आईतबार मुसिकोटमा थप ९ जनामा कोरोना संक्रमण पुश्टि

भुवन काफ्ले मुसिकोट गुलमी । गुल्मीको मुसिकोट नगरपालिकामा आईतबार गरिएको २२ जनाको एन्टिजेन परिक्षणमा ९ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो आउने लगायतका समस्या देखिय पछि एन्टिजेन परिक्षण गरिएका २२ जना मध्य ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

आईतबार कोरोना भईरसको संक्रमण पुष्टि हुने मध्ये मुसिकोट नगरपालिका वडा नम्बर १ का २ जना पुरुष, वडा नम्बर २ कि १ जना महिला, वडा नम्बर ५ का १ जना पुरुष, वडा नम्बर ६ का १ जना पुरुष, वडा नम्बर ७ कि १ जना महिला र २ जना पुरिष, वडा नम्बर ८ का १ जना महिला रहेको जानकारी प्राप्त भएको छ ।

मुसिकोट नगरपालिकामा आज थप ९ जनामा कोरोना संक्रमित थपए सङ्गै मुसिकोट नगरपालिकामा कुल संक्रमितको संख्या १५९ पुगेको छ ।

मुसकोतमा हालसम्म कुल कोरोना संक्रमित मध्य ६४ जनाले कोरोनालाई जित्न सफल भएका छन भने ५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

अहिले नगरपालिकामा जम्मा ९५ सक्रिय संक्रमित रहेको र बिरामीहरुको अबस्था जटिल नभएकाले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय