पाकिस्तानका मन्त्री साग हेर्न नेपालमा

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिन पाकिस्तानका अन्तर–प्रान्तीय समन्वय मन्त्री डाक्टर फेमिन्दा मिर्जा नेपाल आएका छन्। फेमिन्दा मिर्जा आइतबार दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा सहभागी भएका थिए। उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन्। साग खेलमा आफ्नो टोलीको समर्थन गर्न साथै नेपाल र पाकिस्तानबीचको खेलकुद सहकार्य, युवाहरुसँग अन्तक्रिया गर्नका लागि उनी नेपाल आएका हुन्। पाकिस्तानले यसपटक विभिन्न प्रतियोगिताका ३ सय टोलीसँग प्रतिस्प्र्धा गर्नेछ।

आगामी वर्ष नेपाल र पाकिस्तानले कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सव मनाउँदै छ। मन्त्री फेमिन्दा मिर्जाले नेपाल र पाकिस्तानको सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरेका छन्। त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला टिम पुम्सेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ। यो सँगै तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ भने पुरा स्वर्ण १५ पुगेको छ। २३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईको टोलीले श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय