यी हुन् संसारकै लामो खुट्टा भएकी युवती

उसो त अग्लो जिउ महिलाको सुन्दरताको एउटा मानक पनि हो । तर रुसी युवती क्याटरिना लिसिनाका लागि चाहिँ उनका अग्ला खुट्टा सुन्दरताका लागि भन्दा दुनियामा चिनाउनका लागि सहयोगी बनेका छन् । २९ वर्षकी क्याटरिना पेशाले खेलाडी तथा मोडेल हुन् । ६ फिट ९ इन्च अग्ली यी युवती रुसकी सबैभन्दा अग्ली महिला पनि हुन् ।

आफ्ना खुट्टाको उचाई ५२.४ इन्च रहेको र आफू विश्वमा सबैभन्दा अग्ला खुट्टा भएकी महिला रहेको उनको दाबी छ । विश्वकै सबैभन्दा अग्लो कदकी मोडलका रुपमा गिनिज बुकमा नाम लेखाउन चाहन्छिन् उनी । आफूसँग जिन्दगीमा दुईवटा विकल्पको रुपमा बास्केटबल र मोडलिङ रहेकोमा अब खेल छाडेर ग्लामरको दुनियामा जम्ने उनको योजना छ ।

सन् २००८ मा भएको ओलम्पिकमा रुसी महिला बास्केटबल टोलीको सदस्य रहेकी उनले कास्य पदक जितेकी थिइन् ।क्याटरिनाका बुवा आमा दुबै अलिक बढी अग्ला छन् । क्याटरिना पनि जन्मिँदै सामान्य बच्चाभन्दा अलिक लामो रहेको उनका अभिभावकको भनाइ छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय