पत्रकार महासंघद्वारा सञ्चालन भएको अक्सिजन अभियानमा कलाकारको तीन लाख सहयोग

गुल्मी । नेपाल पत्रकार महासंघ , गुल्मीले सञ्चालन गरेको अक्सिजन अभियानलाई जिल्लाका गायक कलाकारहरुले करिब ३ लाख सहयोग गरेका छन् ।

लोक दोहोरी प्रतिष्ठान गुल्मीमा आबद्ध , गायक–गायिका तथा सर्जकहरुले आज २ लाख ८४ हजार ९३५ रुपैयाँ नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, उपाध्यक्ष रेशम कुँवर र सचिव प्रेम सुनारलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

प्रतिष्ठनका अध्यक्ष बसन्त खत्री , पुर्व अध्यक्ष तथा रेसुङ्गा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष र प्रतिष्ठानका पूर्व अध्यक्ष जनक पन्तले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रीले पत्रकार र कलाकार बीच नङ्ग र मासुको सम्वन्ध जस्तै भएको र पत्रकारहरुको यो अभियान देश मै नमुना अभियान भएकोले सहयोग गरिएको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघको अक्सिजन अभियानलाई प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाबाट २६ हजार २५० , ईस्मा गाउँपालिका ६ का ज्ञान चन्द्र पराजुलीबाट १५ हजार ५५५ , पुर्व प्रहरी संगठन जिल्ला कार्य समितिबाट १० हजार १ सय रुपैयाँ सहयोग गरेका छन ।

गुल्मी घर भई काठमाण्डौमा बसोबास गर्ने पुष्पाकुमारी रिजालबाट १० हजार , सशस्त्र प्रहरी उपरिक्षक युवराज अर्यालय , ध्रुर्व बहादुर कार्की सुर्यबहादुर सेन, जनकराम बस्नेत , र सशस्त्र प्रहरी नायव उपरिक्षक होमबहादुर ज्ञवाली सहित एक मुष्ट ३५ हजार सहयोग गरेका छन ।

त्यस्तै पत्रकार महासंघका उपाध्यक्ष रेशम कुँवरका अनुसार रेसुङ्गा नगरपालिका १ का नारायण पन्थी , रेसुङ्गा २ का डोलबहादुर कुँवर र रेसुङ्गा नगरपालिका ३ का प्रेमलाल भट्टराईले जनही ५ हजार ५५५ का दरले सहयोग गरेका छन ्।

त्यस्तै रेसुङ्गा १० का डम्बरबहादुर पाण्डेले ५ हजार १ सय ६० , ईस्मा ६ की संगिता कुँवरले २ हजार ५ सय र मालिका २ की राजु मायालु पत्र्यालले २ हजार सहयोग गरेकी छन् ।

हालसम्म संकलन भएको ५० लाख नगद र जिल्ला समन्व्यबाट भुक्तानी लिन बाँकी १० लाख सहित ६० लाख रुपैयाँ भोलि विहान ११ बजे गुल्मी अस्पतालमा प्लान्ट स्थापनाका लागि हस्तान्तरण कार्यक्रम राखिएको पत्रकार महासंघका सचिव प्रेम सुनारले जानकारी दिए।

पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले प्लान्ट स्थापनाका लागि भोली देखि नै टेन्डर प्रकृयामा जाने तयारी भएको र अथासिघ्र जिल्ला मै स्थाना गर्न गुल्मी अस्पताल संग छलफल भई रहेको बताए ।- ग्लोबल आवाज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय