा सदियौं देखि मदिरा सेवन गर्दै आयो त्यो समुदाय यति बेला अनुशासन र सभ्य रुपमा प्रस्तुत भएको देखिन्छ तर पनि उनिहरुलाई उपेक्षा गर्ने मानसिकता कम भएको छैन ।यसर्थ अनुशासन र सभ्य समाज निर्माणका लागि समाजका सबै तप्का जुटौं , सरकार केवल समन्व्यकर्ता मात्रै पनि हुनसक्छ । वा त्यसको नेतृत्व ने लिन नै सक्छ । गाउँ घरमा अपराधिक घटनाको मदिरा नै कारक भनिन्छ । 

तर सहरका हेर्नुस त कैयौं डर लाग्दा घटना मदिरा पिए विना पनि भएका छन् ।हामी स्वदेशी उत्पादनलाई कम गुणस्तरहिनको भन्दै घृणा गरिरहेका छौं । हाम्रो त्यही उत्पादन विदेशी मुलकमा समेत पुग्न थाल्यो । स्वदेशका ठुला सहरका ठुला ठुला होटलमा समेत तिनपाने बेग्लै ब्राण्ड बनेको छ र त्यो विशेष मानिसले मात्रै सेवन गर्दछन् ।सायद त्यही भएर होला पुर्वतिरका मन्त्री देखि विभिन्न तहका जनप्रतिनिधीहरुले समेत हाम्रो उत्पादनलाई ब्राण्डेट बनाएर वैधानिकताका साथ बजारिकरण गर्नु पर्छ भनेर आवाज उठाई रहनु भएको छ । 

हाम्रो छिमिके गाउँपालिकामा पनि यस अघिको सरकारले कोदाको तिनपाने ब्राण्ड बनाउने निर्णय गरेको थियो । यसको मतलव मैले मदिरालाई बढवा दिन खोजेकी होईन । मदिरा नियन्त्रित हुनु पर्छ , कुनै समुदायको संस्कार संग पनि जोडिएको हुँदा त्यो अन्य समुदायका लागि उपेक्षित पनि हुनु हुँदैन ।तर फेरि दोहराउँछु कि कसैको संस्कार संग जोडिएको भन्दैमा आम समाजलाई अशान्ति फैलाउन पाँईदैन । 

मुलतः सामाजिक अनुशासन र मर्यादा भित्र हुनु पर्छ । त्यसको उदाहरण हेर्न कुनै विकाशित मुलक पुग्नै पर्दैन हाम्रै ठुला शहरहरुमा नै देख्न सकिन्छ ।अन्त्यममा अधिवक्ता अनि उपाध्यक्षको आम भूमिकाबारे बारे इस्मावासीलाई के भन्नु हुन्छ ?म कुनै पार्टीले चलाई सकेका सरकारको जस्तो दलको पार्टीको नेता, नेतृ जस्तो भएर प्रस्तुत हुने छैन । म कुनै दलबाट विजयी पक्कै भएकी हुँ । अब म इस्मा गाउँपालिका उपाध्यक्षको कुर्चिमा बसिरहँदा आम इस्मावासीको साझा जनप्रतिनिधी हुनेछु । पछाडी परेको वर्ग समुदाय , विकासमा पछाडी परेको टोल छिमेक मेरो प्राथामिकतामा पर्नेछन् । अहिले नै धेरै बोल्दिँन म । 

स्थानीयस सरकार सञ्चालन विधि र प्रकृया भर्खर अध्ययनकै क्रममा छु ।यहाँसम्म  की दलित वा जनजाति समुदायको मान्छे कसैले मारेर भिरमा फाल्यो वा मारेकै अवस्थामा सडकमा भेटियो भने पनि जाँड खाएरै म¥यो भन्नेहरु अझै छन् ।त्यस पछि आम इस्मावासीका सुझाव सल्लाह लिएर के गर्न सकिन्छ भन्दै अभ्यास गर्दै अगाडी बढ्ने छु । इस्माली जनताको अपार माया र भरोसाबाट मैले पाएको उपाध्यक्ष पद न्यायिक समितिको तराजु बन्ने मात्रै होईन । 

विकास निर्माणमा जनताको तेश्रो आँखा पनि हो । अर्थात मैले न्यायिक समितिमा मात्र होईन , विकास निर्माणको अनुगमन समितिको संयोजक पनि हो । जुन भुमिकामा झारा टराई म बाट हुने छैन । समग्र भुमिका मैले जनताको पक्षबाटै कार्यन्वन गर्नेछु । त्यसो गर्नमा मेरो कमजोरी भयो भने बेलैमा खबरदारी गराउनु होला । मैले निर्वाचनको समयमा आदरणिय तपाई मतदाताहरुसँग सबैको साझा प्रतिनिधी बनेर न्यायोचित काम गर्दै स्मार्ट इस्मा बनाउने छु भनेर तपाईको मन मुटुमा जुन तमसुक गरेकी थिएँ । जो कागजको टुक्रामा गरिने तमसुक जस्तो नठान्नु होला । 

यहि कुरामा विश्वास्त गराउँदै विकासमा साझा जनसहभागिताको अपेक्षा गर्दै मलाई अमुल्य मत दिएर यो स्थानमा पुराउनु हुने आदरािणय इस्मावासी आमा बुवा , दाजु भाई दिदी वहिनीहरु प्रति हार्दिक धन्यवाद सहित कृतज्ञता जाहेर गर्दछु ।

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here