जन्म दिनको अवसर पारि महिला जागरण आमा समुहलाई २५ थान कुर्ची सौजन्य

गुल्मी मुसिकोट नगरपालिका वडा न ७ काफल्टोला निबासी माहाशार्मा काफ्लेले आफ्नो जन्म सिनको अवसर पारि महिला जागरण आमा समुहलाई २५ थान कुर्ची सौजन्य गर्नु भएको छ ।

माहाशार्मा काफ्लेले गत फाल्गुन २५ गते परेको आफ्नो जनमा दिनको अबसरमा महिला जागरण आमा समुहलाइ २५ थान कुर्ची सौजन्य गर्नु भएको समुहकी अध्यक्ष बालकुमारी काफ्लेले नबखाबरलाइ जानकारी दिनु भयो ।

आज भोलि नेपालि समाजमा अनाबस्यक खर्च गरि जन्म दिन मनाउने प्रचन भित्रिएको छ तर अनाबस्यक खर्च गर्नुको सट्टा हरपल खटिएर सामाजिक कार्यमा लागि परेको आमा समुहलाई सहायो गर्नु भएकोमा समुहले उहाँको उत्तर उत्त्रण प्रगतिको कामना गरेको समुहकी सचिब लक्ष्मी काफ्लेले जानकारी दिनुभयो ।

माहाशार्मा काफ्लेले यो भन्दा पहिला पनि आमा समुहलाई सहयोग गर्दै आउनु भएको छ ।

महिला जागरण आमा समुहले गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि समुहलाई सक्दो सहायो गर्ने र अन्य साथिभाइहरुलाई पनि सहयोग गर्न सल्लाह दिने कुरा नबखबरलाई बताउनु भयो ।

यो पनि पढ्नुहोस गुल्मी मुसिकोट नगरपालिका वडा न ७ स्थित नारि उथान आमा समूह द्वारा सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका वडा न ७ ईस्मालिथान बाट नारा जुलुसका संगै सुरु भएको सरसफाई कार्यक्रम बालविकास प्राथमिक बिद्यालयमा आई कोण सभामा परिबर्तन भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति मुसिकोट नगरपालिका वडा न ७ कि वडा सदस्य माया नेपालीले समूहले गरेको कामको प्रशंसा गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने कुरा उल्लेख गर्नु भएको थियो ।

त्यसै गरि कार्यक्रमका बिशिस्ट अथिति जिल्ला आयोर्बेद स्वस्थ केन्द्र कपिलबस्तुका सदस्य कविराज हरि फुल्लेल, सल्लाहर सदस्य एकराज फुल्लेल,स्याम नेपालि, सुरज बोहोरा, निर्मला सापकोटा, दिपसन सापकोटा लगाएतले बोल्नु भएको थियो ।

त्यस्तै कार्यक्रमका संचलाक समेत रहनु भएका स्थानीय युवा अर्जुन सापकोटाले सरसफाईका ६ सूचक बिच बिस्तृत ब्याख्या गर्नु भएको थियो ।

मुसिकोट वडा न ७ साबिकको वामी गाउपालिका वडा २ तिम्लेचौरलाई नमुना गाउ बनाउने उदेस्यले गुल्मी धुर्कोट गाउपालिका पिपल्धरा निबासी हाल बैदेशिक रोजगारीको क्रममा ब्रायनमा रहनु भएका राजेन्द्र बिक्रम अधिकारीको आर्थिक सहयोग, स्थानीय युवा अर्जुन सापकोटा सक्रियता र नारि उथान आमा समूहको आयोजना सन्चाल भएको उक्त कार्यक्रममा १५० जना गाउबसीको सहभागिता रहेको थियो ।

स्याम नेपालीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा समुहकी अध्यक्ष राधिका खत्रीको अध्यक्षता र युबा अर्जुन सापकोटाको संचालम रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय