गुल्मीको इस्मामा  आगलागी  घरगोठ जलेर नष्ट

अनिष पन्थी गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरमा आगलागी हुदा घरगोठ जलेका छन् ।

अम्मरपुरको जैथुम बागदुलामा जंगलबाट सल्केको आगोका कारण नजिकै रहेका घरगोठ जलेको त्यहाँका स्थानीय रेशम कुँवरले जानकारी दिएका छन् । आफुहरु आगलागी भएको ठाउँमा भएपनि नियन्त्रणमा लिन नसकिएको स्थानीय कुँवरले जानकारी दिएका छन् । आगलागीका कारण धन बहादुर बिककाे घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । नम बहादुर बिक, टिका बहादुर चुदाँरा र नम बहादुर चुदाँराकाे गोठ जलेर नष्ट भएका छन् ।

आगलागीका कारण ४ बङ्गला पुर्णरूपमा क्षती भएका छन् । आगलागी दिउँसो १२ बजेबाट जंगलमा लाग्न सुरु गरेको थियो । आगाे नियन्त्रण बाहिर छ ।

हावाहुरीका कारण आगलागी नियन्त्रण बाहिर रहेको स्थानीय रेशम कुँवरले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय