गंगा प्राथमिक विद्यालय मुसिकोट २,गुल्मीको पहिरोले एक कोठामा क्षति

मुसिकोट । गत शुक्रवार साँझ आएको अवरिल बर्षाले गंगा प्राथमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर,गुल्मीको विद्यालय माथिबाट आएको पहिरोले एक कोठालाई पूर्ण रुपमा क्षतिग्रस्त बनाएको प्रधानाध्यापक कौरव खत्रीले जानकारी दिनुभएको छ 

क्षतिग्रस्त कोठामा रहेका खाद्यान्न , सामग्रीहरु,भाडाकुडा,दराज,टेवुल लगायतका सामाग्रीहरु र खेल मेलमैदान र विद्यालयको प्रवेशद्धारमा समेत पहिरोले  क्षति पुराएको   छ ।

केहि दिन अगाडिमात्रै रङरोगन गरि विद्यालयको भौतिक सम्रचनाको स्वरुप आकर्षक बनाएको विद्यालयलाइ वर्षातको पहिरोले क्षति पुराएर विद्यालयको स्वरुप नै बिगारिदिएको विद्यालयले बताएको छ ।

वर्षातको सुरुवातमै क्षति पुगेसङै पुरा वर्षातको समयले अझ बढि क्षति पुराउने चिन्ताले समुदायलाइ नै चिन्ता पुराएको छ ।

 

 विद्यालयको प्रवेशद्वार, खेलमैदान र विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीले प्रयोग गर्ने बटोमा समेत क्षति पुराएपछि विद्यार्थीलाइ विद्यालयमा पुग्न समेत अप्ठ्यारो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर